२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

नौ वाम दलबीच आज पार्टी एकता घोषणा, नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’

Logo
Manoj Dashaudi प्रकाशित बुधबार, कार्तिक २०, २०८२

काठमाडौं — नेपालका प्रमुख वामपन्थी दलहरूबीच आज ऐतिहासिक एकता घोषणा हुँदैछ। नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहितका नौ वाम घटकबीच हुने एकता घोषणा सभा काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको छ।

एकतापछि बन्ने नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ रहने र चुनाव चिन्ह पाँच कुने तारा हुने सहमति भएको छ। साथै, एकीकृत दलहरूले अबको ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेका छन्।

एकीकृत पार्टीको नेतृत्वमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक र माधवकुमार नेपाल सह–संयोजक हुने सहमति गरिएको छ। पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद र लेनिनवाद हुने पनि उल्लेख गरिएको छ।

एकता प्रक्रियामा सहभागी वाम घटकहरूमा —

नेकपा (माओवादी केन्द्र)

नेकपा (एकीकृत समाजवादी)

नेपाल समाजवादी पार्टी

नेकपा (समाजवादी)

जनसमाजवादी पार्टी, नेपाल

नेपाल कम्युनिष्ट पार्टी

नेकपा (माओवादी समाजवादी)

नेकपा (साम्यवादी)

र गोपाल किराँती नेतृत्वको देशभक्त समाजवादी मोर्चा

लगायतका समूह सहभागी छन्।

माओवादी केन्द्रको मंगलबार बसेको महाधिवेशन आयोजक समितिको बैठकले एकता सम्बन्धी निर्णयलाई अनुमोदन गरेको थियो।

एकता घोषणा सभाअघि भृकुटीमण्डप क्षेत्रमा जनप्रदर्शन र शक्ति प्रदर्शन गर्ने तयारी गरिएको छ।

यसअघि आइतबार माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका आठ वाम घटकले एकता सहमति पत्रमा हस्ताक्षर गरेका थिए। त्यसपछि गोपाल किराँती नेतृत्वको देशभक्त समाजवादी मोर्चा पनि औपचारिक रूपमा एकता प्रक्रियामा सहभागी भएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]