०५ साउन २०८३, मंगलबार
21-07-2026 , Tue
×

मलेसियामा नेपाली राजदूतवासले यस बर्षमा मात्रै ५२ जनाको लागि निशूल्क हवाई टिकट उपलब्धत गराएकाे छ

Logo
HeroNepal-tv प्रकाशित शनिबार, साउन ०४, २०८२

मलेसिया ।  मलेसिया   स्थित नेपाली राजदूतवासले यस चालू बर्ष सन २०२५ जनवरी देखि हाल सम्म मात्रै ५२ जनाको लागि निशूल्क एकतर्फी हवाई टिकट जारी गराई सकेको छ । जारी भएको टिकट मध्येबाट घरफिर्ती केन्द्रमा रहेका ४८ जना र सडकबाट उद्धार भएका ४ जना स्वदेश फर्किएका छन ।

पछिल्लो पटक दूतवासले निशूल्क जारी गरेको हवाई टिकटबाट स्वदेश फर्किनेमा कपिलवस्तुका छेदा थारु रहेका छन् । मेडिकल फेल भएपश्चात कम्पनी छाडेर अवैधानिक भएका थारुलाई मानसिक विरामीले सडकमा ल्यायो । सडकमा आईपुगेका उनलाई नेपाल तामाङ घेदुङले उद्धार गरि खानेबस्नेको प्रवन्ध गरायो भने अध्यागमन शूल्क आरएम ५२० प्रवासी नेपाली मञ्चले तिरिदियो ।

थारुको उद्धारमा समन्वय गरेको पिएनसिसिले ट्राभल्स डकुमेन्ट र हवाई टिकटका लागि नेपाली राजदूतवाससंग आग्रह गरेको थियो । धौलागिरी -२, म्याग्दीका तिर्थ प्रसाद पुन र भद्रपूर -५, झापाका तेज प्रसाद चिमरीया पहिचान खुल्ने आवश्यक कागजपत्र नहुदा घरफिर्ती केन्द्रमा लामो समय बस्नु पर्यो । त्यहिबेला उनीहरुलाई डाईबिटिजले सतायो । जतिसक्दो चाँडो उनीहरुलाई स्वदेश फर्काउनु पर्ने थियो ।

तर, उनीहरु न परिवारसंग सम्पर्क गराउथे न त भरपर्दो ठेगाना नै बताउथे । ट्राभल्स डकुमेन्ट नै जारी गर्न कठिनाई भएको परिस्थितिमा परिवारको खोजि गर्न दूतवासले पिएनसिसिसंग समन्वय गर्यो र पिएनसिसिको संञ्जालले परिवार सम्पर्कमा ल्यायो । त्यसपछि दूतवासले निशूल्क उपलब्ध गराएको हवाई टिकटमा उनीहरु स्वदेश फर्किए ।

घरफिर्ती केन्द्रमा रहेका तर ट्राभल्स डकुमेन्ट जारी गर्न आवश्यक कागजपत्र नभएकाहरु अन्यलाई पनि पिएनसिसिको समन्वयमा घरपरिवार, आफन्तलाई ख‍ोजिगरि सम्पर्कमा ल्याएर दूतवासले दूतवासले एकतर्फी हवाई टिकट निशूल्क उपलब्ध गराई स्वदेश फर्काएको थियो । यसरी दूतवासले उपलब्ध गराएको टिकटबाट स्वदेश फर्किनेमा मर्साङ्दी -५, लमजुङका शंकर गिरी, बाग्मति न.पा. -७, सर्लाहीका प्रेम बहादुर क्यापची, बकैया -७, मकवानपुरका दावा दोर्जे घलान, चौदण्डी -१, उदयपुरका लील बहादुर तामाङ रहेका छन ।

