०५ साउन २०८३, मंगलबार
21-07-2026 , Tue
×

एनआरएनए मलेसियाको अधिवेशन तोकिएको मिति जुलाई २७ मै सम्पन्न हुने

Logo
krishna Gupta प्रकाशित मंगलबार, साउन ०७, २०८२

मलेसिया | गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद (एनसीसी) मलेसियाले आगामी अधिवेशन ‘एकताको अधिवेशन’को रूपमा सम्पन्न गर्ने निर्णय गरेको छ। कार्यसमिति बाहिर रहेका अग्रज, पूर्वअध्यक्ष तथा सल्लाहकारहरूको सक्रिय पहलमा गरिएको एकताको प्रयासप्रति संघले आभार व्यक्त गरेको छ।

संघका अध्यक्ष राकेश महत्तोका अनुसार, सबैलाई समेटेर सहमतिको आधारमा अघि बढ्नुपर्ने आवश्यकता महसुस गर्दै अधिवेशनलाई साझा सहभागितामूलक बनाउने पहल गरिएको हो। यसअघि जुलाई २७, २०२५ मा अधिवेशनको मिति तोकिएको भए पनि, एकताको बैठकमा उक्त मिति सारेर अगष्ट ३० र ३१ तय गरिएको थियो। तर प्राविधिक कारणवश पुनः मिति जुलाई २७ मै समायोजन गर्नुपर्ने अवस्था आएको बताइएको छ।

केन्द्रीय विधानअनुसार राष्ट्रका सबै एनसीसीहरूले जुलाई महिनाभित्र अधिवेशन सम्पन्न गर्नुपर्ने प्रावधान रहेकाले, सोही अनुसार मिति भित्रै अधिवेशन सम्पन्न गर्न संघ बाध्य भएको छ। यस सन्दर्भमा निर्वाचनको कार्यतालिका चाँडै सार्वजनिक गरिने जनाइएको छ।

एनआरएनए मलेसियाको आफ्नै छुट्टै सदस्यता पोर्टल नभएकाले, सदस्यता नविकरणका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) अन्तर्गत रहेको MIS प्रणालीलाई मान्यता दिइएको छ।

महत्तोले विधानको पालना गर्दै अधिवेशनलाई सफल र ऐतिहासिक बनाउन सम्पूर्ण सदस्यहरू, शुभेच्छुकहरू तथा सरोकारवालाहरूलाई सहकार्य र सहभागिताका लागि आग्रह गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलेसिया : जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको प्रथम अधिवेशन–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि किराँत याक्थुङ चुम्लुङ नेपाल, कोशी प्रदेशका संघीय उपाध्यक्ष निरन्ति तुम्बापाे रहनुभएको थियो। उहाँले सम्बोधन गर्दै प्रवासमा रहेका याक्थुङ (लिम्बू) समुदायबीच संगठनात्मक एकता, भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनका लागि सबै […]

मलेसिया – किराँत याक्थुङ चुम्लुङ (केवाईसी) जोहोर, मलेसियाले आफ्नो प्रथम अधिवेशन–२०२६ आयोजना गर्ने भएको छ। संस्थाका अनुसार “भाषा बाँचे संस्कृति बाँच्छ, संस्कृति बाँचे माटो बोल्छ” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त कार्यक्रममा विदेशमा रहेर पनि आफ्नो कार्यव्यस्तताका बाबजुद लिम्बू समुदायको भाषा, कला, संस्कृति र पहिचान संरक्षणमा संगीत क्षेत्रमार्फत योगदान पुर्‍याउने कलाकारहरूलाई सम्मान गरिनेछ। […]

क्वालालम्पुर, मलेसिया – मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकहरूले नेपाली राजदूतावासले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्ने मात्र नभई कम्पनीहरूमा प्रत्यक्ष पुगेर श्रमिकहरूको वास्तविक अवस्था बुझ्नुपर्ने आवश्यकता औंल्याएका छन्। मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकले अझै पनि आफ्नो राहदानी (पासपोर्ट) आफूसँग नरहेको बताएका छन्। श्रमिकहरूका अनुसार केही कम्पनीहरूले कामदारले कुनै कामका लागि पासपोर्ट माग्दा RM २,००० देखि RM […]