०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

रमेश पौडेल: मलेसियामा समाजसेवाको सुगन्ध फैलाउँदै गरेका एक समर्पित नेपाली

विशेष रिपोर्ट, मलेसिया
Logo
कृष्ण गुप्ता प्रकाशित शुक्रबार, साउन १७, २०८२

मलेसिया:=विदेशी भूमिमा उभिएको एउटा नाम हो — रमेश पौडेल। प्रवासको भौतिक व्यस्तता र मानसिक चुनौतीबीच पनि जसले नेपाली समुदायको लागि सदैव समर्पण देखाएका छन्, ती हुन् पौडेल। खोटाङको माटोबाट जन्मिएर मलेसियाको भूमिमा समर्पणको बाली रोपिरहेका रमेशजीको जीवनशैली नै समाजसेवामा अडिएको छ।
लामो समयदेखि मलेसियामा
दशकभन्दा बढी समयदेखि मलेसियामा कार्यरत पौडेलले प्रवासी जीवनका हरेक आरोह–अवरोहको नजिकबाट अनुभव गर्नुभएको छ। शून्यबाट सुरुवात गरी स्थायित्वको यात्रा तय गर्दै, उहाँले व्यक्तिगत प्रगति मात्रै होइन, समुदायकै उन्नतिको सपना बोकेर अनेकौं अभियानहरूमा होमिनु भयो।
समाजसेवा—उहाँको परिचय
पारिवारिक, आर्थिक र व्यावसायिक व्यस्तताबीच पनि रमेश प्रवासी नेपालीहरूका सुख-दुखका साझेदार बनेर उभिनुहुन्छ। दुर्घटनामा परेकालाई उद्धार, मृतकको शव नेपाल पठाउने सहयोग, अस्पताल र कानुनी प्रक्रियामा सहयोग, श्रमिक हक र अधिकारका लागि पैरवी, शिक्षा तथा आपतकालीन राहत सहयोग—उहाँको नाम यी सबै क्षेत्रमा अग्रपंक्तिमा पर्छ।
संस्थागत भूमिका
उहाँ गैर-आवासीय नेपाली संघ (NRNA) मलेसिया का एक प्रभावशाली सदस्य हुनुहुन्छ। संस्थामा रहेर कार्यकारी तहमा भूमिका निभाउँदै आउनुभएको छ। साथै, प्रवासी नेपाली मंच, नेपाली समाज मलेसिया, जस्ता विभिन्न सामाजिक संघसंस्थाहरूमा उहाँको उपस्थिति, सुझाव र सक्रियता प्रशंसनीय छ।
‘नेतृत्व होइन, सेवक बन्ने रहर’
नेता बन्ने रहर कहिल्यै थिएन, मलाई चाहिएको थियो सँगै हिँड्ने सहयात्री बन्ने अवसर,” उहाँ भन्नुहुन्छ। यही आत्माभावले गर्दा उहाँको बोलि भन्दा बढी कर्म बोलेको छ। उहाँ आफैंलाई “कार्यकर्ता” भन्दा बढी “सहयोगी” भन्न रुचाउनुहुन्छ।
चुनौतीबीचको विश्वास
प्रवासी भूमिमा न्याय पाउनु सजिलो छैन। कानुनी जटिलता, भाषिक अप्ठ्यारो, ठगिने डर—यी सबै कुराको बीचमा रमेश पौडेलले सयौं नेपालीहरूलाई न्याय दिलाउने प्रयास गर्नुभएको छ। कतिपय अवस्थामा उहाँले आफ्नै खर्चमा कानुनी सहयोग र आवास व्यवस्था समेत मिलाउनु भएको छ।
प्रेरणाको श्रोत
आज रमेश पौडेल मलेसियामा रहेका नेपालीहरूमाझ एक सच्चा समाजसेवी, नेतृत्व क्षमता भएका संयमी व्यक्ति, र संकटमा साथ दिने भरपर्दो साथीको रूपमा चिनिनुहुन्छ। उहाँ जस्ता समर्पित व्यक्तिहरू नै प्रवासमा नेपाली समुदायको असली मेरुदण्ड हुन्।
शिक्षा र सोच
रमेश पौडेलले नेपालमै उच्च माध्यमिक शिक्षासम्म अध्ययन गर्नुभएको थियो। विदेश जाँदा उहाँसँग डिग्री थिएन, तर थियो– सोच। र, यही सोचले गर्दा उहाँ डिग्री बिना डाक्टर जस्तो, पोस्ट बिना नेता जस्तो बनिरहनुभयो – जसको खाँचो समाजमा हरेक दिन पर्छ।
श्रमिकहरूको आवाज बन्ने प्रयास
मलेसियामा रहेका नेपाली श्रमिकहरू बारम्बार शोषणमा परेका घटनाहरूमा, उहाँ ‘एक्लो आवाज’ होइन, ‘सामूहिक प्रतिवाद’ को अगुवा बन्नुहुन्थ्यो। श्रमिकहरूलाई कानुनी सहायता दिलाउने, दूतावासमा दबाब दिने, कम्पनीहरूसँग वार्ता गर्ने – यी सबैमा उहाँको सक्रियता प्रशंसनीय रहँदै आएको छ।
धार्मिक, सांस्कृतिक काममा अग्रसरता
मलेसियामा हुने तीज, दसैँ, होली, माघे संक्रान्तिजस्ता चाडपर्वहरूको आयोजना गर्न उहाँले नेतृत्व गर्नुभएको छ। यी अवसरहरूमा उहाँले नेपाली संस्कृति प्रवासी पुस्तासम्म पुर्‍याउने गरी कार्यक्रमहरू सञ्चालन गर्नुभएको छ।
Problem Solver’ होइन, ‘Action Taker’
धेरैले समस्या देखेर टोलाउँछन्, रमेशजी भने समाधानमा दौडिन्छन्। कसैको अस्पतालको समस्या होस्, बिदामा रेस्टुने समस्यामा अलपत्र परेका नेपालीको केस होस्, वा कम्पनीले पासपोर्ट नदिएको जटिल केस होस् — उहाँ पहिलो फोन गर्न मिल्ने मान्छे हुनुहुन्छ।
मलेसियामा रमेश पौडेल भन्नासाथ— “हामी त उहाँकै सहयोगमा बाँच्यौं” भन्नेहरू थुप्रै
कसैले रोड एक्सिडेन्टपछि उपचार पायो, कसैले मृतक आफन्तको शव पठाउने खर्च जुटाउन सहयोग पायो, कसैले जेलमुक्ति पाए— यी सबै घटनामा रमेशजीको योगदान मौन तर अमूल्य थियो।
निष्कर्षमा: “रमेश पौडेल” एउटा नाम होइन, प्रवासी नेपाली समुदायको विश्वास हो।
जहाँ शब्द पुग्दैन, त्यहाँ कर्म बोल्छ। रमेशजीको कर्म अहिले मलेसियाली नेपालीहरूको जीवनशैलीमा, आशामा र आत्मविश्वासमा देखिन्छ। उहाँजस्ता व्यक्तिहरूले प्रवासलाई केवल गन्तव्य होइन, “सम्बन्ध र सहयोगको सेतु” बनाएका छन्।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]