०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

इलामका बाढीपीडितलाई NRNA मलेशिया राष्ट्रिय समन्वय परिषद्, मलका र जोहोर समितिद्वारा संयुक्त राहत वितरण

Logo
Heronepal-Tv प्रकाशित सोमबार, पुष ०७, २०८२

काठमाण्डाै । केही महिना अघि अविरल वर्षासँगै आएको बाढीका कारण इलाम जिल्लाका विभिन्न स्थानमा ठूलो जनधनको क्षति पुगेको थियो। उक्त विपद्‌बाट प्रभावित परिवारहरूलाई सहयोग गर्ने उद्देश्यले गैरआवासीय नेपाली संघ (NRNA) मलेशियाले संयुक्त रूपमा राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ।


NRNA मलेशिया राष्ट्रिय समन्वय परिषद् तथा मातहतका क्षेत्रीय समिति NRNA मलका राज्य समिति र NRNA जोहोर राज्य समितिको सक्रिय सहकार्यमा आयोजना गरिएको उक्त राहत वितरण कार्यक्रममा  इलामकाे माई नगरपालीका वडा नं.५ का बाढीपीडित परिवारहरूलाई करिब १ लाख १० हजार रुपैयाँ बराबरका खाद्यान्न तथा अन्य आवश्यक राहत सामग्री वितरण गरिएको हो। विपद्‌को पीडाले आक्रान्त आफ्ना देशबासीहरूको दुःखमा मल्हम लगाउने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको NRNA मलेशियाले जनाएको छ।


विदेशमा रहे पनि मातृभूमिप्रतिको माया, जिम्मेवारी र आपसी सहकार्यको भावनालाई आत्मसात गर्दै गैरआवासीय नेपाली संघ सधैं दुःखीको साथमा उभिने प्रतिबद्धतासहित अघि बढिरहेको संघले स्पष्ट पारेको छ।


“हरेक नेपालीका लागि नेपाली” भन्ने मूल नारालाई आत्मसात गर्दै आपत्–विपत, दुःख–कष्ट र संकटका हरेक घडीमा विदेशमा रहेका नेपालीहरूको साझा संस्थाको रूपमा गैरआवासीय नेपाली संघ भविष्यमा पनि निरन्तर रूपमा मानवीय सेवा र सहयोगका कार्यमा समर्पित रहने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।


उक्त राहत वितरण कार्यक्रम मलेशियास्थित सम्पूर्ण गैरआवासीय नेपाली संघ मलेशिया परिवारको तर्फबाट NRNA मलेशियाकी महिला उपाध्यक्ष लिला मगरको नेतृत्वमा सम्पन्न गरिएको हो, भने स्थानिय निकाय, सुरक्षाकर्मि, पत्रकार तथा  स्थानिय समाजसेबिहरुकाे राेहबरमा राहत बितरण गरिएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]