०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
×

पत्रकारलाई धम्की दिने महेश बस्नेतलगायतलाई महासंघले गर्याे कारबाहीकाे माग

Logo
HeroNepal-tv प्रकाशित शनिबार, आश्विन ०४, २०८२

काठमाडौँ । पत्रकार टेकमान शाक्यलाई एमाले नेता महेश बस्नेतलगायतले धम्की दिएको जानकारी प्राप्त भएको भन्दै नेपाल पत्रकार महासंघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

समाचारको विषयलाई लिएर शाक्यलाई बारम्बार धम्की आएको घटनाको आफूले निन्दा र भर्त्सना गर्ने महासंघले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा पत्रकारलाई धम्की दिने कार्यमा संलग्नहरुलाई कानुनी कारबाही गर्न समेत सम्बद्ध निकायहरूसँग माग गरिएको छ ।

‘प्रकाशित समाचारप्रति असहमति भए विधिसम्मत आफ्ना कुरा राख्न र पत्रकारलाई धम्की दिएर प्रेस स्वतन्त्रता हनन नगर्न महासंघ सम्बद्ध व्यक्तिहरूलाई सचेत गराउंदछ । साथै, पत्रकारलाई धम्की दिने कार्यमा संलग्नहरूलाई कानुनी कारबाही गर्न सम्बद्ध निकायसँग माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा बस्नेत स्वयम् र उनका सहयोगी व्यक्तिले आतङ्कित पार्ने र त्रसित बनाउने गरी धम्की दिएको उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]