०९ आश्विन २०८३, शुक्रबार
25-09-2026 , Fri
×

दुर्लभ पक्षी हुचिल बासस्थान र आहारा अभावमा सङ्कटमा

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, पुष १२, २०८०

दुर्लभ पक्षी हुचिल बासस्थान र आहारा अभावमा सङ्कटमा पर्दै गएको छ । विशेषगरी चिउरी, गायोको रुखमा बस्न मनपराउँने पक्षी हुचिल गाउँघरमा यस्ता बोट नहुँदा पनि समस्यामा परेका छन् ।

गाउँघर एवं जङ्गल क्षेत्रमा विगतमा सहजै पाइने हुचिल अहिले देखिन छोडेका उदयपुरको बेलका नगरपालिका–८ मैनामैनीका दलबहादुर राई बताउनुहुन्छ ।

उदयपुरको बेलका नगरपालिकाको मैनामैनी, बबला, चम्पाकोट, बोप्ताङ, चौदण्डीगढी नगरपालिकाको चौदण्डी, सिद्धीपुर क्षेत्रतिर हिउँद र बर्खायाममा सहजै देख्न पाइने दुर्लभ पक्षी हुचिल हिजो आज देख्न नै मुश्किल रहेको स्थानीय बासिन्दा बताउँछन् ।

‘दश, बाह्र वर्ष अगाडिसम्म हिउँद/वर्षा दुवै याममा गाउँघरमा रुख–रुख बसेर कराउने गर्थे, तर हिजोआज हुचिल बस्ने बासस्थान मानिसले मासी सके, खाने कुरा आहाराको पनि अभाव छ’ चौदण्डी गढी नगरपालिका सिद्धीपुरका धनबहादुर पुलामीमगरले भन्नुभयो,‘ आजकल हुचिलको आवाज नै सुनिँदैन ।’

पछिल्ला वर्ष हुचिल मात्रै नभएर अरु पक्षीहरू पनि समस्यामा पर्दै गएका नेपाल पक्षी संरक्षण सङ्घका उपाध्यक्ष एवम् चराविद् विमल थापाले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]