२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

केशव स्थापितले लिए एमालेबाट बिदा

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, साउन ३०, २०८०

नेकपा (एमाले)का केन्द्रीय सदस्य केशव स्थापितले पार्टीको जिम्मेवारीबाट बिदा लिएका छन्। २०७९ वैशाखको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार थिए।

२०५४ सालमा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएका उनी पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा पुनः मेयरमै मनोनीत भएका थिए।

त्यसपछि एमाले छाडेर प्रजा परिषद् ब्युँताउन लागेका उनी एमाले विभाजन भएर बनेको अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीमा क्रियाशील भएका थिए। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं–६ बाट उम्मेदवारसमेत बनेका थिए।

तत्पश्चात् एमाले फर्किएर काठमाडौं ६ बाटै प्रदेश सभा सदस्य निर्वाचित भएका उनी बागमती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री बनेका थिए। पछि तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलसँग विवाद भएपछि मन्त्री पदबाट हटाइएका थिए।

स्थापितसहित सिरहाका प्रमोद यादवले पनि बिला लिएको एमालेका एक नेताले जानकारी दिए।

‘उहाँहरूले पार्टी नेतृत्वलाई पार्टीको जिम्मेवारीबाट बिदा लिने भन्नुभएको रहेछ। सोमबार बसेको सचिवालय बैठकले उहाँहरूलाई बिदा दिने निर्णय गरेको छ,’ एक पदाधिकारीले सेतोपाटीलाई जानकारी दिए।

त्यस्तै हिजो बसेको एमाले सचिवालयको बैठकले संगठन विभागको सचिवमा अनेरास्ववियुका पूर्वअध्यक्ष माधव ढुंगेललाई मनोनीत गरेको छ। त्यस्तै अर्थ तथा योजना विभागको सचिवमा क्रान्ति बुर्लाकोटी मनोनीत भएकी छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]