२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

रास्वपा प्रवक्ता मनीष झाले नक्खु कारागारमा आगो लगाउन उक्साएको आरोप लगाउँदै भिडिओ भाइरल

Logo
HeroNepal-tv प्रकाशित शनिबार, आश्विन ०४, २०८२

अहिले सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनीष झाले जेनजी आन्दोलनका क्रममा ललितपुरस्थित नक्खु कारागार परिसरमा आगजनी गर्न उक्साएको भन्दै एउटा भिडिओ भाइरल बनाइएको छ।

सार्वजनिक भिडिओमा युवाहरूको जमातले गेटमा आगो लगाइरहेको देखिन्छ भने निवर्तमान सांसदसमेत रहेका झा हात हल्लाएर आगजनीस्थलबाट हिँडेको देखिन्छ।

सामाजिक सञ्जालमा भिडिओ राख्नेले भने उनले युवाहरूलाई कारागारमा आगो लगाउन उक्साएर भागेको आरोप लगाएका छन्।

हेर्नुहोस्, सामाजिक सञ्जालमा राखिएको भिडिओ-

यद्यपि उक्त भिडिओको प्रामणिकता स्वतन्त्र रूपमा पुष्टि भइसकेको छैन।

यस विषयमा वास्तविकता बुझ्न नेपालखबरले शनिबार बिहान ९:५३ देखि १०:३३ बजेसम्म तीनपटक रास्वपा प्रवक्ता झाको नम्बरमा फोन लगाउँदा ‘कल फरवार्डेड’ भनेर सम्पर्क हुन सकेन।

न उनी स्वयंले यो खबर लेख्दासम्म त्यस भिडिओका विषयमा कुनै टिप्पणी गरेका छन्।

स्मरण रहोस्, जेनजी आन्दोलनका कारण असुरक्षा भएको भन्दै भदौ २४ गते रास्वपाका सभापति रवि लामिछानेलाई कारागारबाट निकालिएको थियो। त्यस क्रममा मौकामा चौका हानेर रवि जेलबाट भागेको भनेर आलोचना पनि भयो।

यसपछि रविले भिडिओ सन्देश जारी गर्दै आफूलाई कारागार प्रशासनले नै पत्र थमाएर जेलबाट बाहिरिन अनुमति दिएको दाबी गरेका थिए। तर त्यो पत्र पनि नक्कली रहेको भनी विवाद भएको थियो।

अहिले भने रवि कारागार फर्किसकेका छन्। पूर्वगृहमन्त्रीसमेत रहेका उनी सहकारी ठगी मुद्दामा पूर्पक्षका लागि जेलमा थुनिएका हुन्। मुद्दाको फैसला हुन भने बाँकी छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]