०७ माघ २०८२, मंगलबार
20-01-2026 , Tue
×

NRNA मलेसियाकाे नवौं अधिवेशनमा चर्चित कलाकारहरूकाे सहभागिता, सहित विशेष सांगितिक कार्यक्रम हुने

Logo
Manoj Dashaundi प्रकाशित शनिबार, साउन ११, २०८२

क्वालालम्पुर, मलेसिया । गैर आवासीय नेपाली संघ (NRNA) मलेसियाकाे नवौं अधिवेशन २०२५ भाेलि, २७ जुलाई २०२५ मा Hotel Grand Continental, Kuala Lumpur मा भव्य रूपमा सम्पन्न हुने भएकाे छ। अधिवेशन बिहान ९ बजेबाट साँझ ६ बजेसम्म सञ्चालन हुनेछ।

कार्यक्रममा चर्चित राष्ट्रिय गायक राजनराज सिवाकोटी सहित थुप्रै स्थानीय तथा राष्ट्रिय कलाकारहरूकाे विशेष सांगितिक प्रस्तुति रहनेछ। नेपाली समुदायमा लोकप्रिय रहेका सिवाकोटीका हिट गीतहरू कार्यक्रमकाे आकर्षण हुनेछन्।

साथै, स्थानीय कलाकारहरूमध्ये मोडल तथा डान्सर डेब,िड  घिमिरे ,डान्सर बर्षा राई, अभय बरबिस्वकर्मा , सन्जु सभा देवान, सपना तामाङ, चार्ली घिसिङ, सम्झना कुवर र एलिजा तामाङ को विशेष प्रस्तुति पनि कार्यक्रमको मुख्य आकर्षण बन्नेछ।

अधिवेशनको अवसरमा नेपाली कला, संस्कृति र एकता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएका यस्ता कार्यक्रमहरूले मलेसियामा रहेका नेपालीहरूबीच सहकार्य र सहभाव बढाउने अपेक्षा लिइएको छ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]