सुमन विश्वकर्माकाे बिचार , यतिबेला गैर आवासीय संघ मलेसियाको ९ औं अधिवेशन को तयारीमा जुटेको छन् तर संघ भित्र को विवाद छताछुल्ल भएको छ अझ भनौं दिनप्रतिदिन निशेध को राजनीति र घेराबन्दी भइ रहेको छ। 
विवाद ८ औं महाधिवेशन बाट नै सुरु भएको थियो आठौं महाधिवेशन बाट अध्यक्षमा विनोद थापा र राकेश प्रसाद महतो आधा आधा कार्यकाल नेतृत्व गर्ने सहमति भएको थियो। 
सहमति अनुसार पहिलो कार्यकाल बिनोद थापा र दोस्रो कार्यालय राकेश प्रसाद महतो ले अध्यक्ष पाउनुपर्ने थियो तर त्यसो भएन बिनोद थापाको पहिलो कार्यकाल समाप्त पछि महतो को कार्यकाल सुरु हुनुपर्नेमा विवाद सुरु भयो संघ दुई पक्षमा बिभाजन तर्फ उन्मुख हुदै गयो। 
थापा पक्षले महतो लाई अध्यक्ष स्वीकार गर्न चाहेन भने अर्को पक्षले भने सहमति अनुसार महतो लाई अध्यक्ष मानेर निरन्तर अघि बढे। 
गैर आवासीय नेपाली संघ मलेसिय भित्र विवादित रहेता पनि महतो कै उपस्थिति मा क्षेत्रीय समिति जोहोर को पाचौं अधिवेशन सम्पन्न भयो भने मलका राज्य समिति समेत गठन भयो यो प्रक्रियामा पनि अर्को पक्षले महतो लाई असहयोग गरेको भनेर संघका केही ब्यक्ति हरुले बताएका छन्। 
यस् अघि जुलाई २७ तारीख अधिवेशन मिति तोकिएको थियो अधिवेशन मिति तोकेपछी दुई पक्षको अलगअलग सुचना हरु प्रकाशित भएको थियो। 
विवाद लाई टुङ्याएर एकताको महाधिवेशन गर्ने भनेर गत जुलाई २० तारीख एकताको निम्ति बृहत छलफल भनेर दुई पक्षीय छलफल भएको थियो उक्त छलफल बाट अधिवेशन को नयाँ मिति तोकेको थियो नयाँ मिति अनुसार अगस्ट ३०-३१ मा एकताको अधिवेशन गर्ने सहमति भएको थियो उक्त निर्णय को चौतर्फी बिरोध भए सगै संघ ले २१ तारीख सोमबार एक विज्ञप्ति जारी गर्दै विधान अनुसार जुलाई भित्रै अधिवेशन सक्नु पर्ने बताएको थियो। 
विधान अनुसार प्रत्येक राष्ट्रिय समन्वय परिषद को राष्ट्रिय महाधिवेशन अन्तर्राष्ट्रिय महाधिवेशन आयोजना हुने वर्षको जुलाई महिना को १ देखि ३१ तारीख भित्र अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने व्यवस्था रहेको छ। 
विधान अनुसार २० तारीख को निर्णय लाई खारेज गर्दै तोकेकै मिति जुलाई २७ मा सम्पन्न गर्ने भएको छ।

प्रश्न
१,बिधान भित्रै रहेर अधिवेशन गर्ने तयारी हुँदै गर्दा संघ भित्रै बाट असन्तुष्टि किन?
२, गैर आवासीय नेपाली संघ मलेसिया केही निश्चित ब्यक्ति हरु को मात्रै संस्था हो?
३, सुरु बाट को विवाद लाई नियाल्दा केही ब्यक्ति हरु वर्तमान अध्यक्ष महतो सँग असन्तुष्टि देखिन्छ महतो पहाडी अथवा राजनीति दल नमिलेर हो? 
अन्ततः
गैर आवासीय नेपाली संघ निर्माण गरौँ कुनै निश्चित ब्यक्ति हरुको स्वार्थ पुरा गर्ने थलो नबनाउँ ब्यक्ति को स्वार्थ र महत्वाकांक्षी ले गर्दा संस्था लाई विभाजन तर्फ उन्मुख नगरौ निश्चित ब्यक्ति र पार्टी लाई खुशी बनाउन हैन श्रमिक को हित हकको निम्ति संघ निर्माण गरौँ। 