०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

भारतीय समकक्षी मोदीसँग कार्कीको २० मिनेट कुराकानी निरन्तर सहयोग रहने मोदीले बचन

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, आश्विन ०२, २०८२

प्रधानमन्त्री सुशीला कार्कीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग कुराकानी गरेकी छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री कार्कीले मोदीसँग टेलिफोन कुराकानी गरेकी थिइन्।

उनीहरुबीच करिब २० मिनेट कुराकानी भएको प्रधानमन्त्री कार्यालयका अधिकारीले बताएका छन्। कुराकानीका क्रममा परराष्ट्र मन्त्रालयका अधिकारीको पनि उपस्थिति थियो।

प्रधानमन्त्री भएपछि कार्कीको यो पहिलो विदेशी समकक्षीसँगको वार्ता हो। कुराकानीका क्रममा भारतीय समकक्षी मोदीले पछिल्लो समय उत्पन्न परिस्थितिमा शान्तिपूर्ण संक्रमण गर्न सफल भएको भन्दै कार्की नेतृत्वको सरकारसँग मिलेर काम गर्न तयार रहेको बताए।

नेपालको लोकतान्त्रिक प्रक्रिया र पुनर्निर्माणमा भारतको निरन्तर सहयोग रहने मोदीले बचन दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]