०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
×

नेकपा एसले पनि बाेलायाे केन्द्रीय कमिटी बैठक,मुख्य एजेण्डानै बाम एकता र पार्टी एकता

Logo
HeroNepal-tv प्रकाशित शनिबार, कार्तिक ०९, २०८२

पछिल्लो समय विभिन्न कम्युनिष्ट घटकसँग एकताको प्रसंग चलिरहेका बेला एकीकृत समाजवादीले पनि आन्तरिक छलफलको तयारी गरेको हो । यही छलफलका लागि केन्द्रीय कमिटी बैठक डाकिएको नेकपा एकीकृत समाजवादीले जनाएको छ ।

बैठक आगामी कार्तिक १२ गते बस्नेछ । बैठकको मुख्य एजेण्डानै बाम एकता र पार्टी एकतासँग जोडिने छ । सँगै समसामयिक राजनीतिक घटना, आगामी निर्वाचन, सरकारको काम तथा पार्टीको भूमिकाका विषयमा पनि छलफल हुने छ। कम्युनिस्ट र समाजवादी पार्टीहरूसँग चलिरहेको एकता सम्बन्धी वार्ता प्रक्रियालाई यथाशीघ्र निष्कर्षमा पुर्‍याउन केन्द्रित हुने बैठकमा एकतापछिको पार्टीको सैद्धान्तिक दृष्टिकोण, नेताहरूको व्यवस्थापन लगायत विषयमा छलफल गरिने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]