यसैगरि घरफिर्ती केन्द्रमा रहेका तर घरपरिवार, आफन्तको सम्पर्कमा नरहेका वहुदारमहि न.पा. -७, पर्साका सोनालाल सहानी र सुनपाती, रामेछापका कमल तामाङलाई पनि दूतवासले पिएनसिसिसंग स्वमन्वय गरि स्वदेश फर्काएको छ । यसरी फर्किएका सोनालालको लागि प्रवास नेपाली सम्पर्क विभाग मलेसियाले हवाई टिकट उपलब्ध गराएको हो भने कमल तामाङको लागि एकतर्फी हवाई टिकट तामाङ घेदुङ मलेसियाले उपलब्ध गराएको हो ।

यसको अलवा दूतवासले उद्धार कार्य र कम्पनीलाई जवाफदेहिता बहन गराउन बाध्य पारेको उदाहरण पनि छ । जस्तो: कम्पनीबाट विभिन्न कारणले पिडीत भई दूतवास आईपुगेका कलैया -१०, बाराका सत्येन्द्र कुमार साह, मादी -४, कास्कीका कृष्ण बहादुर रानाभाट, लाहान -१, सिराहाका बृजु कुमार यादव लाई स्वदेश फर्काउदा लाग्ने खर्च लगायत हवाई टिकट उपलब्ध गराउन कम्पनीलाई बाध्य बनाएको हो । उनीहरुको उद्धारमा प्रवास नेपाली सम्पर्क विभाग मलेसियाले खानेबस्ने प्रबन्ध मिलाएर सहकार्य गरेको थियो भने पिएनसिसिले गरेको थियो ।

तेस्तै छुट्टि सकेर फर्किने क्रममा मलेसियाको अध्यागम नकट्दै पासपोर्ट हराएर केएलआईए एयरपोर्टमा बिचल्ली परेका जाजारकोटका कमल शाहीलाई दूतवासले उद्धार गरि स्वदेश फिर्ती पठाएको हो । बिचल्लीमा परेका कमलले तामाङ घेदुङ मलेसियालाई सम्पर्क गरेपछि उनको समस्या पिएनसिसि मार्फत दुतवासमा पुगेको थियो । त्यसपछि दूतवास तत्कालै एयरपोर्ट पुगि उनलाई फर्काउन पहल थालेको थियो । जुलाई १ का दिन एयरपोर्ट आईपुगेका उनलाई कम्पनी उपलब्ध गराएको हवाई टिकटमा ४ जुलाईको दिन स्वदेश फिर्ता पठाईएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलेसिया : जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको प्रथम अधिवेशन–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि किराँत याक्थुङ चुम्लुङ नेपाल, कोशी प्रदेशका संघीय उपाध्यक्ष निरन्ति तुम्बापाे रहनुभएको थियो। उहाँले सम्बोधन गर्दै प्रवासमा रहेका याक्थुङ (लिम्बू) समुदायबीच संगठनात्मक एकता, भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनका लागि सबै […]

मलेसिया – किराँत याक्थुङ चुम्लुङ (केवाईसी) जोहोर, मलेसियाले आफ्नो प्रथम अधिवेशन–२०२६ आयोजना गर्ने भएको छ। संस्थाका अनुसार “भाषा बाँचे संस्कृति बाँच्छ, संस्कृति बाँचे माटो बोल्छ” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त कार्यक्रममा विदेशमा रहेर पनि आफ्नो कार्यव्यस्तताका बाबजुद लिम्बू समुदायको भाषा, कला, संस्कृति र पहिचान संरक्षणमा संगीत क्षेत्रमार्फत योगदान पुर्‍याउने कलाकारहरूलाई सम्मान गरिनेछ। […]

क्वालालम्पुर, मलेसिया – मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकहरूले नेपाली राजदूतावासले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्ने मात्र नभई कम्पनीहरूमा प्रत्यक्ष पुगेर श्रमिकहरूको वास्तविक अवस्था बुझ्नुपर्ने आवश्यकता औंल्याएका छन्। मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकले अझै पनि आफ्नो राहदानी (पासपोर्ट) आफूसँग नरहेको बताएका छन्। श्रमिकहरूका अनुसार केही कम्पनीहरूले कामदारले कुनै कामका लागि पासपोर्ट माग्दा RM २,००० देखि RM […]