२६ मंसिर २०८२, बिहिबार
11-12-2025 , Thu
×

म ‘विचलित हुनेछैन’ विद्या भण्डारीले भनिन् ‘राजनीतिमा आउन मलाई कसैले छेक्न सक्दैन’

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, साउन १०, २०८२

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई राजनीतिमा आउन कुनै पनि संविधानले छेक्न नसक्ने बताएकी छिन्। आज पत्रकार सम्मेलन गर्दै भण्डारीले आफूलाई पार्टी सदस्य र राजनीतिमा आउन नदिने नेकपा एमालेको निर्णयलाई अपरिपक्व भन्दै आफू दुखी भएको बताएकी छिन्।

पार्टी कार्यकर्ता भएरै देशको राष्ट्रपति भएको भन्दै फेरि पनि फर्किएर राजनीतिमार्फत देश र जनताको सेवा गर्ने अधिकार संविधानले नै सुनिश्चित गरेको पनि उनले बताइन्।

एमालेको यो निर्णयबाट आफू बिचलित नभएको भन्दै उनले एकतावद्ध हुन एमालेका कार्यकर्तालाई आग्रह पनि गरिन्।

‘जबजले अघि सारेको मर्मलाई रक्षा गर्ने संकल्प गर्दछु। आफ्नो निर्णयबाट म विचलित हुने छैन। त्यसैले म सम्पूर्ण पार्टी पंक्त्तिलाई यसका मूल्य मान्यता र आदर्शमा प्रतिवद्ध हुन आह्वान गर्दछु’ उनले भनिन्।

नेकपा एमालेले उनको सदस्यता नविकरण नगरेर राजनीतिमा आउन नदिएपछि यो उनको पहिलो पत्रकार सम्मेलन हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]