०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

NRNA मलेसियाकाे नवौं अधिवेशनमा चर्चित कलाकारहरूकाे सहभागिता, सहित विशेष सांगितिक कार्यक्रम हुने

Logo
Manoj Dashaundi प्रकाशित शनिबार, साउन ११, २०८२

क्वालालम्पुर, मलेसिया । गैर आवासीय नेपाली संघ (NRNA) मलेसियाकाे नवौं अधिवेशन २०२५ भाेलि, २७ जुलाई २०२५ मा Hotel Grand Continental, Kuala Lumpur मा भव्य रूपमा सम्पन्न हुने भएकाे छ। अधिवेशन बिहान ९ बजेबाट साँझ ६ बजेसम्म सञ्चालन हुनेछ।

कार्यक्रममा चर्चित राष्ट्रिय गायक राजनराज सिवाकोटी सहित थुप्रै स्थानीय तथा राष्ट्रिय कलाकारहरूकाे विशेष सांगितिक प्रस्तुति रहनेछ। नेपाली समुदायमा लोकप्रिय रहेका सिवाकोटीका हिट गीतहरू कार्यक्रमकाे आकर्षण हुनेछन्।

साथै, स्थानीय कलाकारहरूमध्ये मोडल तथा डान्सर डेब,िड  घिमिरे ,डान्सर बर्षा राई, अभय बरबिस्वकर्मा , सन्जु सभा देवान, सपना तामाङ, चार्ली घिसिङ, सम्झना कुवर र एलिजा तामाङ को विशेष प्रस्तुति पनि कार्यक्रमको मुख्य आकर्षण बन्नेछ।

अधिवेशनको अवसरमा नेपाली कला, संस्कृति र एकता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएका यस्ता कार्यक्रमहरूले मलेसियामा रहेका नेपालीहरूबीच सहकार्य र सहभाव बढाउने अपेक्षा लिइएको छ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]