२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

मलेसियाको मलकामा हुने “दोस्रो सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता–२०२६” को टाइ–सिट सार्वजनिक

Logo
manojdashaundi प्रकाशित सोमबार, जेठ ११, २०८३

मलेसियाको मलकामा आगामी मे ३१ र जुन १ तारिख आयोजना हुने “स्व. जिवन स्मृति दोस्रो सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता–२०२६” को टाइ–सिट सार्वजनिक गरिएको छ। प्रतियोगितामा मलेसियाका विभिन्न राज्य रहेका नेपाली समुदायका १६ वटा टिमको सहभागिता रहने आयोजक सगरमाथा युवा क्लब मलकाले जनाएको छ।

“शारीरिक तन्दुरुस्ती, राष्ट्रिय खेलकुद प्रवर्द्धन र आपसी सद्भावका लागि खेल” भन्ने मूल नारासहित आयोजना हुन लागेको प्रतियोगितालाई मलेसियामा रहेका नेपाली युवाहरुबीच आपसी एकता, भाइचारा र खेल संस्कृतिको विकास गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको हो।

प्रतियोगितालाई दुई समूहमा विभाजन गरिएको छ। पोल–ए अन्तर्गत आधिखोला भलिबल क्लब स्याङ्जा नेपाल, फेट्टा भलिबल क्लब मलका, टाइगर युथ क्लब मलका, बी.वाई.सी भलिबल क्लब जोहोर–मुहार, न्यू स्पोर्ट्स क्लब मलेसिया सेरेम्बान, सगरमाथा युथ क्लब मलका–ए, गुल्मी वेलफेयर सोसाइटी मलेसिया र गोर्खाली क्लब जोहोर बाह्रु रहेका छन्।

त्यस्तै अर्को समूहमा सगरमाथा युथ क्लब मलका–बी, नवदुर्गा युथ क्लब जोहोर–बाटु पहाट, नेपाल मगर एसोसिएसन मलेसिया, अलोरगाजाह युनाइटेड मलका, जेन–जेड युथ क्लब मेलाका, सयपत्री युथ क्लब मलका, नेपाल मगर एसोसिएसन पेनाङ र सगरमाथा युथ क्लब पेनाङ सहभागी रहेका छन् ।

प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। खेल तमान बाचाङजया, मलकामा सञ्चालन हुनेछ भने विजेता टिमलाई  तगद पुरस्कार सहित आकर्षक ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने बताइएको छ।

प्रतियोगितालाई सफल बनाउन विभिन्न संघसंस्था, व्यवसायी, समाजसेवी तथा मिडिया पार्टनरहरुले समेत सहकार्य गरिरहेका छन्। खेलकुदमार्फत नेपाली समुदायलाई एकताबद्ध बनाउने विश्वास आयोजकको रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]