२८ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सहकारी ठगी प्रकरण: उच्च अदालतले माग्यो रविको कैफियत प्रतिवेदन

Logo
HeroNepal-tv प्रकाशित बुधबार, भाद्र ११, २०८२

उच्च अदालत तुलसीपुर, बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सहकारी ठगी मुद्दामा कैफियत प्रतिवेदन र सक्कल मिसिल मगाउने आदेश दिएको छ।

बुधबार न्यायाधीश सागर विष्टको एकल इजलासले सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेले बिगो रकम बुझाएर रिहा हुन दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै यस्तो आदेश गरेको हो।

लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानत पेस गरे पनि जिल्ला अदालत रुपन्देहीले बिगो यकिन नभएको भन्दै रिहाइ अस्वीकार गरेको थियो।

हाल नख्खु कारागारमा रहेका लामिछानेको मुद्दामा एक साताभित्र मिसिल प्राप्त भएपछि थप सुनुवाइ हुने अदालतले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलेसिया !  मलेसियामा रहेका लिम्बू समुदायले आफ्नो मौलिक सांस्कृतिक चाड चासोक तङनाम यस वर्ष पनि किराँत याक्थुङ चुम्लुङ क्षेत्रीय समिति, जोहोरको आयोजनामा विविध सांस्कृतिक कार्यक्रमसहित १४ डिसेम्बर २०२५ (आइतबार) मा भव्य रूपमा मनाउने भएको छ। कार्यक्रम जोहोर बारुस्थित JO Hotel मा आयोजना हुने छ। समितिका अध्यक्ष हेमराज लिम्बूका अनुसार मलेसियामा काम तथा बसोबास गर्ने लिम्बू […]

 मलेसिया – मलेसियामा अवैधानिक रुपमा काम गर्दै आएका एक नेपाली सुरक्षागार्डलाई विरालामाथि क्रुर र अशोभनीय व्यवहार गरेको आरोपमा सेशन्स अदालतले आरएम ४० हजार जरिवाना तिर्न आदेश दिएको छ। जरिवाना तिर्न नसकेमा उनलाई १५ महिनासम्म जेल सजाय हुने निर्णय गरिएको छ। ३३ वर्षीय अर्मान शाहले बुधबार अदालतमा उपस्थित भई आफू दोषी ठहरेको स्वीकार गरेपछि न्यायाधीश नोर […]

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]