२२ जेठ २०८३, शुक्रबार
05-06-2026 , Fri
×

एलिना चौहान माथि न्यूयोर्कमा डलरको वर्षा

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, भाद्र ०३, २०८२

काठमाडौं । गायिका एलिना चौहान सांगीतिक प्रस्तुतिको सिलसिलामा यतिबेला अमेरिकाको न्यूयोर्कमा छिन् ।

‘अब हाँस्छ अमेरिका’ कार्यक्रमअन्तर्गत एलिनासहित प्रताप दास, बद्री पँगेनी र कला लम्सालले न्यूयोर्कमा प्रस्तुति दिएका हुन् ।

अमेरिकामा पहिलो प्रस्तुति दिएपछि मुस्कानसहित एलिनाले क्याप्सन लेखेकी छन्, ‘अब तिमीले हाँस्न सुरु गर्‍यौ ।’ उनको यो स्टाटसको गम्भीर अर्थ लुकेको देखिन्छ ।

अमेरिका लाग्नुअघि एलिना नेपालमा निजी जीवनको कारण चर्चामा थिइन् । अमेरिका जानुलाई उनले सपनाको रुपमा लिएकी थिइन् । न्यूयोर्कमा पहिलो प्रस्तुतिसँगै उनले अब आफू हाँस्न थालेको बताएकी छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

गएराति महोत्तरीको सोनमा गाउँपालिका-३ खखना निवासी राम विश्वास यादवको घरमा आएका डाकाहरूले चलाएको गोली लागेर यादवका छोरीज्वाइँ गम्भीर घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी पञ्चलाल गोलेका अनुसार ५/६ जनाको समूहका डाँकाले गोली प्रहार गर्दा रामविश्वासका ज्वाईं २७ वर्षीय ईश्वर यादव र छोरी २२ वर्षीया किरण यादव घाइते भएका छन्। गोली लागेर गम्भीर […]

दैलेख — दैलेखमा बाबुले खुर्पा (हँसिया) प्रहार गरेर आफ्नै छोराको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार नारायण नगरपालिका–९ सालखर्क निवासी ७१ वर्षीय कम्बिराज थापाले मदिरा सेवनपछि भएको सामान्य विवादका क्रममा आफ्ना ४६ वर्षीय छोरा यादव थापामाथि खुर्पा प्रहार गरेका हुन्। गएराति करिब ११ बजेतिर भएको उक्त घटनामा गम्भीर घाइते भएका यादव थापालाई उपचारका […]

मलेसिया : मलेसियामा आयोजित “स्व. जीवन स्मृति दोस्रो सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता–२०२६” भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ । प्रतियोगितामा मलेसियाका नेपालीहरुकाे विभिन्न १६ टोलीहरूको सहभागिता रहेको थियो । प्रतियोगिताको उपाधि आँधीखोला भलिबल क्लब स्याङ्जा, नेपालले जित्न सफल भएको छ भने नवदुर्गा युवा क्लब जोहोर–बातु पाहाट उपविजेतामा सीमित बनेको छ । प्रतियोगितामा प्रथम हुने […]