०९ आश्विन २०८३, शुक्रबार
25-09-2026 , Fri
×

नेपाल–ल्हासा सिधा हवाई उडान आजदेखि शुरु ।

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, पुष १२, २०८०

काठमाण्डाै – नेपाल–ल्हासा सिधा हवाई उडान आजदेखि फेरि शुरु भएको छ । हिमालयन एअरलाइन्सले आजदेखि काठमाण्डौबाट ल्हासा नियमित उडान शुरु गरेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले काठमाण्डौ–ल्हासा उडानको उद्घाटन गर्नुभयाे। उहाँले चीन र नेपालको सम्बन्धमा नेपाल–ल्हासा सिधा हवाई उडान महत्त्वपूर्ण हुने बताउनुभयो । सिधा उडानबाट पर्यटनसँगै निर्यात प्रवर्द्धन हुने अपेक्षा गरिएको छ ।

कोम्निङ, बेइजिङ, साङ्घाई क्विङ्डाओ, चोङ्कुइङ, कोङ्मिङपछि ल्हासामा समेत गरेर अब ६ गन्तव्यमा उडान हुन थालेको हो । यसअघि कोरोना महामारीले रोकिएको काठमाण्डौ–ल्हासा सिधा उडानलाई खुला गर्न नेपालले चिनियाँ पक्षसँग माग गरेको थियो ।

गएको चैत १५ मा तिब्बतको ल्हासामा बसेको नेपाल–चीन सीमा व्यापार संयन्त्रको पहिलो बैठकमा नेपालले चिनियाँ सेवा पुनः सञ्चालनका लागि प्रस्ताव गरेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]