०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

हेल्प मधेसी मलेसियाको तेस्रो अधिवेशनको तयारी तीव्र, भव्य समारोहको तयारी पूरा

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, भाद्र १२, २०८२

क्वालालम्पुर, मलेसिया — हेल्प मधेसी मलेसियाले आफ्नो तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रम आउँदो १४ सेप्टेम्बर २०२५, आइतबारका दिन राजधानी क्वालालम्पुरमा भव्य रूपमा आयोजना गर्ने भएको छ।

कार्यक्रम WISMA ANN KOAI, 67, Jalan Ampang, 50450, W.P. Kuala Lumpur (नेपाली दूतावास छेउको भवन) मा सम्पन्न हुनेछ।

संस्थाका अनुसार, मलेसियामा कार्यरत सम्पूर्ण नेपाली समुदाय, साथै यहाँ क्रियाशील सरकारी तथा गैर–सरकारी संघ–संस्थाका प्रतिनिधिहरूलाई उपस्थित भई कार्यक्रम सफल पार्न हार्दिक निमन्त्रणा गरिएको छ।

कार्यक्रममा समुदायको एकता, सांस्कृतिक संरक्षण र आपसी सहयोग प्रवर्धन गर्ने उद्देश्यले विभिन्न गतिविधिहरू समावेश गरिने जनाइएको छ। अधिवेशनमा विशेष अतिथि, सम्मान समारोह, सांस्कृतिक प्रस्तुति, तथा संस्थाका भावी योजनाहरूमा छलफल गरिनेछ।

उक्त अवसरमा प्रमुख अतिथिको रूपमा मलेसियास्थित नेपाली राजदूत महामहिम डा. नेत्र प्रसाद तिम्सिनाको गरिमामय उपस्थिति रहनेछ। साथै, नेपाली तथा मैथिली कलाकारहरूद्वारा सांगीतिक तथा सांस्कृतिक प्रस्तुति पनि गरिनेछ।

थप जानकारीका लागि सम्पर्क:

दिपक मण्डल – 011 3323 2950

प्रमोद कुमार महतो – 016 2633 967

उदय नारायण मण्डल – 014 9638 726

जय प्रकाश शाह – 011 1284 8947

सुरेन्द्र महतो – 010 2521 407

पवन कुमार महतो – +60 12-516 8482

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]