०९ आश्विन २०८३, शुक्रबार
25-09-2026 , Fri
×

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ ।

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, पुष १२, २०८०

कञ्चनपुरः कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका-४ स्थित २ नम्बर गल्लीबाट ०.२४ ग्राम लागूऔषध खैरो हेरोईनसहित सोही ठाँउका १८ वर्षीय किशोरसहित दुई जना बुधवार साँझ पक्राउ परेका हुन्।

वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित फेला पारी दुई जनालाई पक्राउ गरेको हो। यस्तै कृष्णपुर नगरपालिका ८ रैकवारबिचुवाबाट ३.४७ ग्राम लागूऔषधसहित सोही ठाँउका २८ वर्षीय हरिश भण्डारी बुधवार साँझ पक्राउ परेका छन्।

नेपाल प्रहरी प्रदेशकार्यालय महेन्द्रनगर, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको संयुक्त प्रहरी टोलीले भण्डारीलाई आफ्नै घरमा सञ्चालन गरेको पसलबाट लागूऔषध फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]