१९ भाद्र २०८३, शुक्रबार
04-09-2026 , Fri
×

‘बलिदान’को ट्रेलरमा समीर भट्टको दमदार एक्सन (भिडिओ)

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, आश्विन ०३, २०८२

बहुप्रतिक्षीत फिल्म ‘बलिदान’को ट्रेलर सार्वजनिक भएको छ।

सार्वजनिक ट्रेलरको सुरुवातमा एक आमाले छोरासँग देश र अस्मिता बचाउने वचन मागिरहेकी दृश्य देखिन्छ। अभिनेत्री ऋचा शर्मा आमाको भूमिकामा छिन्। उनले छोरासँग, ‘देशको माटो र यसको अस्मितामाथि कुदृष्टि लगाउने रक्त बीजहरूलाई तैँले संहार गर्नेछस्’ भनेको दृश्यले ट्रेलरलाई भावनात्मक धरातल दिएको छ।

त्यसपछी अभिनेता समीर भट्टको प्रवेश हुन्छ। उनले उच्च स्वरमा घोषणा गर्छन्- ‘मेरो शरीरको एक एक थोपा रगत माग दिन्छु। जे भन्नु छ मलाई भन सुन्छु। तर मेरो आमाको बारेमा केही भनिस् भने काट्दिन्छु।’ यो संवादसँगै उनी शक्तिशाली एक्सनमा उत्रन्छन्। उनका लडाइँका दृश्यहरू यति तीव्र छन् कि लाग्छ उनले आफ्नो सम्पूर्ण शक्ति स्क्रिनमा पोखिदिएका छन्।

ट्रेलरमा अर्पण थापा, सौगात मल्ल र महेन्द्र बुढाथोकी फरक अवतारमा देखिएका छन्। मल्लले आफूलाई राक्षस बन्न बाध्य पारेको संवाद प्रस्तुत गरेका छन् भने समीर र सौगातबीचको द्वन्द्व दृश्य विशेष देखिन्छ।

कहिलेकाहीँ समीरले दर्जनौँ खलनायकहरूसँग एक्लै लड्ने दृश्य देखिन्छ, जसले दर्शकलाई जिरिङ्ग बनाउँछ। छायाङ्कन, संवाद र ब्याकराउन्ड स्कोरले ट्रेलरलाई उच्चतम विन्दुमा पुर्‍याएको छ।

यसअघि सार्वजनिक गरिएको टिजरमा सौगात मल्लको मसाल बोकेको दृश्य, हेमन्त बुढाथोकीको शक्तिशाली संवाद र ऋचा शर्माको भावनात्मक प्रश्नले दर्शकलाई देशभक्ति र क्रोधको भावनामा डुबाएको छ।

यसबीचमा, चलचित्रको शीर्ष गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक भई चर्चामा छ। सुजन चापागाईँको स्वर र सङ्गीत, हर्क साउदको शब्दमा तयार गीतले लोकप्रियता पाइरहेको छ।

‘आसुसेन फिल्म्स प्रालिको ब्यानरमा बनेको यस फिल्ममा सन्तोष सेनको निर्देशन रहेको छ। फिल्मम समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतको अभिनय छ।

निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्। यो फिल्म दसैंको अवसरमा फूलपातीको दिन (असोज १३ गते) प्रदर्शनमा आउँदैछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]