०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

( एनआरएनए ) B समुह मलेसियाको पहिलो मासिक बैठक सम्पन्न,

Logo
HeroNepal-tv प्रकाशित आइतबार, आश्विन ०५, २०८२

(मलेसिया):= गैरआवासीय नेपाली संघ (एनआरएनए) B समुह मलेसियाको पहिलो मासिक भेला-बैठक सम्पन्न भएको छ्। गत अगस्ट ३१ मा सम्पन्न नवौ महादिबेसनबाट अध्यक्ष पदमा इन्द्र नारायण लिम्बु लगाएतका पदाधिकारीहरु निर्बाचित भएपछिको यो पहिलो मासिक बैठक सम्पन्न भएको एनआरएनए B समुह मलेसियाले जनाएको हो।

एनआरएनए B समुह मलेसियाका अध्यक्ष इन्द्र नारायण लिम्बुको संयोजकत्वमा सम्पन्न बैठकले एनआरएनए B समुह मलेसियाको आगामी कार्य योजना खाका तयार पार्न र एनआरएनएलाई थप सुदृढीकरण गर्ने कार्यालय ब्यबस्थापन गर्ने लगाएतका महत्वपूर्ण विषय उपर छलफल सम्पन्न भएको हो।

बैठकमा एनआरएनए B समुह मलेसियाका पदाधिकारी, प्रतिनिधि हरूको सक्रिय उपस्थिति रहेको थियो। बैठकबाट आपसि सहयोग र मेलमिलाप को भावना जाग्रीत गराउदै नेपाली श्रमिक हरूको हकहितका सुसुचित गराउने योजना तर्जुमा , नेपालि राजदुतावाससंगको सम्पर्क र सम्मन्वय ,राज्य समिति संगको संरचना विस्तार , अफिस र सेल्टर हाउस बिस्तार र ब्यबस्थापन सम्बन्धि छलफल गरिएको एनआरएनए B समुह मलेसियाका महासचिव प्रमोद शर्मा ले बताए।

गैरआवासीय नेपाली संघ B समुहका अध्यक्ष इन्द्र नारायण लिम्बु ले मासिक बैठकलाई सम्बोधन गर्दै मासिक बैठक नियमित रुपमा सञ्चालन गरि सबै पधादिकारिहरु लाई सहकार्य गरेर सकेसम्म धेरै भन्दा धेरै श्रमजीवीवर्गसम्म एनआरएनएलाई पुर्याउन आफु प्रतिबद्ध रहेको जनाउँदै सबैको साथ र सहयोग रहनुपर्ने बताएका थिए।

मासिक बैठकले नेपालि साथिहरुको जमघट हुने सौहार्दता बाड्न र बढाउन एक आपसमा भाइचारा कायम गर्न समस्याहरु साझेदारिता र सहयोग भाव आदानप्रदान गर्न सबैका कुरा सुन्न र नयाँ कुरा सिक्ने माध्यमका रुपमा स्थापित गर्नुपर्ने भन्दै सरिक हुन पाउँदा सबै पदाधिकारीले खुशी ब्यक्त गरेका थिए । एनआरएनए B समुह मलेसियाका वरिष्ठ उपाधयक्ष दिल केरुङ लिम्बुले पारदर्शिता, जवाफदेहिता र संघमा सक्रियता बढाउनुपर्ने कुरामा जोड दिएका थिए ।

नाेट ः   गैरआवासीय नेपाली संघ (एनआरएनए) B समुह  मलेसिया नामाकरण मलेसियामा रहेकाे नेपाली राजदुताबास मलेसियाका महामहिम राजदुत  नेत्र तिमसेनाले राजदुताबासमा भएकाे एक समाराेहका विच गर्नुभएकाे हाे ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]