०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
×

नौ वाम दलबीच आज पार्टी एकता घोषणा, नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’

Logo
Manoj Dashaudi प्रकाशित बुधबार, कार्तिक २०, २०८२

काठमाडौं — नेपालका प्रमुख वामपन्थी दलहरूबीच आज ऐतिहासिक एकता घोषणा हुँदैछ। नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहितका नौ वाम घटकबीच हुने एकता घोषणा सभा काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको छ।

एकतापछि बन्ने नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ रहने र चुनाव चिन्ह पाँच कुने तारा हुने सहमति भएको छ। साथै, एकीकृत दलहरूले अबको ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेका छन्।

एकीकृत पार्टीको नेतृत्वमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक र माधवकुमार नेपाल सह–संयोजक हुने सहमति गरिएको छ। पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद र लेनिनवाद हुने पनि उल्लेख गरिएको छ।

एकता प्रक्रियामा सहभागी वाम घटकहरूमा —

नेकपा (माओवादी केन्द्र)

नेकपा (एकीकृत समाजवादी)

नेपाल समाजवादी पार्टी

नेकपा (समाजवादी)

जनसमाजवादी पार्टी, नेपाल

नेपाल कम्युनिष्ट पार्टी

नेकपा (माओवादी समाजवादी)

नेकपा (साम्यवादी)

र गोपाल किराँती नेतृत्वको देशभक्त समाजवादी मोर्चा

लगायतका समूह सहभागी छन्।

माओवादी केन्द्रको मंगलबार बसेको महाधिवेशन आयोजक समितिको बैठकले एकता सम्बन्धी निर्णयलाई अनुमोदन गरेको थियो।

एकता घोषणा सभाअघि भृकुटीमण्डप क्षेत्रमा जनप्रदर्शन र शक्ति प्रदर्शन गर्ने तयारी गरिएको छ।

यसअघि आइतबार माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका आठ वाम घटकले एकता सहमति पत्रमा हस्ताक्षर गरेका थिए। त्यसपछि गोपाल किराँती नेतृत्वको देशभक्त समाजवादी मोर्चा पनि औपचारिक रूपमा एकता प्रक्रियामा सहभागी भएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]