०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
×

सरकारको कार्यशैलीप्रति कांग्रेसकाेअसन्तुष्टि,बैठक आज पनि जारी ।

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, पुष १३, २०८०

काठमाण्डाै – सत्तारूढ नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।

पालिकादेखि केन्द्रसम्मको सरकारमा आफ्नै पार्टी भए पनि नागरिकको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै उनीहरूले आलोचना गरेका हुन् ।

हिजो बिहीवारदेखि शुरु भएको केन्द्रीय समितिको बैठकमा नेताहरूले केही मन्त्रीहरूले प्रचार मात्रै गरेको तर जनहितमा काम नगरेको भन्दै असन्तुष्टि जनाएका छन् । आज शुक्रवार बिहान ११ बजे बस्ने बैठकमा पार्टीबाट मन्त्री भएकाहरूले आ–आफ्ना मन्त्रालयमा भए/गरेका कार्य प्रगति पेस गर्ने कांग्रेसले जनाएको छ ।

हिजोको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले माघ ११ गते हुने राष्ट्रिय सभा चुनावमा अवसर नपाएका नेता तथा कार्यकर्तालाई अवसर दिनुपर्ने बताएका छन् । पटक–पटक अवसर पाएका र चुनावमा पराजित भएका नेतालाई आउँदो राष्ट्रिय सभा चुनावमा उम्मेदवार बनाउन नहुनेमा पनि उनीहरूले जोड दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]