०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

मुख्यमन्त्री सतिशकुमार सिंह मलेसिया प्रस्थान, नेपाली कामदारसँग भेटघाट र विशेष सांगीतिक कार्यक्रममा सहभागिता हुने

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, भाद्र ०६, २०८२

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह एक साताको भ्रमणका लागि मलेसिया प्रस्थान गरेका छन्। उनी वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार, विशेषतः मधेस प्रदेशका नागरिकहरूसँग प्रत्यक्ष भेटघाट गर्ने उद्देश्यले मलेसिया आइपुगेका हुन्।

मुख्यमन्त्री सिंहले मलेसियामा कार्यरत नेपाली कामदारहरूको अवस्था, समस्या र अनुभवबारे जानकारी लिने र आवश्यक पहल गर्ने कार्यक्रमहरूमा सहभागिता जनाउने सचिवालयले जानकारी दिएको छ। मधेस प्रदेश सरकारका अनुसार, सिंहको भ्रमणले वैदेशिक रोजगारमा रहेका नागरिकहरूको वास्तविक अवस्था बुझ्न र तिनको हकहितमा काम गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।

यही सन्दर्भमा, गैर आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् (NCC) मलेसिया द्वारा आयोजित विशेष सांगीतिक साँझ कार्यक्रममा पनि  प्रमुख अथितिकाे रुपमा मुख्यमन्त्री सिंहको सहभागिता रहनेछ। कार्यक्रमका लागि नेपालबाट चर्चित कलाकारहरूको टोली मलेसिया प्रस्थान गरिसकेको छ ।

कार्यक्रम Hotel Grand Continental, Kuala Lumpur, Malaysi मा मिति: २३ अगष्ट २०२५ कादिन साँझ ६ बजेदेखि १० बजे सम्म रहनेछ ।

यस विशेष सांगीतिक कार्यक्रममा नेपालकी चर्चित गायिका अञ्जिला रेग्मी, मिसेल घिमिरे, बार्सा राई लगायतका कलाकारहरूले धमाकेदार प्रस्तुति दिनेछन्। कार्यक्रम हरितालिका तीज २०८२ को अवसरमा आयोजना गरिएको हो, जसले मलेसियामा कार्यरत नेपाली समुदायलाई मनोरञ्जन र सामाजिक मेलमिलापको अवसर प्रदान गर्नेछ।

मुख्यमन्त्री सिंहको अनुपस्थितिमा भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको प्रदेश सरकारले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]