१९ भाद्र २०८३, शुक्रबार
04-09-2026 , Fri
×

२५ डिसेम्बरमा पहिलाे मकालु गोल्ड कप २०२५ मलेसियाकाे जोहोरमा हुदै १६ टिमबीच प्रतिस्पर्धा हुने

Logo
Heronepal-Tv प्रकाशित सोमबार, पुष ०७, २०८२

जोहोेर (मलेसिया) –मलेसियाको जोहोरमा नेपाली समुदायको सक्रिय आयोजनामा यहि डिसेम्बर २५ मा पहिलो मकालु गोल्ड कप २०२५   हुने भएको छ। Makalu Football Club Johor, Malaysia द्वारा आयोजित यस प्रतिष्ठित फुटबल प्रतियोगितामा विभिन्न क्षेत्रका १६ फुटबल क्लब सहभागी रहेने छन्।


आयोजकले सार्वजनिक गरेको Tie Sheet अनुसार प्रतियोगिता लाई दुई समूह—Pole A र Pole B—मा विभाजन गरिएको छ। Pole A अन्तर्गत मकालु एफसी ‘A’, आरबी एफसी, जोहोर जया एफसी, गोर्खाली एफसी, एस.बी.वाई.सी, तामान यू एफसी, शिमानो एफसी र बहादुरे एफसी रहेका छन्।

त्यसैगरी Pole B मा मकालु एफसी ‘B’, पुर्बेली एफसी, हिमालयन एफसी, न्यू स्कुदाई एफसी, प्लेन्टोङ एफसी, सगरमाथा एफसी, सेनाइ एफसी र टीडीके एफसी सहभागी छन्।

प्रतियोगिताका खेलहरू बिहान ८:३० बजे बाट सुरु भई साँझसम्म सञ्चालन हुनेछन्। समूह चरणका खेलपछि सेमिफाइनल र फाइनल खेलहरू साँझतिर हुने आयोजकले जनाएको छ। फाइनल खेल साँझ ७:०० बजे हुने तालिका रहेको छ।

स्वास्थ्य, मित्रता र एकताको सन्देश बोकेको यस प्रतियोगिताले खेलकुदमार्फत मलेसियामा कार्यरत नेपाली समुदायबीच आपसी सम्बन्ध मजबुत बनाउने विश्वास लिइएको छ। आयोजक मकालु फुटबल क्लबले खेलप्रेमी दर्शकहरूलाई मैदानमा उपस्थित भई खेलको उत्साह बढाईदिन समेत आग्रह गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]