२१ मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

एलिना चौहान माथि न्यूयोर्कमा डलरको वर्षा

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, भाद्र ०३, २०८२

काठमाडौं । गायिका एलिना चौहान सांगीतिक प्रस्तुतिको सिलसिलामा यतिबेला अमेरिकाको न्यूयोर्कमा छिन् ।

‘अब हाँस्छ अमेरिका’ कार्यक्रमअन्तर्गत एलिनासहित प्रताप दास, बद्री पँगेनी र कला लम्सालले न्यूयोर्कमा प्रस्तुति दिएका हुन् ।

अमेरिकामा पहिलो प्रस्तुति दिएपछि मुस्कानसहित एलिनाले क्याप्सन लेखेकी छन्, ‘अब तिमीले हाँस्न सुरु गर्‍यौ ।’ उनको यो स्टाटसको गम्भीर अर्थ लुकेको देखिन्छ ।

अमेरिका लाग्नुअघि एलिना नेपालमा निजी जीवनको कारण चर्चामा थिइन् । अमेरिका जानुलाई उनले सपनाको रुपमा लिएकी थिइन् । न्यूयोर्कमा पहिलो प्रस्तुतिसँगै उनले अब आफू हाँस्न थालेको बताएकी छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]