०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

यूएईद्वारा भिजिटपछि श्रमिक भिसा दिनपनि बन्द

Logo
HeroNepal-tv प्रकाशित शनिबार, आश्विन ०४, २०८२

काठमाडौं । धेरै नेपालीले श्रमको गन्तव्य बनाउँदै आएको संयुक्त अरब इमिरेट्स-यूएईले श्रमिक भिसा पनि दिन बन्द गरेको छ ।

यसअघि यूएईले भिजिट भिसा दिन बन्द गरेको थियो । योसँगै यूएईका कम्पनीहरूबाट आएका मागपत्रमाथिको कारवाही रोकिएको छ । सम्पूर्ण सरकारी प्रक्रिया पुरा भएर भिषाका लागि आवेदन दिएकाहरूको प्रक्रिया अघि नबढेको व्यवसायीहरूले बताएका छन् ।

हजारौंको भिसा निवेदन रोकिएको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन गुरूङले जानकारी दिनुभयो । यूएईले जेन-जी आन्दोलनपछि कैदीबन्दी भागेका समाचार आएपछि भिजिट भिसा बन्द गराएको थियो ।

व्यवसायीहरूले श्रमिक भिसा रोकिएको विषयमा कूटनीतिक पहल गर्न सरकारसँग माग गरेका छन् । यूएई नेपाली युवाको एक प्रमुख श्रम गन्तव्य मुलुक हो । त्यहाँ अहिले पनि झन्डै ५ लाख नेपाली श्रमिक छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]