०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

डा. स्वर्णिम वाग्लेको दाबी — “अब केही समयमै देशको बागडोर राष्ट्रिय स्वतन्त्र पार्टीले सम्हाल्नेछ”

Logo
HeroNepal-Tv प्रकाशित शुक्रबार, कार्तिक २२, २०८२

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले निकट भविष्यमा देशको नेतृत्व रास्वपाले सम्हाल्ने दाबी गरेका छन्।

चितवनको सौराहामा शुक्रबारदेखि सुरु भएको पार्टीको विस्तारित बैठकलाई सम्बोधन गर्दै डा. वाग्लेले संघीय निर्वाचनको मिति घोषणा भइसकेकाले अब सबै तहमा निर्वाचन तयारीमा जुट्नुपर्ने बताएका हुन्।

उनका अनुसार अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति तोकेको छ। उनले भने,

“संघीय निर्वाचन घोषणा भइसकेको छ। अब हामीले घनिभूत रूपमा तयारी गर्नुपर्छ। करिब १ सय २० दिनभन्दा कम समय बाँकी छ।”

डा. वाग्लेले विचार, योजना र सिद्धान्तमा आधारित भएर जनतालाई प्रेरित पार्दै अघि बढ्नुपर्नेमा जोड दिए।

“हामीले विचार र सिद्धान्तका आधारमा जनतालाई प्रेरणा दिनु छ। अबको केही समयपछि देशको कालखण्डको बागडोर राष्ट्रिय स्वतन्त्र पार्टीले नै सम्हाल्नेछ,” उनले दृढतापूर्वक भने।

उपसभापति वाग्लेले पार्टीका नेता तथा कार्यकर्तालाई आगामी प्रतिनिधि सभा निर्वाचनमा एकजुट भएर लाग्न निर्देशनसमेत दिए। उनका अनुसार रास्वपा अब देशमा सुशासन, विकास र पारदर्शिताको नयाँ अध्याय सुरु गर्न तयार छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]