०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

म्याग्दी प्रवासी नेपाली संघ मलेसियाकाे दोस्रो साधारणसभा तथा तेस्रो अधिवेशनको तयारी सम्पन्न

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, भाद्र २७, २०८२

क्वालालम्पुर, मलेसिया – म्याग्दी प्रवासी नेपाली संघ, राष्ट्रिय कार्यकारी समिति (मोना) मलेसियाले आयोजना गर्न लागेको दोस्रो साधारणसभा तथा तेस्रो अधिवेशन–२०८२को सम्पूर्ण तयारी पूरा भएको छ।

उक्त कार्यक्रम सेप्टेम्बर १४, २०२५ (आइतबार), बिहान १०:०० बजेदेखि बेलुका ५:०० बजेसम्म मलेसियाको Cosmo Hotel, Kuala Lumpur (13–15, Leboh Ampang 50506) मा आयोजना हुने छ।

संघको राष्ट्रिय कार्यकारी समितिले आयोजना गर्न लागेको यो अधिवेशनमा नेपाली सांगीतिक माहोल पनि जम्नेछ। कार्यक्रममा विशेष आकर्षण स्वरूप चर्चित नेपाली कलाकारहरूको प्रस्तुति रहनेछ ।

गायकहरू:दिल थापा मगर,नितेन्द्र,बुढा मगर,बाबुराम थापा,पूर्ण जिरेल र डान्सरकाे रुपमा:कासी गुरुङ,शर्मिला लिम्बु,वर्षा राई समेतले आफ्नाे परस्तुति दिनेछन ।

उक्त कार्यक्रममा संघको विधान, आर्थिक प्रतिवेदन, सांगठनिक समीक्षा तथा भावी योजना प्रस्तुत गरिनेछ। साथै नयाँ कार्यसमितिको निर्वाचनसमेत सम्पन्न हुने जानकारी आयोजक समितिले जनाएको छ।

पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने उद्देश्यले, म्याग्दी जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यहरू — मल्लिका मन्दिर, सिंगा तातोपानी, रूप्से झरना, घोरेपानी, दुर्लेखख, गल्सेवर र पुनहिल — को झलकसमेत पोस्टरमार्फत प्रस्तुत गरिएको छ।

कार्यक्रमलाई सफल बनाउन विभिन्न मिडिया हाउसहरूले साथ दिएका छन्, जसमा Bara Dainik,Himaltimes,Nepalijanatakhabar, Thangichagu ,युवाकाे आवाज, जनसवाल, HeroNepal -TV लगायतका संस्थाहरू मिडिया पार्टनरका रूपमा रहेका छन्।

संघका अध्यक्षसहित सम्पूर्ण कार्यसमिति कार्यक्रम सफल बनाउन निरन्तर लागिरहेको र मलेसियास्थित सम्पूर्ण म्याग्देली तथा नेपाली समुदायलाई सहभागिताका लागि हार्दिक आमन्त्रण गरिएको छ।.

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]