०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

इजरायली ड्रोन आक्रमणमा परी हमासका एक शीर्ष नेता मारिए

Logo
एजेन्सि प्रकाशित बुधबार, पुष १८, २०८०

इजरायली ड्रोन आक्रमणमा परी हमासका एक शीर्ष नेता मारिएका छन्। लेबनानको दक्षिणी बेरुतमा इजरायली ड्रोन हमलामा हमासका वरिष्ठ अधिकारी सालेह अल–अरौरी मारिएको हमासलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ ।

यद्यपि इजरायलले आधिकारिक रूपमा उक्त घटनाको जिम्मेवारी लिएको छैन। बेरुतमा मारिएका अरौरी हमासको पोलिटब्यूरो सदस्यहरुमध्ये वरिष्ठ नेता हुन् । आक्रमणमा अरौरीसँगै अन्य दुई नेता, समीर फिन्डी अबु आमेर र अजाम अल–अक्रा अबु अम्मर पनि मारिएका छन् ।

हिजबुल्लाहले यो लेबनानी सार्वभौमसत्तामा आक्रमण भएको बताएको छ।यता लेबनानका प्रधानमन्त्रीले इजरायलले लेबनानलाई टकरावमा तान्न खोजेको आरोप लगाएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]