०६ साउन २०८३, बुधबार
22-07-2026 , Wed
×

निर्वाचन आयोगले गर्याे (नाउपा) को अध्यक्ष रञ्जिता श्रेष्ठ नै कायम रहने निर्णय

Logo
HeroNepal-tv प्रकाशित बुधबार, साउन २९, २०८२

काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्ष रञ्जिता श्रेष्ठ नै कायम रहने निर्णय गरेको छ ।

हिजो सम्पन्न आयोगको बैठकले पार्टीका तर्फबाट पदाधिकारी हेरफेर भएको भनी केही विवरण आएपनि त्यो प्रक्रियासम्मत नरहेको निष्कर्षसहित पुरानै अभिलेखलाई निरन्तता दिने निर्णय गरेको हो ।

निर्वाचन आयोग स्रोतले भन्यो, ‘नागरिक उन्मुक्ति पार्टी अध्यक्षको हेरफेर भएको भनी अभिलेख अद्यावधिक गरिदिन पत्र आएको रहेछ । तर, त्यो प्रक्रियासम्मत नभएकाले पुरानै अवस्थाले निरन्तरता दिने अवस्था रह्यो ।’

नाउपा अध्यक्ष श्रेष्ठ पटक–पटक विवादमा परेपछि राष्ट्रिय भेला गरेर उनको स्थानमा लालवीर चौधरीलाई अध्यक्ष तोकिएको थियो । साउन १४ र १५ गते काठमाडौंमा राष्ट्रिय भेला गरेर अध्यक्षबाट रञ्जितालाई बर्खास्त गर्ने निर्णय भएको थियो ।

भेलाको निर्णय अनुसार नाउपाले अध्यक्ष परिवर्तन गरेको जानकारीसहित अद्यावधिकका लागि निर्वाचन आयोगलाई पत्र पठाएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलेसिया : जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको प्रथम अधिवेशन–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि किराँत याक्थुङ चुम्लुङ नेपाल, कोशी प्रदेशका संघीय उपाध्यक्ष निरन्ति तुम्बापाे रहनुभएको थियो। उहाँले सम्बोधन गर्दै प्रवासमा रहेका याक्थुङ (लिम्बू) समुदायबीच संगठनात्मक एकता, भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनका लागि सबै […]

मलेसिया – किराँत याक्थुङ चुम्लुङ (केवाईसी) जोहोर, मलेसियाले आफ्नो प्रथम अधिवेशन–२०२६ आयोजना गर्ने भएको छ। संस्थाका अनुसार “भाषा बाँचे संस्कृति बाँच्छ, संस्कृति बाँचे माटो बोल्छ” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त कार्यक्रममा विदेशमा रहेर पनि आफ्नो कार्यव्यस्तताका बाबजुद लिम्बू समुदायको भाषा, कला, संस्कृति र पहिचान संरक्षणमा संगीत क्षेत्रमार्फत योगदान पुर्‍याउने कलाकारहरूलाई सम्मान गरिनेछ। […]

क्वालालम्पुर, मलेसिया – मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकहरूले नेपाली राजदूतावासले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्ने मात्र नभई कम्पनीहरूमा प्रत्यक्ष पुगेर श्रमिकहरूको वास्तविक अवस्था बुझ्नुपर्ने आवश्यकता औंल्याएका छन्। मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकले अझै पनि आफ्नो राहदानी (पासपोर्ट) आफूसँग नरहेको बताएका छन्। श्रमिकहरूका अनुसार केही कम्पनीहरूले कामदारले कुनै कामका लागि पासपोर्ट माग्दा RM २,००० देखि RM […]