०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको चौथो अधिवेशन अगस्ट ३, मा हुदै,नेपाली प्रतिनिधिमण्डल मलेसि पुग्याे

Logo
Manoj Dashaundi प्रकाशित शुक्रबार, साउन १७, २०८२

क्वालालम्पुर, मलेसिया – विश्व मूलवासी आदिवासी दिवस–२०२५ तथा नेपाल आदिवासी जनजाति महासङ्घ शाखा मलेसियाको चौथो राष्ट्रिय महाधिवेशनको अवसरमा नेपालबाट विशेष अतिथिहरूको प्रतिनिधिमण्डल मलेसिया आगमन गरेका छन्।

कोलालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल (KLIA) मा अतिथिहरूको आगमनका क्रममा विभिन्न जातीय संघ–संस्था, मलेसियामा क्रियाशील नेपाली समुदायका प्रतिनिधिहरू तथा नेपाली राजदूतावास, मलेसियाका पदाधिकारीहरूको सक्रिय सहभागितामा भव्य स्वागत कार्यक्रम सम्पन्न भएको छ।

स्वागतका क्रममा अतिथिहरूलाई परम्परागत सांस्कृतिक पहिरन, फूलमाला, खादा तथा आदिवासी शैलीअनुसार सम्मानपूर्वक स्वागत गरिएको थियो। मौलिक सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रमलाई आकर्षक बनाउनुका साथै उपस्थित सबैमा एकता, पहिचान र गर्वको भावना थप गहिरिएको देखिएको छ।

नेपालबाट आगमन भएका विशिष्ट अतिथिहरूको उपस्थितिले प्रवासी भूमिमा आयोजित चौथो राष्ट्रिय महाधिवेशनलाई थप गरिमामय तथा प्रेरणादायी बनाएको आयोजकले बताएका छन्। कार्यक्रममा आदिवासी जनजाति समुदायको हक–अधिकार, अस्तित्व र सांस्कृतिक पहिचानका विषयमा सशक्त आवाज उठाउने तयारी गरिएको छ।

महाधिवेशन सफल बनाउन विभिन्न जातीय संघ–संस्था, नेपाली समुदाय तथा स्वयंसेवकहरूको समर्पणशील भूमिकाप्रति आयोजक समितिले हार्दिक आभार व्यक्त गरेको छ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]