२१ मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

हेल्प मधेसी मलेसियाको तेस्रो अधिवेशनको तयारी तीव्र, भव्य समारोहको तयारी पूरा

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, भाद्र १२, २०८२

क्वालालम्पुर, मलेसिया — हेल्प मधेसी मलेसियाले आफ्नो तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रम आउँदो १४ सेप्टेम्बर २०२५, आइतबारका दिन राजधानी क्वालालम्पुरमा भव्य रूपमा आयोजना गर्ने भएको छ।

कार्यक्रम WISMA ANN KOAI, 67, Jalan Ampang, 50450, W.P. Kuala Lumpur (नेपाली दूतावास छेउको भवन) मा सम्पन्न हुनेछ।

संस्थाका अनुसार, मलेसियामा कार्यरत सम्पूर्ण नेपाली समुदाय, साथै यहाँ क्रियाशील सरकारी तथा गैर–सरकारी संघ–संस्थाका प्रतिनिधिहरूलाई उपस्थित भई कार्यक्रम सफल पार्न हार्दिक निमन्त्रणा गरिएको छ।

कार्यक्रममा समुदायको एकता, सांस्कृतिक संरक्षण र आपसी सहयोग प्रवर्धन गर्ने उद्देश्यले विभिन्न गतिविधिहरू समावेश गरिने जनाइएको छ। अधिवेशनमा विशेष अतिथि, सम्मान समारोह, सांस्कृतिक प्रस्तुति, तथा संस्थाका भावी योजनाहरूमा छलफल गरिनेछ।

उक्त अवसरमा प्रमुख अतिथिको रूपमा मलेसियास्थित नेपाली राजदूत महामहिम डा. नेत्र प्रसाद तिम्सिनाको गरिमामय उपस्थिति रहनेछ। साथै, नेपाली तथा मैथिली कलाकारहरूद्वारा सांगीतिक तथा सांस्कृतिक प्रस्तुति पनि गरिनेछ।

थप जानकारीका लागि सम्पर्क:

दिपक मण्डल – 011 3323 2950

प्रमोद कुमार महतो – 016 2633 967

उदय नारायण मण्डल – 014 9638 726

जय प्रकाश शाह – 011 1284 8947

सुरेन्द्र महतो – 010 2521 407

पवन कुमार महतो – +60 12-516 8482

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]