०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन मलेसिया पुगे ,राजदुत पौडेल द्वारा स्वागत ।

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, पुष २०, २०८०

मलेसिया / नेपाली प्रवासी एकता समाज (पानस) मलेसियाद्वारा आयोजित कार्यक्रमको लागि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन मलेसिया आईपुग्नु भएकोछ । अध्यक्ष लिङ्देनको स्वागत राजदुत डिल्लीराज पौडेल लगायत मलेसियामा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु द्वारा मलेसियाको अन्तर्राष्ट्रिय विमान स्थलमा स्वागत गरेकाछन् ।

 

जनवरी ७ तारीख पुर्व उपप्रधान तथा उर्जा, जलश्रोत, सिंचाइ मन्त्री राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन संग भेटघाट, अन्तरकृया कार्यक्रम तथा नेपाली प्रवासी एकता समाज मलेसियाको दोश्रो अधिवेशन ग्राण्ड कन्टिनेन्टल होटेल हुने भएकोछ ।

उक्त कार्यक्रम मलेसिया रहेका नेालीहरुको समस्या तथा सुझावहरु संकलन गरि सदनमा पुय्राई समस्या समाधान तथा न्युनिकरण गर्ने उद्देश्यले आयोजना भएको नेपाली प्रवासी एकता समाज मलेसियाका अध्यक्ष योगेन्द्र कुंवरले बताउनु भयो ।

कार्यक्रमको लागि पानासका आईसीसी अध्यक्ष प्रेम कुमार श्रेष्ठ, प्रवास विभाग प्रमुख आनन्द अधिकारी, केन्द्रीय सदस्य तोयानाथ लाम्साल र लोक नाथ तिवारी मलेसिया आईपुग्नुभएको आयोजक समितिका सदस्य सुभद्रा लिङ्देनले जानकारी गराउनुभयो ।

 

कार्यक्रमको अन्तिम तयारी सकिएको आयोजकले बताएकोछ । कार्यक्रममा मलेसियाको सबै राज्यबाट राष्ट्रबादी तथा पार्टीका आस्थावान नेपाली दाजुभाइ दिदिबहिनीहरुको उल्लेख्य उपस्थितिका साथ ऐतिहासिकरुपमा सफल हुने आयोजकले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]