०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

स्वास्थ्य अवस्था गम्भीर भएपछि मलेसियाबाट एक नेपाली श्रमिकलाई नेपाली दूतावासद्वारा उद्धार

Logo
Manoj Dashaundi प्रकाशित बिहिबार, साउन ०९, २०८२

क्वालालम्पुर, मलेसिया । नेपाली दूतावास, क्वालालम्पुरले श्री ब्रिजेश कुमार यादवलाई मिति २०८२ साल साउन ९ गते (शुक्रवार) नेपाल एयरलाइन्सको नियमित उडानमार्फत स्वदेश फिर्ता गराएको छ।

दूतावासका अनुसार, सन् २०२३ मा रोजगारीका लागि मलेसिया आएका श्री यादव केही समयदेखि अवैधानिक रुपमा बस्दै आएका थिए। हाल उहाँको स्वास्थ्य अवस्था गम्भीर भएपछि दूतावासले आवश्यक प्रक्रिया पूरा गरी उद्धार प्रक्रिया अघि बढाएको हो।

आज दूतावासका अधिकारीहरूले क्वालालम्पुरस्थित अध्यागमन विभागबाट श्री यादवको ‘चेक आउट मेमो’ प्राप्त गर्न सहयोग गरेका थिए। उक्त कानुनी प्रकृया पूरा भएपछि उहाँलाई नेपाल फर्काउन सहज भएको दूतावासले जनाएको छ।

स्वास्थ्य अवस्था कमजोर रहेका यादवलाई स्वदेश फर्काउन सहजीकरण गर्नु दूतावासको मानवीय पहल अन्तर्गत गरिएको हो। दूतावासले श्री यादवको सुस्वास्थ्य र परिवारसँगको सुखद पुनर्मिलनको शुभकामना व्यक्त गरेको छ।

नेपाली दूतावास मलेसियाले यसरी अलपत्र परेका श्रमिकहरूको उद्धार तथा सहयोग कार्यलाई निरन्तरता दिँदै आएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]