०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

स्वास्थ्य अवस्था गम्भीर भएपछि मलेसियाबाट एक नेपाली श्रमिकलाई नेपाली दूतावासद्वारा उद्धार

Logo
Manoj Dashaundi प्रकाशित बिहिबार, साउन ०९, २०८२

क्वालालम्पुर, मलेसिया । नेपाली दूतावास, क्वालालम्पुरले श्री ब्रिजेश कुमार यादवलाई मिति २०८२ साल साउन ९ गते (शुक्रवार) नेपाल एयरलाइन्सको नियमित उडानमार्फत स्वदेश फिर्ता गराएको छ।

दूतावासका अनुसार, सन् २०२३ मा रोजगारीका लागि मलेसिया आएका श्री यादव केही समयदेखि अवैधानिक रुपमा बस्दै आएका थिए। हाल उहाँको स्वास्थ्य अवस्था गम्भीर भएपछि दूतावासले आवश्यक प्रक्रिया पूरा गरी उद्धार प्रक्रिया अघि बढाएको हो।

आज दूतावासका अधिकारीहरूले क्वालालम्पुरस्थित अध्यागमन विभागबाट श्री यादवको ‘चेक आउट मेमो’ प्राप्त गर्न सहयोग गरेका थिए। उक्त कानुनी प्रकृया पूरा भएपछि उहाँलाई नेपाल फर्काउन सहज भएको दूतावासले जनाएको छ।

स्वास्थ्य अवस्था कमजोर रहेका यादवलाई स्वदेश फर्काउन सहजीकरण गर्नु दूतावासको मानवीय पहल अन्तर्गत गरिएको हो। दूतावासले श्री यादवको सुस्वास्थ्य र परिवारसँगको सुखद पुनर्मिलनको शुभकामना व्यक्त गरेको छ।

नेपाली दूतावास मलेसियाले यसरी अलपत्र परेका श्रमिकहरूको उद्धार तथा सहयोग कार्यलाई निरन्तरता दिँदै आएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]