०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

NRNA मलका राज्य समितिको पहिलो बैठक सम्पन्न, सल्लाहकार समिति गठन सहित नितिहरु पारित ।

Logo
HeroNepal-tv प्रकाशित सोमबार, साउन २७, २०८२

मलका, मलेसिया अगष्ट १० — गैरआवासीय नेपाली संघ (NRNA) मलका राज्य समितिको पहिलो कार्य समिति बैठक आइतबार अध्यक्ष अर्जुन लावती (लिम्बू)को अध्यक्षतामा सम्पन्न भएको छ।

बैठकले सात सदस्यीय सल्लाहकार समिति गठन गर्दै संस्थाको आचारसंहिता नीति, आर्थिक नीति, सदस्यता नीति, बैठक नीति तथा केही कार्ययोजना समेत पारित गरेको छ।

नव गठित सल्लाहकार समितिमा प्रमुख सल्लाहकारकाे रुपमा गैरआवासिय नेपाली संघ NRNA (NCC) मलेसियाका महासचिव बिष्णु प्रसाद बराल  तेसै गरि सल्लाहकार सदस्यहरुमा सचिव उमेश  महताे काेईरि सहित, प्रदीप बोहोरा (आकाश), रविन्द्र श्रेष्ठ, ओम श्रेष्ठ, मधु खड्का र विजय साह नियुक्त हुनु भएकाे छ।

कार्यक्रममा एनआरएनए मलेसियाका महासचिव विष्णु प्रसाद बराल, सचिव उमेश महत्वलगायतको उपस्थिति रहेको थियो। बैठक सञ्चालन गर्दै मलका राज्य समितिका सचिव मनोज दशौंदीले संस्थाका नीति र कार्ययोजनाहरू प्रस्तुत गर्नुभएको थियो।

सचिवद्वारा प्रस्तुत नीतिहरू र कार्ययोजनामा विस्तृत छलफल पश्चात सर्वसहमतिले पास गर्दै बैठकको समापन गरिएको थियो।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]