०९ आश्विन २०८३, शुक्रबार
25-09-2026 , Fri
×

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन मलेसिया पुगे ,राजदुत पौडेल द्वारा स्वागत ।

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, पुष २०, २०८०

मलेसिया / नेपाली प्रवासी एकता समाज (पानस) मलेसियाद्वारा आयोजित कार्यक्रमको लागि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन मलेसिया आईपुग्नु भएकोछ । अध्यक्ष लिङ्देनको स्वागत राजदुत डिल्लीराज पौडेल लगायत मलेसियामा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु द्वारा मलेसियाको अन्तर्राष्ट्रिय विमान स्थलमा स्वागत गरेकाछन् ।

 

जनवरी ७ तारीख पुर्व उपप्रधान तथा उर्जा, जलश्रोत, सिंचाइ मन्त्री राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन संग भेटघाट, अन्तरकृया कार्यक्रम तथा नेपाली प्रवासी एकता समाज मलेसियाको दोश्रो अधिवेशन ग्राण्ड कन्टिनेन्टल होटेल हुने भएकोछ ।

उक्त कार्यक्रम मलेसिया रहेका नेालीहरुको समस्या तथा सुझावहरु संकलन गरि सदनमा पुय्राई समस्या समाधान तथा न्युनिकरण गर्ने उद्देश्यले आयोजना भएको नेपाली प्रवासी एकता समाज मलेसियाका अध्यक्ष योगेन्द्र कुंवरले बताउनु भयो ।

कार्यक्रमको लागि पानासका आईसीसी अध्यक्ष प्रेम कुमार श्रेष्ठ, प्रवास विभाग प्रमुख आनन्द अधिकारी, केन्द्रीय सदस्य तोयानाथ लाम्साल र लोक नाथ तिवारी मलेसिया आईपुग्नुभएको आयोजक समितिका सदस्य सुभद्रा लिङ्देनले जानकारी गराउनुभयो ।

 

कार्यक्रमको अन्तिम तयारी सकिएको आयोजकले बताएकोछ । कार्यक्रममा मलेसियाको सबै राज्यबाट राष्ट्रबादी तथा पार्टीका आस्थावान नेपाली दाजुभाइ दिदिबहिनीहरुको उल्लेख्य उपस्थितिका साथ ऐतिहासिकरुपमा सफल हुने आयोजकले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]