०९ आश्विन २०८३, शुक्रबार
25-09-2026 , Fri
×

प्रथम मलका कप २०२३ काे आज सेमिफाइनल अन्तर्गतका खेलहरु हुने ।

Logo
HeroNepal-tv प्रकाशित सोमबार, पुष ०९, २०८०

मलेसिया : मलका युनाइटेड फुटबल क्लबद्वारा आयोजित प्रथम मलका कप २०२३ हिजाे २०२३ डीसेम्बर २३ बाट सुरु भएको छ । उमेश महतोकाे अध्यक्षता, मलेसियाका नेपाली राजदुत डिल्लीराज पौडेलको प्रमुख आतिथ्यमा प्रतियोगिताको शुभारम्भ भएको हो ।

गैरआवासीय नेपाली संघ एसिसी मलेसियाका उपाध्यक्ष हेम राज सापकोटा ,सचिव बिष्णु प्रसाद बराल, युवासंयोजक राजु तामाङ,रास्ट्रीय स्वतन्त्र पार्टीको प्रबास बिभाग संगठन “प्रबास नेपाली सम्पर्क बिभाग” मलेशियाका सभापती तथा गैर आवासीय नेपाली संघ का ICC सदस्य नेत्र के.सी र सारादा राई बिन्दु दर्लामी मगर लगाएत कार्यक्रममा अतिथि हुनुहुन्थ्यो ।

मलेसियामा रहेका विभिन्न संघ संस्थाका व्यवसायी,बुद्धिजिवि ,पत्रकार ,समाजसेवी लगाएतकाे पनि कार्यक्रममा उपस्थिती थियो । मलेसियाकाे विभिन्न राज्यबाट १७ टिमले भाग लिएका थिए ।

जस मध्य पहिलाे चरणका ८ अाेटा खेल हिजाे राति १२ः०० बजे सम्म खेलाइएकाे थियाे भने जसवाट ९ अाेटा टिम सेमिफाइनलमा प्रवेस गरेकाछन।

प्रतियोगिताको विजेताले ट्रफी सहित मलेसियन रिंगेट १० हजार ५१ पुरस्कार पाउनेछन् भने उपविजेताले ट्रफीसहित ५ हजार ५१ मलेसियन रिंगेट पुरस्कार प्राप्त गर्नेछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]