०९ आश्विन २०८३, शुक्रबार
25-09-2026 , Fri
×

इजरायली ड्रोन आक्रमणमा परी हमासका एक शीर्ष नेता मारिए

Logo
एजेन्सि प्रकाशित बुधबार, पुष १८, २०८०

इजरायली ड्रोन आक्रमणमा परी हमासका एक शीर्ष नेता मारिएका छन्। लेबनानको दक्षिणी बेरुतमा इजरायली ड्रोन हमलामा हमासका वरिष्ठ अधिकारी सालेह अल–अरौरी मारिएको हमासलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ ।

यद्यपि इजरायलले आधिकारिक रूपमा उक्त घटनाको जिम्मेवारी लिएको छैन। बेरुतमा मारिएका अरौरी हमासको पोलिटब्यूरो सदस्यहरुमध्ये वरिष्ठ नेता हुन् । आक्रमणमा अरौरीसँगै अन्य दुई नेता, समीर फिन्डी अबु आमेर र अजाम अल–अक्रा अबु अम्मर पनि मारिएका छन् ।

हिजबुल्लाहले यो लेबनानी सार्वभौमसत्तामा आक्रमण भएको बताएको छ।यता लेबनानका प्रधानमन्त्रीले इजरायलले लेबनानलाई टकरावमा तान्न खोजेको आरोप लगाएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]