२२ जेठ २०८३, शुक्रबार
05-06-2026 , Fri
×

समन्वय परिषद को राष्ट्रिय महाधिवेशन अन्तर्राष्ट्रिय महाधिवेशन आयोजना

प्रसंग गैर आवासीय नेपाली संघ मलेसिया
Logo
सुमन विश्वकर्मा प्रकाशित बुधबार, साउन ०८, २०८२

सुमन विश्वकर्माकाे  बिचार , यतिबेला गैर आवासीय संघ मलेसियाको ९ औं अधिवेशन को तयारीमा जुटेको छन् तर संघ भित्र को विवाद छताछुल्ल भएको छ अझ भनौं दिनप्रतिदिन निशेध को राजनीति र घेराबन्दी भइ रहेको छ। 
विवाद ८ औं महाधिवेशन बाट नै सुरु भएको थियो आठौं महाधिवेशन बाट अध्यक्षमा विनोद थापा र राकेश प्रसाद महतो आधा आधा कार्यकाल नेतृत्व गर्ने सहमति भएको थियो। 
सहमति अनुसार पहिलो कार्यकाल बिनोद थापा र दोस्रो कार्यालय राकेश प्रसाद महतो ले अध्यक्ष पाउनुपर्ने थियो तर त्यसो भएन बिनोद थापाको पहिलो कार्यकाल समाप्त पछि महतो को कार्यकाल सुरु हुनुपर्नेमा विवाद सुरु भयो संघ दुई पक्षमा बिभाजन तर्फ उन्मुख हुदै गयो। 
थापा पक्षले महतो लाई अध्यक्ष स्वीकार गर्न चाहेन भने अर्को पक्षले भने सहमति अनुसार महतो लाई अध्यक्ष मानेर निरन्तर अघि बढे।

गैर आवासीय नेपाली संघ मलेसिय भित्र विवादित रहेता पनि महतो कै उपस्थिति मा क्षेत्रीय समिति जोहोर को पाचौं अधिवेशन सम्पन्न भयो भने मलका राज्य समिति समेत गठन भयो यो प्रक्रियामा पनि अर्को पक्षले महतो लाई असहयोग गरेको भनेर संघका केही ब्यक्ति हरुले बताएका छन्।

यस् अघि जुलाई २७ तारीख अधिवेशन मिति तोकिएको थियो अधिवेशन मिति तोकेपछी दुई पक्षको अलगअलग सुचना हरु प्रकाशित भएको थियो।

विवाद लाई टुङ्याएर एकताको महाधिवेशन गर्ने भनेर गत जुलाई २० तारीख एकताको निम्ति बृहत छलफल भनेर दुई पक्षीय छलफल भएको थियो उक्त छलफल बाट अधिवेशन को नयाँ मिति तोकेको थियो नयाँ मिति अनुसार अगस्ट ३०-३१ मा एकताको अधिवेशन गर्ने सहमति भएको थियो उक्त निर्णय को चौतर्फी बिरोध भए सगै संघ ले २१ तारीख सोमबार एक विज्ञप्ति जारी गर्दै विधान अनुसार जुलाई भित्रै अधिवेशन सक्नु पर्ने बताएको थियो। 
विधान अनुसार प्रत्येक राष्ट्रिय समन्वय परिषद को राष्ट्रिय महाधिवेशन अन्तर्राष्ट्रिय महाधिवेशन आयोजना हुने वर्षको जुलाई महिना को १ देखि ३१ तारीख भित्र अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने व्यवस्था रहेको छ। 

विधान अनुसार २० तारीख को निर्णय लाई खारेज गर्दै तोकेकै मिति जुलाई २७ मा सम्पन्न गर्ने भएको छ। 

प्रश्न
१,बिधान भित्रै रहेर अधिवेशन गर्ने तयारी हुँदै गर्दा संघ भित्रै बाट असन्तुष्टि किन?
२, गैर आवासीय नेपाली संघ मलेसिया केही निश्चित ब्यक्ति हरु को मात्रै संस्था हो?
३, सुरु बाट को विवाद लाई नियाल्दा केही ब्यक्ति हरु वर्तमान अध्यक्ष महतो सँग असन्तुष्टि देखिन्छ महतो पहाडी अथवा राजनीति दल नमिलेर हो? 

अन्ततः
गैर आवासीय नेपाली संघ निर्माण गरौँ कुनै निश्चित ब्यक्ति हरुको स्वार्थ पुरा गर्ने थलो नबनाउँ ब्यक्ति को स्वार्थ र महत्वाकांक्षी ले गर्दा संस्था लाई विभाजन तर्फ उन्मुख नगरौ निश्चित ब्यक्ति र पार्टी लाई खुशी बनाउन हैन श्रमिक को हित हकको निम्ति संघ निर्माण गरौँ। 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

गएराति महोत्तरीको सोनमा गाउँपालिका-३ खखना निवासी राम विश्वास यादवको घरमा आएका डाकाहरूले चलाएको गोली लागेर यादवका छोरीज्वाइँ गम्भीर घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी पञ्चलाल गोलेका अनुसार ५/६ जनाको समूहका डाँकाले गोली प्रहार गर्दा रामविश्वासका ज्वाईं २७ वर्षीय ईश्वर यादव र छोरी २२ वर्षीया किरण यादव घाइते भएका छन्। गोली लागेर गम्भीर […]

दैलेख — दैलेखमा बाबुले खुर्पा (हँसिया) प्रहार गरेर आफ्नै छोराको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार नारायण नगरपालिका–९ सालखर्क निवासी ७१ वर्षीय कम्बिराज थापाले मदिरा सेवनपछि भएको सामान्य विवादका क्रममा आफ्ना ४६ वर्षीय छोरा यादव थापामाथि खुर्पा प्रहार गरेका हुन्। गएराति करिब ११ बजेतिर भएको उक्त घटनामा गम्भीर घाइते भएका यादव थापालाई उपचारका […]

मलेसिया : मलेसियामा आयोजित “स्व. जीवन स्मृति दोस्रो सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता–२०२६” भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ । प्रतियोगितामा मलेसियाका नेपालीहरुकाे विभिन्न १६ टोलीहरूको सहभागिता रहेको थियो । प्रतियोगिताको उपाधि आँधीखोला भलिबल क्लब स्याङ्जा, नेपालले जित्न सफल भएको छ भने नवदुर्गा युवा क्लब जोहोर–बातु पाहाट उपविजेतामा सीमित बनेको छ । प्रतियोगितामा प्रथम हुने […]