०७ भाद्र २०८३, आइतबार
23-08-2026 , Sun
×

क्वालालम्पुरमा ‘आर.टी. गोल्डकप २०२६’ को खेल तालिका सार्वजनिक

Logo
Manoj Dashaundi प्रकाशित सोमबार, जेठ ११, २०८३

क्वालालम्पुरमा ‘आर.टी. गोल्डकप २०२६’ को खेल तालिका सार्वजनि
RT FC Malaysia द्वारा आयोजना हुन लागेको दोस्रो संस्करणको ‘आर.टी. गोल्डकप २०२६’ फुटबल प्रतियोगिताको अन्तिम खेल तालिका (टाइसिट) सार्वजनिक गरिएको छ। प्रतियोगिता आगामी मे ३१ र जुन १ (जेठ १७ र १८ गते) मा Panasonic Stadium मा सञ्चालन हुनेछ।

खेल तालिका सार्वजनिक कार्यक्रम मे २४, २०२६ मा The Grand Kelana Suite मा सम्पन्न भएको थियो। कार्यक्रम आयोजक आरटी एफसीका अध्यक्ष Raju Tamang को अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा Nepalese Football Association Malaysia (एनएफए) का कार्यवाहक अध्यक्ष Bishnu Chaudhary प्रमुख अतिथिका रूपमा उपस्थित थिए। साथै एनएफएका अन्य पदाधिकारी, व्यवसायी Mandip Bhattarai तथा सहभागी क्लबका अध्यक्ष एवं प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

मलेसियामा रहेका नेपाली क्लब र खेलाडीबीच प्रतिष्ठित मानिने यस दुईदिने नकआउट प्रतियोगितामा कुल १८ टोलीको सहभागिता रहनेछ। सहभागी टोलीलाई ‘पोल ए’ र ‘पोल बी’ गरी दुई समूहमा विभाजन गरिएको छ।

पुरस्कार राशि
प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित २२,००० मलेसियन रिंगेट प्राप्त गर्नेछ भने उपविजेताले ११,००० मलेसियन रिंगेट हात पार्नेछ।त्यस्तै विधागत पुरस्कारअन्तर्गत उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक तथा सर्वोत्कृष्ट खेलाडीलाई जनही ३०० मलेसियन रिंगेट प्रदान गरिने आयोजकले जनाएको छ।

समूह विभाजन
पोल ‘ए’
RT FC KL
Makalu FC Johor
Kathmandu FC
BJY FC Nilai
BRS FC KL
Balen City FC KL
New Boys FC Johor
Muar FC Johor
Manakamana FC Penang
पोल ‘बी’
NFC FC KL
Sarlahi FC KL
Micron FC Penang
Church FC KL
New Boys FC KL
Himalayan FC KL
United FC KL
Brothers FC KL
N. Penang FC
सेमिफाइनल र फाइनल
प्रतियोगिताको पहिलो सेमिफाइनल खेल जुन १ मा दिउँसो ३:०० बजे तथा दोस्रो सेमिफाइनल बेलुका ५:०० बजे खेलाइनेछ। समूह ‘ए’ र ‘बी’ का उत्कृष्ट टोलीबीच उपाधिका लागि फाइनल खेल सोही दिन राति ८:०० बजे पानासोनिक स्टेडियममा हुनेछ।
प्रत्यक्ष प्रसारण र प्रायोजन
प्रतियोगिताका सम्पूर्ण खेलहरू GoalNepal ले विश्वभर प्रत्यक्ष प्रसारण गर्ने जनाएको छ।
प्रतियोगितालाई IME Remit, Across Travel and Tour तथा Hamro Khaja Ghar लगायत नेपाली ब्रान्डहरूले प्रायोजन तथा सहयोग गरेका छन्।
मलेसियामा रहेका नेपाली फुटबलप्रेमीहरूका लागि प्रतियोगिता भव्य र रोमाञ्चक हुने अपेक्षा गरिएको आयोजकको भनाइ छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

क्वालालम्पुर, मलेसिया | नेपाल आदिवासी जनजाति महासंघ, मलेसिया (NEFIN Malaysia) ले ३२औँ विश्व आदिवासी दिवस तथा १३औँ वार्षिकोत्सव–२०२६ भव्य रूपमा मनाउने भएको छ। कार्यक्रम २०२६ अगस्ट ९ (आइतबार) दिउँसो १२:०० बजे क्वालालम्पुरस्थित होटल हिमालयनको सभाहल मा आयोजना हुने आयोजकले जनाएको छ। यस वर्षको विश्व आदिवासी दिवसको अन्तर्राष्ट्रिय नारा “आदिवासी र कृत्रिम बौद्धिकता (AI): अधिकारको रक्षा, […]

मलेसिया : जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको प्रथम अधिवेशन–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि किराँत याक्थुङ चुम्लुङ नेपाल, कोशी प्रदेशका संघीय उपाध्यक्ष निरन्ति तुम्बापाे रहनुभएको थियो। उहाँले सम्बोधन गर्दै प्रवासमा रहेका याक्थुङ (लिम्बू) समुदायबीच संगठनात्मक एकता, भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनका लागि सबै […]

मलेसिया – किराँत याक्थुङ चुम्लुङ (केवाईसी) जोहोर, मलेसियाले आफ्नो प्रथम अधिवेशन–२०२६ आयोजना गर्ने भएको छ। संस्थाका अनुसार “भाषा बाँचे संस्कृति बाँच्छ, संस्कृति बाँचे माटो बोल्छ” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त कार्यक्रममा विदेशमा रहेर पनि आफ्नो कार्यव्यस्तताका बाबजुद लिम्बू समुदायको भाषा, कला, संस्कृति र पहिचान संरक्षणमा संगीत क्षेत्रमार्फत योगदान पुर्‍याउने कलाकारहरूलाई सम्मान गरिनेछ। […]