०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

एनआरएनए एसिया प्यासिफिक एक भएको सन्देश दिन सफल भयौ’

Logo
कृष्ण गुप्ता प्रकाशित बिहिबार, साउन १६, २०८२

गैरआवासिय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक क्षेत्रबाट एकताको सन्देश दिन पाउनु हामी सबैको गौरव हो । एसिया प्यासिफिक क्षेत्रका सबै राष्ट्रिय समन्वय परिषद् (एनसीसी) NCC हरूले सफलता साथ राष्ट्रिय महाधिवेशन सम्पन्न समयमै ( July 30th 2025 ) भित्रै AGM गरी नयाँ नेतृत्व चयन गरिसकिएको छ । यो उपलब्धिले हामीलाई अझ थप आत्मबल, एकता र साहसको प्रेरणा दिएको छ ।

एशिया प्यासिफिक क्षेत्रीय संयोजकको हैसियतमा यस्तो सन्देश दिन पाउँदा म आफै खुशी छु। यहा
व्यक्ति कहिलेकाहीं चुक्न सक्छ, तर संस्था सधैं शुद्ध र पवित्र रहन्छ । हाम्रो संस्था कुनै साधारण संरचना होइन—यो “श्रीमत भागवत गिता” जस्तै पवित्र, विधि विधानमा र हाम्रा
पूर्व, अग्रजहरूको योगदान र सपना बोकेको साझा सस्थाको एक
धरोहर हो ।

हाम्रो अभियानलाई धुमिल बनाउने तत्वहरुलाई विधि विधानको सन्देशको पाठ सिकाउँदै !
असल मनोभावले संस्थाको मर्म अनुसार अगाडि बढनु पर्छ र एकताको विकल्प हामी माझ अरु केही छैन । अग्रजहरूको सपना, संघर्ष र समर्पणले बनेको यो संस्था लाई विभाजनको होइन, एकताको प्रतीक हो भने आज हामीले एसिया ( Asia Pacific Region) प्यासिफिक क्षेत्रबाट स्पष्ट सन्देश दिएका छौं, हामी एक भयौं, एक छौं र एकै रहनु हाम्रो संकल्प हो। यस भावनाले हामी सबैलाई अझ मजबुत बनाओस् । एकताको यो प्रकाश सारा संसारमा फैलियोस् ।

जय एनआरएनए ।

हरि प्रसाद भट्टराई
Asia Pacific Region RC
एसिया प्यासिफिक क्षेत्रीय संयोजक

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]