०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

NRNA मलका राज्य समितिको पहिलो बैठक सम्पन्न, सल्लाहकार समिति गठन सहित नितिहरु पारित ।

Logo
HeroNepal-tv प्रकाशित सोमबार, साउन २७, २०८२

मलका, मलेसिया अगष्ट १० — गैरआवासीय नेपाली संघ (NRNA) मलका राज्य समितिको पहिलो कार्य समिति बैठक आइतबार अध्यक्ष अर्जुन लावती (लिम्बू)को अध्यक्षतामा सम्पन्न भएको छ।

बैठकले सात सदस्यीय सल्लाहकार समिति गठन गर्दै संस्थाको आचारसंहिता नीति, आर्थिक नीति, सदस्यता नीति, बैठक नीति तथा केही कार्ययोजना समेत पारित गरेको छ।

नव गठित सल्लाहकार समितिमा प्रमुख सल्लाहकारकाे रुपमा गैरआवासिय नेपाली संघ NRNA (NCC) मलेसियाका महासचिव बिष्णु प्रसाद बराल  तेसै गरि सल्लाहकार सदस्यहरुमा सचिव उमेश  महताे काेईरि सहित, प्रदीप बोहोरा (आकाश), रविन्द्र श्रेष्ठ, ओम श्रेष्ठ, मधु खड्का र विजय साह नियुक्त हुनु भएकाे छ।

कार्यक्रममा एनआरएनए मलेसियाका महासचिव विष्णु प्रसाद बराल, सचिव उमेश महत्वलगायतको उपस्थिति रहेको थियो। बैठक सञ्चालन गर्दै मलका राज्य समितिका सचिव मनोज दशौंदीले संस्थाका नीति र कार्ययोजनाहरू प्रस्तुत गर्नुभएको थियो।

सचिवद्वारा प्रस्तुत नीतिहरू र कार्ययोजनामा विस्तृत छलफल पश्चात सर्वसहमतिले पास गर्दै बैठकको समापन गरिएको थियो।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]