२१ मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

NRNA मलेसियाको महासचिव पदमा विष्णु प्रसाद बरालको उम्मेदवारी घोषणा

Logo
Manoj Dashaundi प्रकाशित बिहिबार, साउन ०९, २०८२

क्वालालम्पुर, गैरआवासीय नेपाली संघ (NRNA) मलेसियाको आगामी नवौं अधिवेशन (जुलाई २७, २०२५) नजिकिँदै गर्दा, महासचिव पदका लागि विष्णु प्रसाद बरालले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै बरालले लेखेका छन्, “मलेसियाको महासचिव पदमा उम्मेदवारी दिएको जानकारी गराउन चाहन्छु। अवस्था जस्तो आए पनि नेतृत्व लिन तयारी छ। धन्यवाद  भन्दै नेतृत्वको लागि तयार रहेको संकेत दिएका छन्।

पहिले सचिव, अहिले कार्यबाहक महासचिव

विष्णु प्रसाद बराल यसअघि NRNA मलेसियाका सचिवका रूपमा कार्यरत थिए। पछिल्लो समय संघ दुई धारमा विभाजित भएपछि हालका अध्यक्ष राकेश प्रसाद महतो नेतृत्वको पक्षले उनलाई कार्यबाहक महासचिवको जिम्मेवारी सुम्पिएको हो।

संघको आन्तरिक राजनीति र तयारीबीच बरालले पुनः महासचिव पदमा उम्मेदवारी दिएर आफ्नो सक्रिय भूमिका पुष्टि गरेका छन्। हाल अध्यक्ष र महासचिवबीच कार्यगत तालमेल देखिन थालेको संकेत यसबाट पनि देखिएको छ।

अधिवेशनको मिति तय

NRNA मलेसियाको नवौं अधिवेशन यही *जुलाई २७, २०२५ (आइतबार)*का दिन Hotel Grand Continental, Kuala Lumpur मा हुने तय भएको छ। अधिवेशनको प्रमुख एजेन्डा नयाँ नेतृत्व चयन, आर्थिक प्रतिवेदन, भावी कार्ययोजना र सांस्कृतिक कार्यक्रमहरू रहनेछ।

यसै अधिवेशनमा बरालको उम्मेदवारी निर्णायक बन्ने आकलन गरिएको छ।

 

भविष्यको नेतृत्वको लक्षण

संघभित्रको भिन्न मत र समिकरणबीच विष्णु बरालजस्ता नेतृत्व क्षमता भएका उम्मेदवारको उपस्थिति संघको आगामी भविष्यलाई नयाँ दिशातर्फ लैजान सक्ने आशा गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]