०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

जीबीराई मलेसियाकाे क्वालालम्पुरस्थित देशापन्डनमा अपार्टमेन्टमा बसेका छन्

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, भाद्र १२, २०८२

काठमाडौं := पोखराको सूर्यदर्शन सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी, सहारा चितवन, पर्साको सानो पाइला, बुटवलको सुप्रिम सहकारीका मुख्य प्रतिवादी जीबी (गितेन्द्रबाबु) राईले हाल प्रहरी स्रोतका अनुसार जीबी क्वालालम्पुरस्थित देशापन्डनमा अपार्टमेन्टमा बसेका छन् ।

सहकारीको ठूलो रकम ग्यालेक्सी फोर के टेलिभिजनमा लगानी गरेर डुबाएका जीबीले केही रकम भने विदेश पुर्यारएको जानकारहरू बताउँछन् । उनले मलेसियामा बसेर व्यापार गरिरहेका छन् । राई सरकारका केही मन्त्री, सचिव र शीर्ष नेतासँग सम्र्पकमा रहेको प्रहरीकै दाबी छ ।

९ करोड नेपाली रुपैयाँभन्दा बढीमा राईले अपार्टमेन्ट खरिद गरेको प्रहरीले तथ्य पत्ता लगाएपनि उनलाई पक्राउ गर्ने सम्भावना नभएको दाबी प्रहरी स्रोतको छ । नेपालले पटक–पटक अनुरोध गर्दा पनि जीबीलाई मलेसियाले फिर्ता नगर्नुको कारणमै उनले नेपालबाट लगेको रकम रहेको दाबीसमेत गरिएको छ ।

मलेसिया सरकारको ‘मेक मलेसिया माई सेकेन्ड होम’ अवधारणाअनुसार तोकिएको रकम लिएर लगानी गर्ने विदेशी नागरिकलाई सामान्य तरिकारले पक्रिदैन् । मलेसियाली सरकारलाई तिरेपछि मलेसियाको नागरिक सरह बस्न मिल्छ । सोहीअनुसार जीबी मलेसियामा गएर बसेको प्रहरीको अध्ययनमा उल्लेख छ ।

सहकारीको १ अर्बभन्दा बढी रकम जीबीले मलेसिया लगेर लगानी गरेको दाबी प्रहरीको छ । मलेसियामा कुनै अपराध नगरेको, अर्ब बढीको लगानी गरेर रोजगारीसमेत दिएको व्यक्तिलाई मलेसिया सरकारले सम्बन्धित देशमा पठाउन चाहँदैन । जीबी पनि मलेसियाको ‘सेकेन्ड होम भिसा’ अवधारणाअनुसार बसिरहेको प्रहरी अधिकारीहरूकै दाबी छ । एक प्रहरी उच्च अधिकारीका अनुृसार उनी नेपालमा केही शीर्ष नेताहरुसँग सम्र्पकमा छन् ।

सहकारी रकम अपचलनमा व्यक्ति पक्राउ परे पनि ठगीको रकम कहाँ लगेर लगानी भयो भन्नेबारे कमै मात्रामा पत्ता लाग्ने गरेको छ । ठूला भनिएका सहकारी ठगीमा जोडिएका व्यक्तिहरूले रकम विदेश लैजाने प्रवृत्ति देखिएको अनुसन्धान अधिकृतहरू छन् । मलेसियामा जीवि नेपाली सुरक्षा गार्डसहित आफनो व्यापार सञ्चालन गरिरहेका छन् । जीविका कर्मचारी रवि भने अहिले प्रहरी थुनामा छन् ।

तत्कालीन प्रहरी महानिरीक्षक बसन्त कुँवरले मलेसियामै रहेको पत्ता लाग्दा पनि जीबी सुरक्षित रहेको बताएका थिए । त्यसपछि उनलाई पक्राउ गर्न सरकारले चासो दिएन । ‘जीबीविरुद्ध रेड नोटिस जारी भइसक्यो, तर मलेसियासँग सुपुर्दगी सन्धि नहुँदा समस्या भएको छ,’ १५ चैत २०८० मा संसद्को राज्यव्यवस्था समिति बैठकमा कुँवरले बताएपनि हालसम्म राई पक्राउको प्रक्रिया नै सुरु नभएको प्रहरीकै दाबी छ ।

सहकारीबाट गोर्खा मिडियामा आएको रकम चेक काटेर खर्च गरेकै आधारमा उनीविरुद्ध सहकारी ठगी मात्र होइन, सम्पत्ति शुद्धीकरण र सहकारी ठगीको मुद्दासमेत लगाइएको छ । तर, सञ्चालक छँदा उमागौरीको २२ करोड ठगीमा मुछिएकी अञ्जला भने धरौटीमा छाड्ने प्रक्रिया पनि ‘फास्ट ट्र्याक’मा भयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई ५ जिल्लामा चलिरहेको मुद्दामा सबैभन्दा कम ५४ लाख र सबैभन्दा बढी एक करोड धरौटी माग गरिएको थियो । उच्च अदालत तुलसीपुर, बुटवल इजलासले त उनलाई पुर्पक्षका लागि थुनामै पठाउने आदेश ग¥यो । ३१ असार २०७८ मा पुलेसो कर्जा मार्फत लामिछानेको नाममा सहकारीको १ करोड रकम निकासा गरिएको भेटिएको थियो । पछि उक्त ऋण फस्र्योट भएको पनि भेटिएको थियो ।

सूर्यदर्शन सहकारीको रकम लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा लगेको र लामिछानेकै नाममा समेत ऋण लिएको भेटिएपछि १६ माघ २०८० मा बचतकर्ताले उनीविरुद्ध पूरक जाहेरी दिएका थिए । तर, लामिछानेसहित तीनै जनाले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आफूहरुको संलग्नता अस्वीकार गरेका छन् ।

करोडौँ हिनामिनामा संलग्न सहकारीका सञ्चालकहरू न्यूनतम धरौटीमा छुटिरहँदा सहकारीसँग कुनै सम्बन्ध नै नभएका रवि भने पुर्पक्षका लागि नख्खु कारागारमा छन् । जिबी राईको समूहले सञ्चालन गरेका सहकारीको हिनामिनामा पाँच जिल्ला घुमाएर मुद्दा दायर गरिएको थियो ।

जीबी समूहकै सहकारीमा जोडिएका उनका जेठान तथा सहकारीका पूर्वअध्यक्ष डीबी (ज्ञानबहादुर) बम्जनलाई सुटुक्क कास्की जिल्ला अदालत हाजिर भए । १० लाख धरौटी तिरेर रिहा भए । तर सहकारीको करिब १६ अर्ब बढी अपचलन भएको रकम कहाँ छ, कसले कहाँ लग्यो भन्ने गौण रह्यो ।

प्रधानमन्त्री केपी ओलीको दल एमालेका नेता तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला भने मोरङको उमागौरी सहकारी अपचलनमा सञ्चालककै हैसियतमा मुछिँदा पनि १० लाख धरौटी बुझाएर बाहिरै छिन् ।

जिबी राईका सहकारीमा रवि सञ्चालक तथा ऋणी छैनन् । राईले गोर्खा मिडिया नेटवर्कमा आफ्ना सहकारीबाट ल्याएको रकम कर्मचारीको तलबलगायत खर्चका लागि प्रबन्ध निर्देशकका हैसियतमा रविले चेक काटेका थिए । सोही अभियोगमा जिबीका सबै सहकारीको ठगीको अभियोग रविमाथि लगाइएको छ ।

समाचार स्रोत : रमेश भारती / मुलपत्र ड्टकमबाट ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]