२१ मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

( एनआरएनए ) B समुह मलेसियाको पहिलो मासिक बैठक सम्पन्न,

Logo
HeroNepal-tv प्रकाशित आइतबार, आश्विन ०५, २०८२

(मलेसिया):= गैरआवासीय नेपाली संघ (एनआरएनए) B समुह मलेसियाको पहिलो मासिक भेला-बैठक सम्पन्न भएको छ्। गत अगस्ट ३१ मा सम्पन्न नवौ महादिबेसनबाट अध्यक्ष पदमा इन्द्र नारायण लिम्बु लगाएतका पदाधिकारीहरु निर्बाचित भएपछिको यो पहिलो मासिक बैठक सम्पन्न भएको एनआरएनए B समुह मलेसियाले जनाएको हो।

एनआरएनए B समुह मलेसियाका अध्यक्ष इन्द्र नारायण लिम्बुको संयोजकत्वमा सम्पन्न बैठकले एनआरएनए B समुह मलेसियाको आगामी कार्य योजना खाका तयार पार्न र एनआरएनएलाई थप सुदृढीकरण गर्ने कार्यालय ब्यबस्थापन गर्ने लगाएतका महत्वपूर्ण विषय उपर छलफल सम्पन्न भएको हो।

बैठकमा एनआरएनए B समुह मलेसियाका पदाधिकारी, प्रतिनिधि हरूको सक्रिय उपस्थिति रहेको थियो। बैठकबाट आपसि सहयोग र मेलमिलाप को भावना जाग्रीत गराउदै नेपाली श्रमिक हरूको हकहितका सुसुचित गराउने योजना तर्जुमा , नेपालि राजदुतावाससंगको सम्पर्क र सम्मन्वय ,राज्य समिति संगको संरचना विस्तार , अफिस र सेल्टर हाउस बिस्तार र ब्यबस्थापन सम्बन्धि छलफल गरिएको एनआरएनए B समुह मलेसियाका महासचिव प्रमोद शर्मा ले बताए।

गैरआवासीय नेपाली संघ B समुहका अध्यक्ष इन्द्र नारायण लिम्बु ले मासिक बैठकलाई सम्बोधन गर्दै मासिक बैठक नियमित रुपमा सञ्चालन गरि सबै पधादिकारिहरु लाई सहकार्य गरेर सकेसम्म धेरै भन्दा धेरै श्रमजीवीवर्गसम्म एनआरएनएलाई पुर्याउन आफु प्रतिबद्ध रहेको जनाउँदै सबैको साथ र सहयोग रहनुपर्ने बताएका थिए।

मासिक बैठकले नेपालि साथिहरुको जमघट हुने सौहार्दता बाड्न र बढाउन एक आपसमा भाइचारा कायम गर्न समस्याहरु साझेदारिता र सहयोग भाव आदानप्रदान गर्न सबैका कुरा सुन्न र नयाँ कुरा सिक्ने माध्यमका रुपमा स्थापित गर्नुपर्ने भन्दै सरिक हुन पाउँदा सबै पदाधिकारीले खुशी ब्यक्त गरेका थिए । एनआरएनए B समुह मलेसियाका वरिष्ठ उपाधयक्ष दिल केरुङ लिम्बुले पारदर्शिता, जवाफदेहिता र संघमा सक्रियता बढाउनुपर्ने कुरामा जोड दिएका थिए ।

नाेट ः   गैरआवासीय नेपाली संघ (एनआरएनए) B समुह  मलेसिया नामाकरण मलेसियामा रहेकाे नेपाली राजदुताबास मलेसियाका महामहिम राजदुत  नेत्र तिमसेनाले राजदुताबासमा भएकाे एक समाराेहका विच गर्नुभएकाे हाे ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]