०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

प्रधानमन्त्री प्रचण्डले, गरे प्रधानमन्त्री कार्यालयमा ६ दर्जन कर्मचारी अनावश्यक रएकाे,र आजैदेखि संरचना बदल्ने घोषणा

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, पुष १२, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यालयमा ६ दर्जन कर्मचारी अनावश्यक रहेको भन्दै प्रधानमन्त्री कार्यालयको संरचना बदल्ने घोषणा गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले कार्यालयसँगै सचिवालय पनि चुस्तदुरुस्त पार्ने जनाए ।

‘प्रधानमन्त्री कार्यालयलाई जति व्यवस्थित हिसाबले लैजानुपर्ने हो, त्यसमा सीमा आफ्ना सीमा महसुस गरेको छु, आज क्याबिनेट बैठकमा निर्णय गराएरै प्रधानमन्त्री कार्यालयको संरचना बदल्छु,’ प्रधानमन्त्रीले भने, ‘६ दर्जन कर्मचारी अनावश्यक छन्, त्यसलाई कसरी चुस्त दुरुस्त बनाउने भनेर प्रक्रिया सुरु गरिसकेको छु ।’

उनले संरचना बदल्ने प्रक्रियाबारे विस्तृत नबताए पनि गृहकार्य भइरहेको बताएका छन ।

प्रधानमन्त्रीले आफ्नो कार्यालयसँगै सचिवालयमा पनि उल्लेख्य हेरफेर गर्ने संकेत दिए । एक वर्षे अनुभवले आफूलाई हेरफेरको आवश्यकता महसुस भएको उनले बताएका छन् ।

उनले मन्त्रीहरुसमेत हेरफेर गर्ने संकेत गरे पनि गठबन्धनभित्र त्यसो नगर्न दबाब पैदा भएको संकेत गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]