०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

म्याग्दी प्रवासी नेपाली संघ मलेसियाकाे दोस्रो साधारणसभा तथा तेस्रो अधिवेशनको तयारी सम्पन्न

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, भाद्र २७, २०८२

क्वालालम्पुर, मलेसिया – म्याग्दी प्रवासी नेपाली संघ, राष्ट्रिय कार्यकारी समिति (मोना) मलेसियाले आयोजना गर्न लागेको दोस्रो साधारणसभा तथा तेस्रो अधिवेशन–२०८२को सम्पूर्ण तयारी पूरा भएको छ।

उक्त कार्यक्रम सेप्टेम्बर १४, २०२५ (आइतबार), बिहान १०:०० बजेदेखि बेलुका ५:०० बजेसम्म मलेसियाको Cosmo Hotel, Kuala Lumpur (13–15, Leboh Ampang 50506) मा आयोजना हुने छ।

संघको राष्ट्रिय कार्यकारी समितिले आयोजना गर्न लागेको यो अधिवेशनमा नेपाली सांगीतिक माहोल पनि जम्नेछ। कार्यक्रममा विशेष आकर्षण स्वरूप चर्चित नेपाली कलाकारहरूको प्रस्तुति रहनेछ ।

गायकहरू:दिल थापा मगर,नितेन्द्र,बुढा मगर,बाबुराम थापा,पूर्ण जिरेल र डान्सरकाे रुपमा:कासी गुरुङ,शर्मिला लिम्बु,वर्षा राई समेतले आफ्नाे परस्तुति दिनेछन ।

उक्त कार्यक्रममा संघको विधान, आर्थिक प्रतिवेदन, सांगठनिक समीक्षा तथा भावी योजना प्रस्तुत गरिनेछ। साथै नयाँ कार्यसमितिको निर्वाचनसमेत सम्पन्न हुने जानकारी आयोजक समितिले जनाएको छ।

पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने उद्देश्यले, म्याग्दी जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यहरू — मल्लिका मन्दिर, सिंगा तातोपानी, रूप्से झरना, घोरेपानी, दुर्लेखख, गल्सेवर र पुनहिल — को झलकसमेत पोस्टरमार्फत प्रस्तुत गरिएको छ।

कार्यक्रमलाई सफल बनाउन विभिन्न मिडिया हाउसहरूले साथ दिएका छन्, जसमा Bara Dainik,Himaltimes,Nepalijanatakhabar, Thangichagu ,युवाकाे आवाज, जनसवाल, HeroNepal -TV लगायतका संस्थाहरू मिडिया पार्टनरका रूपमा रहेका छन्।

संघका अध्यक्षसहित सम्पूर्ण कार्यसमिति कार्यक्रम सफल बनाउन निरन्तर लागिरहेको र मलेसियास्थित सम्पूर्ण म्याग्देली तथा नेपाली समुदायलाई सहभागिताका लागि हार्दिक आमन्त्रण गरिएको छ।.

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]