२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

सरकारको कार्यशैलीप्रति कांग्रेसकाेअसन्तुष्टि,बैठक आज पनि जारी ।

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, पुष १३, २०८०

काठमाण्डाै – सत्तारूढ नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।

पालिकादेखि केन्द्रसम्मको सरकारमा आफ्नै पार्टी भए पनि नागरिकको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै उनीहरूले आलोचना गरेका हुन् ।

हिजो बिहीवारदेखि शुरु भएको केन्द्रीय समितिको बैठकमा नेताहरूले केही मन्त्रीहरूले प्रचार मात्रै गरेको तर जनहितमा काम नगरेको भन्दै असन्तुष्टि जनाएका छन् । आज शुक्रवार बिहान ११ बजे बस्ने बैठकमा पार्टीबाट मन्त्री भएकाहरूले आ–आफ्ना मन्त्रालयमा भए/गरेका कार्य प्रगति पेस गर्ने कांग्रेसले जनाएको छ ।

हिजोको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले माघ ११ गते हुने राष्ट्रिय सभा चुनावमा अवसर नपाएका नेता तथा कार्यकर्तालाई अवसर दिनुपर्ने बताएका छन् । पटक–पटक अवसर पाएका र चुनावमा पराजित भएका नेतालाई आउँदो राष्ट्रिय सभा चुनावमा उम्मेदवार बनाउन नहुनेमा पनि उनीहरूले जोड दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]