२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्न अझै मानेनन हर्क साम्पाङले

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, पुष १७, २०८०

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ र सुनसरीका राजनीतिक दलका भातृ संगठनबीच सहमति अन्तिम चरणमा पुगेर भंग भएको छ ।

मेयर साम्पाङले १२ पुसमा आफ्नो कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको फोटो हटाएको विषयमा छलफल गर्न नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा सहित दलका युवा, विद्यार्थी तथा महिला संगठनका कार्यकर्ता धरानमा फोटो बोकेर पुगेका थिए । उनीहरुले मेयरको कार्यकक्षमा फोटो राख्न माग गरेका थिए तर मेयर साम्पाङले २० पुसमा मनाउने धरान डेमा प्रधानमन्त्री आउनुपर्ने माग गरेका थिए ।

जवाफमा राजनीतिक दलका प्रतिनिधिले प्रधानमन्त्रीलाई निमन्त्रणा गर्न धरानका प्रतिनिधिलाई प्रधानमन्त्री कार्यालयसम्म लैजाने र फिर्ता ल्याउने कामको व्यवस्थापन गर्ने आश्वासन दिएका थिए ।

तर मेयर साम्पाङले राजनीतिक दलहरुले नै धरान आउन चिठी पठाउनुपर्ने र त्यसको सार्वजनिक रुपमा जानकारी गराउनुपर्ने शर्त राखेका थिए । ‘प्रधानमन्त्रीलाई धरानको महत्व बुझाउनको लागि पनि यति गर्नुपर्छ, एकदिन धरान नगरमा पाइला राख्दिनु भन्दा पनि नभ्याउने उहाँ, अरु सहरमा त महिनाको दुई–तीन चोटी आवतजावत हुन्छ त । यो धरानबासीको अपमान हो’, साम्पाङले दलका कार्यकर्ताहरुलाई भने ।

प्रधानमन्त्री आउने जानकारी नभएसम्म फोटो नराख्ने मेयर राईको अडानपछि दलका नेता कार्यकर्ता फर्किएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]