२६ मंसिर २०८२, बिहिबार
11-12-2025 , Thu
×

पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी राजनीतिमा आउन एमालेकाे निषेध

Logo
HeroNepal-tv प्रकाशित बुधबार, साउन ०८, २०८२

एमाले केन्द्रीय कमिटीको नवौँ बैठकले पूर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यता कायम नराखिने निर्णय गर्दै उनलाई पार्टीको राजनीतिमा आउन नदिने निर्णय गरेको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा नफर्कन आग्रह गर्ने प्रस्ताव पार्टी बैठकमा गरेपछि सहभागीहरूले त्यसलाई समर्थन गरेको भन्दै सदस्यता कायम नरहने निर्णय गरिएको हो।

मंगलबार मात्रै विद्या भण्डारीले आफू माझ किरातकी छोरी भएको घोषणा गरी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई काउन्टर दिएका बेला एमाले केन्द्रीय कमिटीको बैठकबाट यस्तो निर्णय गराइएको हो। पार्टी सदस्यता नै नरहने निर्णय गराएपछि पार्टी काममा सहभागी हुन अवरोध उत्पन्न भएको छ।

अध्यक्ष ओलीले भण्डारीलाई राजनीतिमा नफर्कन पार्टीले आग्रह गर्ने निर्णय सुनाएका थिए। उनले भने, ‘पूर्वराष्ट्रपति राजनीतिमा आउन हुँदैन, मिल्दैन।

’यसपछि बैठकमा केन्द्रीय सदस्यहरूले ताली बजाएका थिए। यो निर्णयमा पार्टीका उपाध्यक्ष युवराज्ञी ज्ञावाली, सुरेन्द्र पाण्डे, कर्ण थापाले असहमति प्रकट गरेका छन्। उनीहरुले नोट अफ डिसेण्ट लेखेको भएपनि ओली स्वीकार गरेका छैनन्।

दुई दिनसम्म चलेको एमालेको नवौँ केन्द्रीय कमिटी बैठकमा १ सय ८० जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेपछि आयोगका अध्यक्षहरूले धारणा राखेका थिए।

उनीहरूले बोलिसकेपछि प्रतिवेदन प्रस्तुत गर्ने नेताहरूले उनीहरूका प्रतिवेदन माथि उठेका प्रश्नहरूको जवाफ दिएका थिए।

आयोगका अध्यक्षहरूलाई बोल्नको लागि ७ मिनेटको समय दिइएको थियो। तीन वटा आयोगका अध्यक्षहरूले आफ्नो धारणा राखेपछि नेताहरूले बैठकमा उठेका प्रश्नको जवाफ दिएका थिए।

केन्द्रीय कमिटी बैठकमा विधान संशोधनको सवालमा २ सय ६४ वटा सवाल सङ्कलन गरिएको थियो। सोमबार र मंगलबारको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले एमालेको ध्यान मिसन २०८४ मा जानु पर्ने बताएका थिए।

त्यसको लागि केपी ओलीको नेतृत्वमा पार्टीलाई अघि बढाउनु पर्ने धारणा अधिकांश नेताहरूको राखेका थिए।

अध्यक्ष ओलीले जवाफ दिनुअघि स्थायी कमिटी सदस्य कर्ण थापाले नोट अफ डिसेण्टका रुपमा केही धारणा राख्न खोजेपछि उनलाई बोल्न दिइएको थिएन।

उता केन्द्रीय कमिटीको बैठक चलिरहेका बेला भंगलमा पूर्व राष्ट्रपति विद्या भण्डारीले आफ अघि बढ्ने खुट्टा नकमाउने बताइरहेकी थिइन्।

आफ्ना निवासमा केही पत्रकारहरूसँग कुराकानी गर्दै उनले आफूले खुट्टा नकमाई अघि बढ्ने जानकारी दिएको समेत बताएकी थिइन।

तर, केन्द्रीय कमिटीको बैठकमा विद्या भण्डारीले पार्टीको नेतृत्व लिनुपर्छ भनेर कोही पनि केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिएनन्।

