०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
×

रास्वपा प्रवक्ता मनीष झाले नक्खु कारागारमा आगो लगाउन उक्साएको आरोप लगाउँदै भिडिओ भाइरल

Logo
HeroNepal-tv प्रकाशित शनिबार, आश्विन ०४, २०८२

अहिले सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनीष झाले जेनजी आन्दोलनका क्रममा ललितपुरस्थित नक्खु कारागार परिसरमा आगजनी गर्न उक्साएको भन्दै एउटा भिडिओ भाइरल बनाइएको छ।

सार्वजनिक भिडिओमा युवाहरूको जमातले गेटमा आगो लगाइरहेको देखिन्छ भने निवर्तमान सांसदसमेत रहेका झा हात हल्लाएर आगजनीस्थलबाट हिँडेको देखिन्छ।

सामाजिक सञ्जालमा भिडिओ राख्नेले भने उनले युवाहरूलाई कारागारमा आगो लगाउन उक्साएर भागेको आरोप लगाएका छन्।

हेर्नुहोस्, सामाजिक सञ्जालमा राखिएको भिडिओ-

यद्यपि उक्त भिडिओको प्रामणिकता स्वतन्त्र रूपमा पुष्टि भइसकेको छैन।

यस विषयमा वास्तविकता बुझ्न नेपालखबरले शनिबार बिहान ९:५३ देखि १०:३३ बजेसम्म तीनपटक रास्वपा प्रवक्ता झाको नम्बरमा फोन लगाउँदा ‘कल फरवार्डेड’ भनेर सम्पर्क हुन सकेन।

न उनी स्वयंले यो खबर लेख्दासम्म त्यस भिडिओका विषयमा कुनै टिप्पणी गरेका छन्।

स्मरण रहोस्, जेनजी आन्दोलनका कारण असुरक्षा भएको भन्दै भदौ २४ गते रास्वपाका सभापति रवि लामिछानेलाई कारागारबाट निकालिएको थियो। त्यस क्रममा मौकामा चौका हानेर रवि जेलबाट भागेको भनेर आलोचना पनि भयो।

यसपछि रविले भिडिओ सन्देश जारी गर्दै आफूलाई कारागार प्रशासनले नै पत्र थमाएर जेलबाट बाहिरिन अनुमति दिएको दाबी गरेका थिए। तर त्यो पत्र पनि नक्कली रहेको भनी विवाद भएको थियो।

अहिले भने रवि कारागार फर्किसकेका छन्। पूर्वगृहमन्त्रीसमेत रहेका उनी सहकारी ठगी मुद्दामा पूर्पक्षका लागि जेलमा थुनिएका हुन्। मुद्दाको फैसला हुन भने बाँकी छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]