०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी भन्छन्– रन्जितासँगको सबै सम्बन्ध सकियो

Logo
HeroNepal-tv प्रकाशित आइतबार, भाद्र १५, २०८२

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरीले श्रीमतीसमेत रहेकी पार्टी अध्यक्ष रन्जिता श्रेष्ठसँगको सबै सम्बन्ध समाप्त भएको बताएका छन् । आइतबार बाह्रखरीसँगको कुराकानीका क्रममा रेशमले आफूलाई ‘कुनै जानकारी नै नदिई’ केन्द्रीय समितिको बैठक बोलाएर रन्जिताले आफूसँगका सबै सम्बन्ध समाप्त गरेको बताएका हुन् ।

नाउपाको केन्द्रीय समिति बैठक आइतबारका लागि बोलाइएको छ । रन्जिताले बोलाएको बैठकमा पार्टीका संस्थापक केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, पालिका प्रमुख र उपप्रमुखलाई अनिवार्य उपस्थित हुन भनिएको छ । बैठकमा समसामयिक राजनीतिक विषय, विधान संशोधन, केन्द्रीय सदस्य मनोनयन र निर्वाचन आयोग अद्यावधिकलगायत विषयमा छलफल हुने रन्जिताले लेखको पत्रमा उल्लेख छ ।

तर, पार्टीका संस्थापक रेशमले आफूलाई बैठकबारे कुनै जानकारी नरहेको दाबी गरे । “मलाई औपचारिक जानकारी केही छैन, मैले पनि सामाजिक सञ्जाल र मिडियाबाटै यो कुरा थाहा पाएको हो,” बाह्रखरीसित रेशमले भने ।

उनले थपे, “हामीलाई जानकारी नै नगराई कसरी बैठक बोलाएपछि अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले मसँगको सबै प्रकारका सम्बन्ध समाप्त गर्न खोजिएको देखिन्छ । उहाँले सबै सम्बन्ध समाप्त पार्नुभयो,” उनले भने ।

रेशमले आफू जेलमा रहेका बेला पार्टी स्थापना गरेको स्मरण गरे । “मैले दुःख गरेर जेलभित्रैबाट पार्टी स्थापनाका लागि मरिहत्ते गरेको छु । अहिले आएर एकलौटी बनाइयो । मलाई बाइपास गरेर जान खोजियो तर माग–मुद्दाका बारेमा मेरो आवाज कहिले पनि दबिने छैन । सधैँ बुलन्द गर्नेछु,” उनले भने ।

अब समानान्तर दल दर्ता गर्ने सम्भावनाबारे बाह्रखरीले राखेको जिज्ञासामा रेशमले अर्को पार्टी खोल्ने कुनै सम्भावना नहरेको बताए ।“त्यो त हुँदैन, मैले अर्को पार्टी खोल्ने कुरै हुँदैन । म सांसद पनि छैन, कुनै प्रतिनिधि पनि होइन । नागरिक उन्मुक्ति पार्टीको नामले मलाई सबैले चिन्नुहुन्छ । मैले उठाएको माग–मुद्दालाई नै निरन्तरता दिन्छु,” उनले भने ।

रेशम पक्षका सांसद, जनप्रतिनिधिले रन्जिताले बोलाएको बैठकमा उपस्थित नहुने बताएका छन् ।

यसअघि, साउन १६ गते बसेको रेशम पक्षको राष्ट्रिय भेलाले रन्जितालाई हटाएर लालवीर चौधरीलाई अध्यक्ष बनाएको थियो । तर, निर्वाचन आयोगले कारबाहीलाई मान्यता नदिएपछि रन्जिता नै अध्यक्षमा छिन् । त्यसपछि पहिलोपटक रन्जिताको आह्वानमा केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]