०७ माघ २०८२, मंगलबार
20-01-2026 , Tue
×

इलामका बाढीपीडितलाई NRNA मलेशिया राष्ट्रिय समन्वय परिषद्, मलका र जोहोर समितिद्वारा संयुक्त राहत वितरण

Logo
Heronepal-Tv प्रकाशित सोमबार, पुष ०७, २०८२

काठमाण्डाै । केही महिना अघि अविरल वर्षासँगै आएको बाढीका कारण इलाम जिल्लाका विभिन्न स्थानमा ठूलो जनधनको क्षति पुगेको थियो। उक्त विपद्‌बाट प्रभावित परिवारहरूलाई सहयोग गर्ने उद्देश्यले गैरआवासीय नेपाली संघ (NRNA) मलेशियाले संयुक्त रूपमा राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ।


NRNA मलेशिया राष्ट्रिय समन्वय परिषद् तथा मातहतका क्षेत्रीय समिति NRNA मलका राज्य समिति र NRNA जोहोर राज्य समितिको सक्रिय सहकार्यमा आयोजना गरिएको उक्त राहत वितरण कार्यक्रममा  इलामकाे माई नगरपालीका वडा नं.५ का बाढीपीडित परिवारहरूलाई करिब १ लाख १० हजार रुपैयाँ बराबरका खाद्यान्न तथा अन्य आवश्यक राहत सामग्री वितरण गरिएको हो। विपद्‌को पीडाले आक्रान्त आफ्ना देशबासीहरूको दुःखमा मल्हम लगाउने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको NRNA मलेशियाले जनाएको छ।


विदेशमा रहे पनि मातृभूमिप्रतिको माया, जिम्मेवारी र आपसी सहकार्यको भावनालाई आत्मसात गर्दै गैरआवासीय नेपाली संघ सधैं दुःखीको साथमा उभिने प्रतिबद्धतासहित अघि बढिरहेको संघले स्पष्ट पारेको छ।


“हरेक नेपालीका लागि नेपाली” भन्ने मूल नारालाई आत्मसात गर्दै आपत्–विपत, दुःख–कष्ट र संकटका हरेक घडीमा विदेशमा रहेका नेपालीहरूको साझा संस्थाको रूपमा गैरआवासीय नेपाली संघ भविष्यमा पनि निरन्तर रूपमा मानवीय सेवा र सहयोगका कार्यमा समर्पित रहने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।


उक्त राहत वितरण कार्यक्रम मलेशियास्थित सम्पूर्ण गैरआवासीय नेपाली संघ मलेशिया परिवारको तर्फबाट NRNA मलेशियाकी महिला उपाध्यक्ष लिला मगरको नेतृत्वमा सम्पन्न गरिएको हो, भने स्थानिय निकाय, सुरक्षाकर्मि, पत्रकार तथा  स्थानिय समाजसेबिहरुकाे राेहबरमा राहत बितरण गरिएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]