०३ कार्तिक २०८३, सोमबार
19-10-2026 , Mon
×

बुंगल हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक सेयर (आईपीओ) आज बाँडफाँट भयाे

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, आश्विन ०२, २०८२

काठमाडौँ। बुंगल हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक सेयर (आईपीओ) आज बाँडफाँट भएको छ ।

कम्पनीले भदौ १६ देखि १९ गतेसम्म सर्वसाधारणका लागि आवेदन खुलाएको प्राथमिक सेयर (आईपीओ) आज बाँडफाँट भएको हो ।

कम्पनीले कुल १७ करोड १ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १७ लाख १ हजार ५०० कित्ता साधारण शेयर निष्कासन गरेको थियो।

सो शेयरमा कुल २१ लाख ७५ हजार ८८८ जनाले २ करोड ३७ लाख ३८ हजार ९१० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये ३२ हजार ६३८ आवेदन रद्द भएका छन् भने २१ लाख ४३ हजार २५० आवेदन स्वीकृत भएका छन्।

मागभन्दा बढी आवेदन परेकोले गोला प्रथा प्रक्रिया मार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार कुल १ लाख ७० हजार १५० जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।

आईपीओको नतिजा केही बेरपछि  https://iporesult.cdsc.com.np/ मा हेर्न सकिनेछ।

कम्पनीले बझाङमा १०.७० मेगावाट क्षमताको माथिल्लो सानिगाड जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । प्रतिमेगावाट लागत २८ करोड २५ लाख रुपैयाँ बराबर छ । अनुमति बहाल रहने अवधि २६ वर्ष १० महिना रहेको छ । केयर रेटिङबाट कम्पनीले बी रेटिङ पाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]