०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

मलेसियामा १४ सेप्टेम्बरमा हुने हेल्प मधेसी मलेसियाको तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रमकाे सम्पुर्ण तयारि पुरा

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, भाद्र २७, २०८२

हेल्प मधेसी मलेसियाको तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रम १४ सेप्टेम्बरमा क्वालालम्पुरमा सम्पन्न हुने

क्वालालम्पुर, मलेसिया – हेल्प मधेसी मलेसियाले आफ्नो तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रम आउँदो १४ सेप्टेम्बर २०२५, आइतबारका दिन क्वालालम्पुरस्थित WISMA ANN KOAI (नेपाली दूतावास छेउको भवन) मा आयोजना गर्न लागेको छ। कार्यक्रम सम्पन्न गर्नका लागि सम्पूर्ण तयारी पूरा गरिएको आयोजकले जनाएको छ।

“तन, मन, धन… स!” भन्ने मूल नाराका साथ स्थापित हेल्प मधेसी मलेसियाको यस कार्यक्रमले प्रवासी मधेसी समुदायबीच एकता, सांस्कृतिक संरक्षण र आपसी सहयोग प्रवर्धनमा सशक्त भूमिका खेल्ने अपेक्षा गरिएको छ।

देशमा जारी राजनीतिक अस्थिरता र चिन्ताजनक गतिविधिहरूको सन्दर्भमा कार्यक्रमलाई साधारण तर प्रभावकारी रूपमा आयोजना गर्ने निर्णय भएको हो। यस अधिवेशनमा संगठनका पदाधिकारीहरूबीच गहन छलफल हुने र आगामी दिशा तय गरिनेछ।

कार्यक्रममा सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहभागी भई कार्यक्रमलाई सभ्य र भव्य बनाउन हेल्प मधेसी मलेसिया परिवारले हार्दिक अनुरोध गरेको छ।

मिति: १४ सेप्टेम्बर २०२५
स्थान: WISMA ANN KOAI, 67, Jalan Ampang, 50450, W.P. Kuala Lumpur (नेपाली दूतावास छेउ)
आयोजक: हेल्प मधेसी मलेसिया केन्द्रीय कार्यसमिति

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]