२१ मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको अधिवेशन ३० र ३१ अगष्ट, मा

Logo
HeroNepal-tv प्रकाशित सोमबार, साउन ०६, २०८२

मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको अधिवेशन ३० र ३१ अगष्ट, २०२५ मा गर्न सर्वसम्मत सहमति जुटेको छ ।

शनिबार क्वालालम्पुरस्थित होटल ग्रान्ड कन्टिनेन्टलमा आयोजित ‘एकताको निम्ति बृहत् भेला’ छलफल कार्यक्रममा एकताको अधिवेशन गर्न सहमति जुटेको हो। मलेसियामा रहेका विभिन्न संघसंस्था, गैर आवासीय नेपाली संघ मलेसियाका संरक्षक, पूर्व अध्यक्ष, पदाधिकारी तथा विभिन्न संघ संगठन , पत्रकारहरुको सहमतिमा मिति तय गरिएको हो ।

उक्त सहमतिपछि एनआरएनए मलेसियामा देखिएको विवाद अन्त्य भएको र संस्था अब एकजुट भएको एनआरएन मलेसियाका पुर्व अध्यक्ष खगेन्द्र न्यौपानेले बताए । सर्वसम्मत गरिएको सहमति अनुसार ३०–३१ अगष्ट, २०२५ मा अधिवेशन हुने, २१ जुलाईदेखि लागु हुने गरी दुई हप्ताभित्र नयाँ सदस्यता वितरण तथा नवीकरण गरि सक्नु पर्ने र सदस्यता शुल्क २० रिङ्गेट प्रतिव्यक्ति तोकिएको छ ।

‘एकताको निम्ति बृहत भेला’ लाई सम्बोधन गर्दै एनआरएनए मलेसियाका पुर्व अध्यक्ष खगेन्द्र न्यौपानेले संस्था फुट्न नदिई सबैलाई समेटेर एकीकृत रूपमा अधिवेशन गर्नुपर्ने बताए । मलेसियाले विश्वभरका एनआरएनएलाई सकारात्मक सन्देश दिएको उनले बताए ।

उनले केन्द्रमा जेसुकै विवाद रहे पनि मलेसियामा आपसी मेलमिलाप र एकता अपरिहार्य रहेको बताए । “एनसिसि कुनै गुटको होइन । सबै देशका एनसीसीहरु सर्वाधिकार हुन्छन् । मलेसियामा रहेका सबै संघसंस्था र राजनीतिक दलहरू मिलेर साझा अधिवेशन गर्नुपर्छ,” न्यौपानेले स्पष्ट पारे ।

एनआरएनए मलेसियाका निवर्तमान अध्यक्ष विनोद थापाले समस्याको समाधान संवादमार्फत खोज्नुपर्ने आवश्यकता औंल्याए । “समस्या आयो भन्दैमा तिललाई पहाड बनाउनु हुन्न,” उनले भने, “एक अर्कामाथि दोषारोपण गर्नुको सट्टा समाधानतर्फ अघि बढ्नु पर्थ्यो। “अहिले त्यो भएकोले आफू खुशी रहेको उनले बताए ।
एनआरएनए मलेसियाका संरक्षक शंकरबहादुर पौडेलले नेपाली समाजमा आपसी सहयोग, भ्रातृत्व र एकताको संस्कृति रहेको भन्दै एनआरएनएमा पनि त्यही भावना झल्किनुपर्ने बताए ।

एनआरएनए मलेसियाका अध्यक्ष राकेश महतोले पनि बृहत् भेलाको निर्णयप्रति सहमति जनाउँदै विगतका कटु तितामिठा अनुभवहरू बिर्सेर संस्थालाई अघि बढाउनुपर्ने धारणा राखे । समाजभन्दा बाहिर कोही जान सक्दैन, त्यसैले आफुहरु सबै सहमतिमा आएको उनले बताए । साथै उनले सामाजिक संस्थामा आवद्ध भैइ समाजसेवा गर्नलाई भौतिक र आर्थिक योगदान दिन आउनुपर्ने हुनाले सधैंभरि एउटै मान्छे पदकै लागि तछाड मछाड गर्न पनि नहुने तर्क राखे ।

संस्थाका उपाध्यक्ष इन्द्रबहादुर लिम्बूले दुई अध्यक्षबीच पालैपालो नेतृत्व दिने समझदारी अनुसार अघिल्लो अधिवेशन सम्पन्न भएको भए ता पनि , सहमति कार्यान्वयनमा कमजोरी हुँदा समस्या उत्पन्न भएको बताए । “अब विगत कोट्याउने होइन, एनआरएनए संस्था समृद्ध बनाउनेतर्फ लागौं,” उनले सुझाव दिए ।

मलेसियाका लागि नेपालका पर्यटन दुत एवं रास्वपा मलेसियाका संयोजक नेत्र केसिले एनआरएनए मलेसियामा नयाँ ऊर्जा र एकताका साथ सहमति भएकोमा खुशी व्यक्त गर्दै अब थप उर्जाका साथ अघि बढ्न आह्वान गरे ।

नेकपा एमाले मलेसियाका अध्यक्ष दयाराम कुमालले केही व्यक्तिका कारण संस्था कमजोर बनिरहेको टिप्पणी गर्दै अब फुट होइन, मिलनको मार्ग अपनाउनुपर्ने आवश्यकतालाई औल्याउँदै संस्था एकजुट भएर अगाडि बढेकोमा आफू खुशी भएको बताए ।

नेकपा माओवादी केन्द्र मलेसियाका अध्यक्ष प्रेम पाण्डेले संवाद नै समस्याको स्थायी समाधान भएको जनाउँदै एनआरएनएको गरिमा कायम राख्न सबैको भूमिका अपरिहार्य रहेको बताए । उनले अहिले देखिएको समस्या समाधान भएकोमा आफू खुशी रहेको बताए ।

एनआरएन मलेसियाका युवा संयोजक राजु लामा, राष्ट्रिय युवा संघ नेपालका प्रतिनिधि मोहन घिमिरे, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ मलेसियाका अध्यक्ष कमल गौतम, नेकपा एमाले मलेसियाका निवर्तमान अध्यक्ष एबम व्यवसायी शेरबहादुर गुरुङ, व्यवसायी विजय मण्डल, एनआरएनए मलेसियाका उपाध्यक्ष दिलकुमार केरुङ , नेपाली जनसम्पर्क समिति मलेसियाका महाधिवेशन प्रतिनिधि तिलक चन्द ठकुरी लगायतका वक्ताले साझा मञ्चमार्फत एनआरएनए मलेसियामा नयाँ ऊर्जासहित एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका थिए ।

आइतबार भएको सहमतिअनुसार अध्यक्ष राकेश महतोको संयोजकत्वमा अधिवेशन समिति गठन गरिने र भब्यताकासाथ अधिवेशन सम्पन्न गराउन जिम्मा दिइएको छ । उक्त सहमतिपत्रमा मलेसियामा रहेका प्रायःजसो सबै संघसंस्थाका पदाधिकारीहरुले हस्ताक्षर गरेका छन् ।

बृहत एकता छलफल कार्यक्रममा मलेसिया भ्रमणमा आउनुभएका पत्रकार राम जि बगालेसंगै स्थानीय सञ्चारकर्मी तिकोचन गौतम , मलाया खबरकर्मी आरएन चौधरी थारु , कृष्ण गुप्ता , सविन लोप्चन लगायतको पनि उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]