०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

एनआरएनए एसिया प्यासिफिक एक भएको सन्देश दिन सफल भयौ’

Logo
कृष्ण गुप्ता प्रकाशित बिहिबार, साउन १६, २०८२

गैरआवासिय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक क्षेत्रबाट एकताको सन्देश दिन पाउनु हामी सबैको गौरव हो । एसिया प्यासिफिक क्षेत्रका सबै राष्ट्रिय समन्वय परिषद् (एनसीसी) NCC हरूले सफलता साथ राष्ट्रिय महाधिवेशन सम्पन्न समयमै ( July 30th 2025 ) भित्रै AGM गरी नयाँ नेतृत्व चयन गरिसकिएको छ । यो उपलब्धिले हामीलाई अझ थप आत्मबल, एकता र साहसको प्रेरणा दिएको छ ।

एशिया प्यासिफिक क्षेत्रीय संयोजकको हैसियतमा यस्तो सन्देश दिन पाउँदा म आफै खुशी छु। यहा
व्यक्ति कहिलेकाहीं चुक्न सक्छ, तर संस्था सधैं शुद्ध र पवित्र रहन्छ । हाम्रो संस्था कुनै साधारण संरचना होइन—यो “श्रीमत भागवत गिता” जस्तै पवित्र, विधि विधानमा र हाम्रा
पूर्व, अग्रजहरूको योगदान र सपना बोकेको साझा सस्थाको एक
धरोहर हो ।

हाम्रो अभियानलाई धुमिल बनाउने तत्वहरुलाई विधि विधानको सन्देशको पाठ सिकाउँदै !
असल मनोभावले संस्थाको मर्म अनुसार अगाडि बढनु पर्छ र एकताको विकल्प हामी माझ अरु केही छैन । अग्रजहरूको सपना, संघर्ष र समर्पणले बनेको यो संस्था लाई विभाजनको होइन, एकताको प्रतीक हो भने आज हामीले एसिया ( Asia Pacific Region) प्यासिफिक क्षेत्रबाट स्पष्ट सन्देश दिएका छौं, हामी एक भयौं, एक छौं र एकै रहनु हाम्रो संकल्प हो। यस भावनाले हामी सबैलाई अझ मजबुत बनाओस् । एकताको यो प्रकाश सारा संसारमा फैलियोस् ।

जय एनआरएनए ।

हरि प्रसाद भट्टराई
Asia Pacific Region RC
एसिया प्यासिफिक क्षेत्रीय संयोजक

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]