२३ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

मलेसियाको जोहोरबारु राज्यमा प्रवासी नेपाली मञ्चले गर्यो कमिटी पुनगर्ठन, अध्यक्षमा बस्याल

Logo
दिनेश खड्का'खप्तडि' प्रकाशित आइतबार, पुष १५, २०८०

मलेसिया।नेकपा एमाले निकट प्रवास सङ्गठन प्रवासी नेपाली मञ्च मलेसिया,जोहोरबारु राज्य समिति पुनर्गठन गरिएको छ।

प्रवासी नेपाली मञ्च मलेसियाका केन्द्रिय सदस्य नेत्र खड्काको अध्यक्षतामा भएको भेलामा प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाका अध्यक्ष दयाराम कुमाल प्रमुख अतिथी रहनुभएको थियो भने विशिष्ट अतिथिमा मन्चका केन्द्रीय सचिव कृष्ण खडका रहेका थिए।


गैरआवासीय नेपाली संघ क्षेत्रिय कार्यालय जोहोरबारुको सभाहलमा सम्पन्न भेलाले सुर्य बस्यालको अध्यक्षता २५ सदस्यीय प्रवासी नेपाली मंच जोहोरबारु राज्य कमिटी पुनगर्ठन गरेको छ। जस्मा उपाध्यक्षमा क्रमश प्रेमनारायण श्रेष्ठ, कृष्ण बहादुर गुरुङ, सचीवमा राम बहादुर थापा, उपसचिवमा अम्बिका सारु र राजेन्द्र बन्जाडे रहेका छन् ।

यसैगरी सदस्यमा क्रमशःदिनानाथ बास्तोला,प्रदिप भट्ट बिक्रम शाही , नवीन लामा,जीवन बिक, दिपक पाण्डे, रुद्र गिरी, सन्देश कार्की , दुर्गानन्द मण्डल,मनोज बराइली,राम मंगल कुमार पाल,शसीराम कुवर बुद्धिराम रोका, महमद रिजवन , रमेश नेपाली, सुजन बिक,बिकास लामा, रोशन बानियाँ,अमनसिंह कठायत चुनिएका छन्।

यस्तै आज बसेको पहिलो बैठकले तिन सदस्यिय सल्लाहकार समिति गठन गरेको छ । जसमा बिकास पान्डे,बिनोद भण्डारी,जित बहादुर तामाङ सदस्य रहेका छन्। कार्यक्रमको सन्चालन मन्चका केन्द्रीय सदस्य छबिलाल गिरिले गरेको केन्द्रीय कमिटीका सचिव कृष्ण खडकाले बताए।

यसैअघि पेनाङ्ग राज्य र सेलाङगर राज्यमा कमिटि पुनगर्ठन गरिसकेको छ भने पहाङ,ईपो, मलल्का लगायत राज्यहरुमा पनि कमिटी पुनगर्ठन छिटै गरिने सचिव खड्काले बताए।

मलेसियामा रहेका आम-श्रमिकहरुको हक अधिकारको पक्षमा निरन्तर सेवा गर्दै आएको मन्चले केहि हप्ता अघि जोहोरबारु राज्यमा निधन भएका स्व टेक बहादुर साँउदको शवलाई मन्चले नेपाली राजदूतावास मलेसियाको समन्वयमा आफ्नो सम्पुर्ण खर्चमा नेपाल पठाएको थियो। साँउद अबैधानिक रुपमा काम गर्दै आएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]

मलेसिया – गैर आवासीय नेपाली संघ (NRNA) राज्य समिति मलकाले मलेसियास्थित नेपाली राजदूतावाससँगको सहकार्यमा १४ डिसेम्बर २०२५ मा मलका राज्यमा कन्सुलर सेवा सञ्चालन गर्ने उद्देश्यले गत नोभेम्बर ६ मा प्रारम्भिक सूचना जारी गरेको थियो । उक्त सूचनामार्फत नयाँ पासपोर्ट बनाउन वा पुरानो पासपोर्ट नवीकरण गर्नुपर्ने नेपालीहरूलाई अग्रिम सम्पर्कमा आई नाम दर्ता गर्न अनुरोध गरिएको थियो […]