२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

मलेसियाको जोहोरबारु राज्यमा प्रवासी नेपाली मञ्चले गर्यो कमिटी पुनगर्ठन, अध्यक्षमा बस्याल

Logo
दिनेश खड्का'खप्तडि' प्रकाशित आइतबार, पुष १५, २०८०

मलेसिया।नेकपा एमाले निकट प्रवास सङ्गठन प्रवासी नेपाली मञ्च मलेसिया,जोहोरबारु राज्य समिति पुनर्गठन गरिएको छ।

प्रवासी नेपाली मञ्च मलेसियाका केन्द्रिय सदस्य नेत्र खड्काको अध्यक्षतामा भएको भेलामा प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाका अध्यक्ष दयाराम कुमाल प्रमुख अतिथी रहनुभएको थियो भने विशिष्ट अतिथिमा मन्चका केन्द्रीय सचिव कृष्ण खडका रहेका थिए।


गैरआवासीय नेपाली संघ क्षेत्रिय कार्यालय जोहोरबारुको सभाहलमा सम्पन्न भेलाले सुर्य बस्यालको अध्यक्षता २५ सदस्यीय प्रवासी नेपाली मंच जोहोरबारु राज्य कमिटी पुनगर्ठन गरेको छ। जस्मा उपाध्यक्षमा क्रमश प्रेमनारायण श्रेष्ठ, कृष्ण बहादुर गुरुङ, सचीवमा राम बहादुर थापा, उपसचिवमा अम्बिका सारु र राजेन्द्र बन्जाडे रहेका छन् ।

यसैगरी सदस्यमा क्रमशःदिनानाथ बास्तोला,प्रदिप भट्ट बिक्रम शाही , नवीन लामा,जीवन बिक, दिपक पाण्डे, रुद्र गिरी, सन्देश कार्की , दुर्गानन्द मण्डल,मनोज बराइली,राम मंगल कुमार पाल,शसीराम कुवर बुद्धिराम रोका, महमद रिजवन , रमेश नेपाली, सुजन बिक,बिकास लामा, रोशन बानियाँ,अमनसिंह कठायत चुनिएका छन्।

यस्तै आज बसेको पहिलो बैठकले तिन सदस्यिय सल्लाहकार समिति गठन गरेको छ । जसमा बिकास पान्डे,बिनोद भण्डारी,जित बहादुर तामाङ सदस्य रहेका छन्। कार्यक्रमको सन्चालन मन्चका केन्द्रीय सदस्य छबिलाल गिरिले गरेको केन्द्रीय कमिटीका सचिव कृष्ण खडकाले बताए।

यसैअघि पेनाङ्ग राज्य र सेलाङगर राज्यमा कमिटि पुनगर्ठन गरिसकेको छ भने पहाङ,ईपो, मलल्का लगायत राज्यहरुमा पनि कमिटी पुनगर्ठन छिटै गरिने सचिव खड्काले बताए।

मलेसियामा रहेका आम-श्रमिकहरुको हक अधिकारको पक्षमा निरन्तर सेवा गर्दै आएको मन्चले केहि हप्ता अघि जोहोरबारु राज्यमा निधन भएका स्व टेक बहादुर साँउदको शवलाई मन्चले नेपाली राजदूतावास मलेसियाको समन्वयमा आफ्नो सम्पुर्ण खर्चमा नेपाल पठाएको थियो। साँउद अबैधानिक रुपमा काम गर्दै आएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]

काठमाडौं । नेपालको कूटनीतिक इतिहासमै पहिलोपटक परराष्ट्र मन्त्रालयले खुला प्रतिस्पर्धाका आधारमा राजदूत नियुक्त गर्ने प्रक्रिया सुरु गरेको छ। मन्त्रालयले सात पृष्ठ लामो ‘टर्म्स अफ रेफरेन्स : एम्बेसडर अफ नेपाल’ जारी गर्दै चीन, अमेरिका र भारतलगायत १३ वटा देशका लागि योग्य र दक्ष नेपाली नागरिकबाट खुला आवेदन मागेको हो। इच्छुक उम्मेदवारहरूले आगामी २०८३ जेठ २२ गतेभित्र […]

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको हिंसात्मक प्रदर्शन नियन्त्रण गर्न नसकेको ठहर गर्दै ‘हामी नेपाल’ नामक संस्थाका सञ्चालक तथा पूर्वगृहमन्त्री सुधन गुरुङमाथि थप अनुसन्धान गर्न सिफारिस गरेको छ। शान्तिपूर्ण प्रदर्शन गर्ने भन्दै प्रशासनबाट अनुमति लिइएको भए पनि प्रदर्शन क्रमशः हिंसात्मक बन्दै जाँदा गुरुङलगायत आयोजकहरूले त्यसलाई नियन्त्रण गर्न नसकेको आयोगले […]