उनीहरुले ७० वर्षे उमेर हद कायम हुनुपर्छ भनेर मात्रै बोलेका थिए। बैठकमा प्रस्तुत प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफलमा भाग दिदैं कोशी, बाग्मती, मधेस, लुम्बिनी, गण्डकी र कर्णालीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूले मिसन ८४ सफल बनाउनका लागि एकताबद्ध एमालेको विकल्प भएको बताएका थिए।

पार्टी मुख्यालय च्यासलमा जारी बैठकको दोस्रो दिन आफ्ना धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यहरूले पछिल्लो समय पार्टी भित्र देखिएको विवादले आगामी निर्वाचनमा सफल नहुने निचोड निकाल्दै सिङ्गो पार्टीलाई एकताबद्ध बनाउन जोड दिएका छन्।

सबै प्रदेशका जिल्लाबाट प्रतिनिधित्व गर्ने अधिकांश केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्दै ‘समृद्ध नेपाल सुखी नेपाली’ को दीर्घकालीन लक्ष्य प्राप्तिका लागि एकालेको एकल बहुमत आवश्यक पर्ने र त्यसका लागि मिसन ८४ उत्तम मौका भएकाले पार्टी आन्तरिक किचलोमा फस्न नहुने तर्क गरेका छन्।

पार्टी नेतृत्व रक्षाका लागि एकताबद्ध देखिएको कर्णालीले केही दिनयता पार्टीका पूर्व उपाध्यक्ष तथा पुर्वराष्ट्रपति पार्टी काममा फर्कने विषयलाई लिएर सामाजिक सञ्जाल मार्फत आम नागरिकमा भ्रम छर्ने काम भइरहेको उल्लेख गर्दै उक्त विवाद समाधानको लागि नेतृत्व लिन पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए।

बैठकमा सहभागी एक नेताका अनुसार केन्द्रीय सदस्यहरू किशोर अधिकारी, जीवन घिमिरे, राजेन्द्र राई, आशारत्न जवेगु दिपक कार्की, रामलाल साह, युवराज बास्कोटाले आफ्ना भनाइहरू राखेका थिए।

यसैगरी इन्द्र भण्डारी, नैनकला ओझा, यज्ञराज सुनुवार, तुलसी नेउपाने, भगवती चौधरी, मञ्जु भण्डारी, राम राना, टंक आङ्बोहाङ र प्रदेश अध्यक्ष घनश्याम खतिवडाले आफ्ना धारणा राखेका थिए।

बैठकमा केन्द्रीय सदस्य युवराज बाँस्कोटाले भूगोलको जिम्मेवारी लिएका कतिपय केन्द्रीय सदस्य लामो समय काठमाडौंमा बिताउने गरेको स्थानीय तहमा जनसम्पर्क कमजोर भएको बताएका थिए।

उनले पार्टीलाई पठाएका जनप्रतिनिधि निजामतीका हाकिम जस्तो चरित्र बोक्न थालेकोले तिनीहरूको आचरण सुधारमा पार्टीले ठोस नीति लिन माग गरेका थिए।

बास्कोटाले एमालेलाई राष्ट्रिय शक्ति बनाउने उद्घोष गरे पनि एकले अर्कोलाई निषेधको संस्कार पार्टीमा मौलाउँदै गएकोले मिसन ०८४ मा समस्या ल्याउने तर्फ नेतृत्वले बेलैमा सचेत हुनुपर्ने उल्लेख गरेका थिए।

अर्का केन्द्रीय सदस्य जीवन घिमिरेले राष्ट्रप्रमुख भइसकेको व्यक्ति राजनीतितिर फर्कनु गल्ती हुने बताएका थिए।

पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतममा अनुसार पार्टीको सचिवालय र पोलिटब्युरो बैठकले पारित गरेर केन्द्रीय कमिटीमा पठाएको विधान संशोधन सम्बन्धी प्रस्तावमा छलफल भएको थियो।

बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार भएको भेटघाट, समसामयीक राजनीतिक विषयवस्तु र सकारको एक वर्षे कार्यकालको उपलब्धि बारे बैठकलाई जानकारी गराएका थिए।

यसैगरी उपाध्यक्ष विष्णु पौडेलले सचिवालय र पोलिटव्यूरोबाट पारित भएको विधान संशोधन सम्बन्धी प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए।

महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेश गर्दै पार्टीमा २८ प्रतिशत सदस्य वृद्धि भएको जानकारी दिएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]