०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
×

२५ डिसेम्बरमा पहिलाे मकालु गोल्ड कप २०२५ मलेसियाकाे जोहोरमा हुदै १६ टिमबीच प्रतिस्पर्धा हुने

Logo
Heronepal-Tv प्रकाशित सोमबार, पुष ०७, २०८२

जोहोेर (मलेसिया) –मलेसियाको जोहोरमा नेपाली समुदायको सक्रिय आयोजनामा यहि डिसेम्बर २५ मा पहिलो मकालु गोल्ड कप २०२५   हुने भएको छ। Makalu Football Club Johor, Malaysia द्वारा आयोजित यस प्रतिष्ठित फुटबल प्रतियोगितामा विभिन्न क्षेत्रका १६ फुटबल क्लब सहभागी रहेने छन्।


आयोजकले सार्वजनिक गरेको Tie Sheet अनुसार प्रतियोगिता लाई दुई समूह—Pole A र Pole B—मा विभाजन गरिएको छ। Pole A अन्तर्गत मकालु एफसी ‘A’, आरबी एफसी, जोहोर जया एफसी, गोर्खाली एफसी, एस.बी.वाई.सी, तामान यू एफसी, शिमानो एफसी र बहादुरे एफसी रहेका छन्।

त्यसैगरी Pole B मा मकालु एफसी ‘B’, पुर्बेली एफसी, हिमालयन एफसी, न्यू स्कुदाई एफसी, प्लेन्टोङ एफसी, सगरमाथा एफसी, सेनाइ एफसी र टीडीके एफसी सहभागी छन्।

प्रतियोगिताका खेलहरू बिहान ८:३० बजे बाट सुरु भई साँझसम्म सञ्चालन हुनेछन्। समूह चरणका खेलपछि सेमिफाइनल र फाइनल खेलहरू साँझतिर हुने आयोजकले जनाएको छ। फाइनल खेल साँझ ७:०० बजे हुने तालिका रहेको छ।

स्वास्थ्य, मित्रता र एकताको सन्देश बोकेको यस प्रतियोगिताले खेलकुदमार्फत मलेसियामा कार्यरत नेपाली समुदायबीच आपसी सम्बन्ध मजबुत बनाउने विश्वास लिइएको छ। आयोजक मकालु फुटबल क्लबले खेलप्रेमी दर्शकहरूलाई मैदानमा उपस्थित भई खेलको उत्साह बढाईदिन समेत आग्रह गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]