०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

डा. स्वर्णिम वाग्लेको दाबी — “अब केही समयमै देशको बागडोर राष्ट्रिय स्वतन्त्र पार्टीले सम्हाल्नेछ”

Logo
HeroNepal-Tv प्रकाशित शुक्रबार, कार्तिक २२, २०८२

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले निकट भविष्यमा देशको नेतृत्व रास्वपाले सम्हाल्ने दाबी गरेका छन्।

चितवनको सौराहामा शुक्रबारदेखि सुरु भएको पार्टीको विस्तारित बैठकलाई सम्बोधन गर्दै डा. वाग्लेले संघीय निर्वाचनको मिति घोषणा भइसकेकाले अब सबै तहमा निर्वाचन तयारीमा जुट्नुपर्ने बताएका हुन्।

उनका अनुसार अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति तोकेको छ। उनले भने,

“संघीय निर्वाचन घोषणा भइसकेको छ। अब हामीले घनिभूत रूपमा तयारी गर्नुपर्छ। करिब १ सय २० दिनभन्दा कम समय बाँकी छ।”

डा. वाग्लेले विचार, योजना र सिद्धान्तमा आधारित भएर जनतालाई प्रेरित पार्दै अघि बढ्नुपर्नेमा जोड दिए।

“हामीले विचार र सिद्धान्तका आधारमा जनतालाई प्रेरणा दिनु छ। अबको केही समयपछि देशको कालखण्डको बागडोर राष्ट्रिय स्वतन्त्र पार्टीले नै सम्हाल्नेछ,” उनले दृढतापूर्वक भने।

उपसभापति वाग्लेले पार्टीका नेता तथा कार्यकर्तालाई आगामी प्रतिनिधि सभा निर्वाचनमा एकजुट भएर लाग्न निर्देशनसमेत दिए। उनका अनुसार रास्वपा अब देशमा सुशासन, विकास र पारदर्शिताको नयाँ अध्याय सुरु गर्न तयार छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]