०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

मलेसियामा १४ सेप्टेम्बरमा हुने हेल्प मधेसी मलेसियाको तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रमकाे सम्पुर्ण तयारि पुरा

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, भाद्र २७, २०८२

हेल्प मधेसी मलेसियाको तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रम १४ सेप्टेम्बरमा क्वालालम्पुरमा सम्पन्न हुने

क्वालालम्पुर, मलेसिया – हेल्प मधेसी मलेसियाले आफ्नो तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रम आउँदो १४ सेप्टेम्बर २०२५, आइतबारका दिन क्वालालम्पुरस्थित WISMA ANN KOAI (नेपाली दूतावास छेउको भवन) मा आयोजना गर्न लागेको छ। कार्यक्रम सम्पन्न गर्नका लागि सम्पूर्ण तयारी पूरा गरिएको आयोजकले जनाएको छ।

“तन, मन, धन… स!” भन्ने मूल नाराका साथ स्थापित हेल्प मधेसी मलेसियाको यस कार्यक्रमले प्रवासी मधेसी समुदायबीच एकता, सांस्कृतिक संरक्षण र आपसी सहयोग प्रवर्धनमा सशक्त भूमिका खेल्ने अपेक्षा गरिएको छ।

देशमा जारी राजनीतिक अस्थिरता र चिन्ताजनक गतिविधिहरूको सन्दर्भमा कार्यक्रमलाई साधारण तर प्रभावकारी रूपमा आयोजना गर्ने निर्णय भएको हो। यस अधिवेशनमा संगठनका पदाधिकारीहरूबीच गहन छलफल हुने र आगामी दिशा तय गरिनेछ।

कार्यक्रममा सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहभागी भई कार्यक्रमलाई सभ्य र भव्य बनाउन हेल्प मधेसी मलेसिया परिवारले हार्दिक अनुरोध गरेको छ।

मिति: १४ सेप्टेम्बर २०२५
स्थान: WISMA ANN KOAI, 67, Jalan Ampang, 50450, W.P. Kuala Lumpur (नेपाली दूतावास छेउ)
आयोजक: हेल्प मधेसी मलेसिया केन्द्रीय कार्यसमिति

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]