२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

आज राइजिङ नेपाल समिटमा सम्बोधन गर्दै विद्या भण्डारी, देखि प्रचण्ड सम्मका नेताले

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, साउन ०९, २०८२

आज राइजिङ नेपाल समिटमा सम्बोधन गर्दै विद्या भण्डारी, प्रचण्ड
नेपालखबरको १०औँ वार्षिकोत्सवको अवसरमा आज ‘राइजिङ नेपाल समिट-२०२५’ हुँदै छ।

समिटको पहिलो संस्करणमा ‘लगानीको ढोका खोल्दै, समृद्धिको बाटो बनाउँदै’ भन्ने मूल विषयमा केन्द्रित रहेर सार्वजनिक तथा निजी क्षेत्रका प्रमुख सरोकारवालाहरूबीच नेपालको आर्थिक सम्भावना, लगानीको प्रवाहमा रहेका चुनौती तथा दिगो विकासका लागि साझा दृष्टिकोण निर्माणबारे बहस गरिनेछ।

काठमाडौँको सोल्टी होटलमा हुने समिटको पहिलो चरणमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विशेष सम्बोधन गर्ने कार्यक्रम छ।

साथै प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार तथा अर्थशास्त्री डा युवराज खतिवडा र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा उद्योगपति चन्द्रप्रसाद ढकालले मन्तव्य राख्नेछन्।

ग्लोबल आईएमई बैंकको मुख्य प्रायोजन रहेको समिटमा आन्तरिक लगानी र प्रत्यक्ष वैदेशिक लगानीका विषयमा गरी दुईवटा सत्र रहनेछन्।

आन्तरिक लगानीसम्बन्धी पहिलो सत्रमा देशका विभिन्न क्षेत्रमा स्वदेशी पुँजीको परिचालनको प्रवृत्ति र सम्भावनाहरूमा छलफल हुनेछ।

यस छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, निम्बसका प्रबन्ध निर्देशक आनन्द बगरिया, होटल मेची क्राउनकी उपप्रबन्ध-निर्देशक अश्लेषा कार्की तथा उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीसँग नेपालखबरका कन्सल्टिङ एडिटर कुबेर चालिसेले आउने निर्वाचन वर्ष २०८४ सम्ममा लगानी र रोजगारीलाई दोब्बर बनाउने सम्भावनाका बारेमा छलफल गर्नेछन्।

यस्तै, प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी दोस्रो सत्रमा नेपाललाई अन्तर्राष्ट्रिय लगानीकर्ताहरूका लागि आकर्षक गन्तव्यका रूपमा कसरी प्रस्तुत गर्न सकिन्छ भन्नेबारे बहस हुनेछ। यस सत्रमा नेपाल–भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका उपाध्यक्ष रवि कुमार रायवरम, दराज नेपालकी प्रबन्ध निर्देशक आँचल कुँवर, अध्यन्त फन्ड म्यानेजमेन्टका अध्यक्ष मनोज पौडेल तथा उद्योग मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतसँग चार्टर्ड एकाउन्टेन्ट शेषमणि दाहालले नेपालमा आगामी वर्षमा कसरी वैदेशिक लगानी दोब्बर बनाउन सकिन्छ भन्ने बारेमा छलफल गर्नेछन्।

अन्त्यमा, समिटको आकर्षण रहेको छ ‘नेपालखबर संवाद’, जसमा ‘मिसन २०८४ः दोब्बर लगानी,, दोब्बर रोगारी’ मूल विषयमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वमन्त्री डा मीनेन्द्र रिजालबीच प्रत्यक्ष संवाद हुनेछ।

एक घण्टा लामो यो सत्रमा पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’ र पूर्वमन्त्री रिजालबीच नेपालको अर्थराजनीति, भूअर्थनीति र लगानी वातावरणबारे खुला संवाद हुनेछ।

नेपालखबरको वार्षिक प्रमुख सम्मेलनको रूपमा रहेको ‘राइजिङ नेपाल समिट’ले नीति निर्माता, निजी क्षेत्रका लगानीकर्ता र विकास साझेदारहरूबीच विश्वास, संवाद, र रणनीतिक सहकार्य प्रवर्धन गर्न प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

नेपालखबर र यसका सामाजिक सञ्जाल प्लाटफर्महरूमा समिटको प्रत्यक्ष प्रसारण गरिनेछ। बताईएकाे छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]