०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

प्रथम मलका कप २०२३ काे आज सेमिफाइनल अन्तर्गतका खेलहरु हुने ।

Logo
HeroNepal-tv प्रकाशित सोमबार, पुष ०९, २०८०

मलेसिया : मलका युनाइटेड फुटबल क्लबद्वारा आयोजित प्रथम मलका कप २०२३ हिजाे २०२३ डीसेम्बर २३ बाट सुरु भएको छ । उमेश महतोकाे अध्यक्षता, मलेसियाका नेपाली राजदुत डिल्लीराज पौडेलको प्रमुख आतिथ्यमा प्रतियोगिताको शुभारम्भ भएको हो ।

गैरआवासीय नेपाली संघ एसिसी मलेसियाका उपाध्यक्ष हेम राज सापकोटा ,सचिव बिष्णु प्रसाद बराल, युवासंयोजक राजु तामाङ,रास्ट्रीय स्वतन्त्र पार्टीको प्रबास बिभाग संगठन “प्रबास नेपाली सम्पर्क बिभाग” मलेशियाका सभापती तथा गैर आवासीय नेपाली संघ का ICC सदस्य नेत्र के.सी र सारादा राई बिन्दु दर्लामी मगर लगाएत कार्यक्रममा अतिथि हुनुहुन्थ्यो ।

मलेसियामा रहेका विभिन्न संघ संस्थाका व्यवसायी,बुद्धिजिवि ,पत्रकार ,समाजसेवी लगाएतकाे पनि कार्यक्रममा उपस्थिती थियो । मलेसियाकाे विभिन्न राज्यबाट १७ टिमले भाग लिएका थिए ।

जस मध्य पहिलाे चरणका ८ अाेटा खेल हिजाे राति १२ः०० बजे सम्म खेलाइएकाे थियाे भने जसवाट ९ अाेटा टिम सेमिफाइनलमा प्रवेस गरेकाछन।

प्रतियोगिताको विजेताले ट्रफी सहित मलेसियन रिंगेट १० हजार ५१ पुरस्कार पाउनेछन् भने उपविजेताले ट्रफीसहित ५ हजार ५१ मलेसियन रिंगेट पुरस्कार प्राप्त गर्नेछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]