०५ साउन २०८३, मंगलबार
21-07-2026 , Tue
×

प्राविधिक समस्या नआए कक्षा १२ को नतिजा आजै सार्वजनिक हुने

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, साउन ३०, २०८०

प्राविधिक समस्या नआएको खण्डमा कक्षा १२ को नतिजा आजै (मंगलबार) सार्वजनिक हुने भएको छ ।राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १२ सानो ठिमी भक्तपुरबाट २०८० सालमा सञ्चालित परीक्षाको कक्षा १२ को परीक्षाफल आजै सार्वजनिक हुने तयारी भएको हो ।

बोर्डका सहसचिव एवं प्रवक्ता जङ्गबहादुर अर्यालले परीक्षाफल प्रकाशनका लागि तयारी सकिएको जनाकारी दिएका छन् । सो नतिजा नेपाल टेलिकमले आइभिआर, एसएमएस, युएसएसडी र वेबसाइटमार्फत परीक्षाफल प्राप्त गर्न सकिनेछ ।अर्थ सरोकार बाट

कसरि हेर्ने नतिजा :

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १२, सानोठिमी, भक्तपुरबाट प्रकाशित हुने २०८० सालको कक्षा १२ को परीक्षाफल IVR, SMS, USSD तथा Website मार्फत प्राप्त गर्न नेपाल टेलिकमले निम्न बमोजिम व्यवस्था गरेको छ ।कक्षा १२ को परीक्षाको नतिजा प्राप्त गर्नका लागि

IVR का लागि :
नेपाल टेलिकमको Land line phone, Mobile बाट १६०१ डायल गरी प्राप्त निर्देशानुसार गर्ने ।

SMS का लागि
Mobile को Message box मा NEB टाइप गरी १६०० उदाहरण : NEB 12345678 Type गरी १६०० मा पठाउने ।
मा पठाउने ।

USSD का लागि
* 1600 # डायल गरी प्राप्त निर्देशानुसार गर्ने ।

Web का लागि :
नेपाल टेलिकमको Website: https://neb.ntc.net.np मार्फत मार्कसिट सहितको नतिजा प्राप्त गर्न सकिनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलेसिया : जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको प्रथम अधिवेशन–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि किराँत याक्थुङ चुम्लुङ नेपाल, कोशी प्रदेशका संघीय उपाध्यक्ष निरन्ति तुम्बापाे रहनुभएको थियो। उहाँले सम्बोधन गर्दै प्रवासमा रहेका याक्थुङ (लिम्बू) समुदायबीच संगठनात्मक एकता, भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनका लागि सबै […]

मलेसिया – किराँत याक्थुङ चुम्लुङ (केवाईसी) जोहोर, मलेसियाले आफ्नो प्रथम अधिवेशन–२०२६ आयोजना गर्ने भएको छ। संस्थाका अनुसार “भाषा बाँचे संस्कृति बाँच्छ, संस्कृति बाँचे माटो बोल्छ” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त कार्यक्रममा विदेशमा रहेर पनि आफ्नो कार्यव्यस्तताका बाबजुद लिम्बू समुदायको भाषा, कला, संस्कृति र पहिचान संरक्षणमा संगीत क्षेत्रमार्फत योगदान पुर्‍याउने कलाकारहरूलाई सम्मान गरिनेछ। […]

क्वालालम्पुर, मलेसिया – मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकहरूले नेपाली राजदूतावासले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्ने मात्र नभई कम्पनीहरूमा प्रत्यक्ष पुगेर श्रमिकहरूको वास्तविक अवस्था बुझ्नुपर्ने आवश्यकता औंल्याएका छन्। मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकले अझै पनि आफ्नो राहदानी (पासपोर्ट) आफूसँग नरहेको बताएका छन्। श्रमिकहरूका अनुसार केही कम्पनीहरूले कामदारले कुनै कामका लागि पासपोर्ट माग्दा RM २,००० देखि RM […]