२१ मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

मलेसियामा नेपाली राजदूतवासले यस बर्षमा मात्रै ५२ जनाको लागि निशूल्क हवाई टिकट उपलब्धत गराएकाे छ

Logo
HeroNepal-tv प्रकाशित शनिबार, साउन ०४, २०८२

मलेसिया ।  मलेसिया   स्थित नेपाली राजदूतवासले यस चालू बर्ष सन २०२५ जनवरी देखि हाल सम्म मात्रै ५२ जनाको लागि निशूल्क एकतर्फी हवाई टिकट जारी गराई सकेको छ । जारी भएको टिकट मध्येबाट घरफिर्ती केन्द्रमा रहेका ४८ जना र सडकबाट उद्धार भएका ४ जना स्वदेश फर्किएका छन ।

पछिल्लो पटक दूतवासले निशूल्क जारी गरेको हवाई टिकटबाट स्वदेश फर्किनेमा कपिलवस्तुका छेदा थारु रहेका छन् । मेडिकल फेल भएपश्चात कम्पनी छाडेर अवैधानिक भएका थारुलाई मानसिक विरामीले सडकमा ल्यायो । सडकमा आईपुगेका उनलाई नेपाल तामाङ घेदुङले उद्धार गरि खानेबस्नेको प्रवन्ध गरायो भने अध्यागमन शूल्क आरएम ५२० प्रवासी नेपाली मञ्चले तिरिदियो ।

थारुको उद्धारमा समन्वय गरेको पिएनसिसिले ट्राभल्स डकुमेन्ट र हवाई टिकटका लागि नेपाली राजदूतवाससंग आग्रह गरेको थियो । धौलागिरी -२, म्याग्दीका तिर्थ प्रसाद पुन र भद्रपूर -५, झापाका तेज प्रसाद चिमरीया पहिचान खुल्ने आवश्यक कागजपत्र नहुदा घरफिर्ती केन्द्रमा लामो समय बस्नु पर्यो । त्यहिबेला उनीहरुलाई डाईबिटिजले सतायो । जतिसक्दो चाँडो उनीहरुलाई स्वदेश फर्काउनु पर्ने थियो ।

तर, उनीहरु न परिवारसंग सम्पर्क गराउथे न त भरपर्दो ठेगाना नै बताउथे । ट्राभल्स डकुमेन्ट नै जारी गर्न कठिनाई भएको परिस्थितिमा परिवारको खोजि गर्न दूतवासले पिएनसिसिसंग समन्वय गर्यो र पिएनसिसिको संञ्जालले परिवार सम्पर्कमा ल्यायो । त्यसपछि दूतवासले निशूल्क उपलब्ध गराएको हवाई टिकटमा उनीहरु स्वदेश फर्किए ।

घरफिर्ती केन्द्रमा रहेका तर ट्राभल्स डकुमेन्ट जारी गर्न आवश्यक कागजपत्र नभएकाहरु अन्यलाई पनि पिएनसिसिको समन्वयमा घरपरिवार, आफन्तलाई ख‍ोजिगरि सम्पर्कमा ल्याएर दूतवासले दूतवासले एकतर्फी हवाई टिकट निशूल्क उपलब्ध गराई स्वदेश फर्काएको थियो । यसरी दूतवासले उपलब्ध गराएको टिकटबाट स्वदेश फर्किनेमा मर्साङ्दी -५, लमजुङका शंकर गिरी, बाग्मति न.पा. -७, सर्लाहीका प्रेम बहादुर क्यापची, बकैया -७, मकवानपुरका दावा दोर्जे घलान, चौदण्डी -१, उदयपुरका लील बहादुर तामाङ रहेका छन ।

यसैगरि घरफिर्ती केन्द्रमा रहेका तर घरपरिवार, आफन्तको सम्पर्कमा नरहेका वहुदारमहि न.पा. -७, पर्साका सोनालाल सहानी र सुनपाती, रामेछापका कमल तामाङलाई पनि दूतवासले पिएनसिसिसंग स्वमन्वय गरि स्वदेश फर्काएको छ । यसरी फर्किएका सोनालालको लागि प्रवास नेपाली सम्पर्क विभाग मलेसियाले हवाई टिकट उपलब्ध गराएको हो भने कमल तामाङको लागि एकतर्फी हवाई टिकट तामाङ घेदुङ मलेसियाले उपलब्ध गराएको हो ।

यसको अलवा दूतवासले उद्धार कार्य र कम्पनीलाई जवाफदेहिता बहन गराउन बाध्य पारेको उदाहरण पनि छ । जस्तो: कम्पनीबाट विभिन्न कारणले पिडीत भई दूतवास आईपुगेका कलैया -१०, बाराका सत्येन्द्र कुमार साह, मादी -४, कास्कीका कृष्ण बहादुर रानाभाट, लाहान -१, सिराहाका बृजु कुमार यादव लाई स्वदेश फर्काउदा लाग्ने खर्च लगायत हवाई टिकट उपलब्ध गराउन कम्पनीलाई बाध्य बनाएको हो । उनीहरुको उद्धारमा प्रवास नेपाली सम्पर्क विभाग मलेसियाले खानेबस्ने प्रबन्ध मिलाएर सहकार्य गरेको थियो भने पिएनसिसिले गरेको थियो ।

तेस्तै छुट्टि सकेर फर्किने क्रममा मलेसियाको अध्यागम नकट्दै पासपोर्ट हराएर केएलआईए एयरपोर्टमा बिचल्ली परेका जाजारकोटका कमल शाहीलाई दूतवासले उद्धार गरि स्वदेश फिर्ती पठाएको हो । बिचल्लीमा परेका कमलले तामाङ घेदुङ मलेसियालाई सम्पर्क गरेपछि उनको समस्या पिएनसिसि मार्फत दुतवासमा पुगेको थियो । त्यसपछि दूतवास तत्कालै एयरपोर्ट पुगि उनलाई फर्काउन पहल थालेको थियो । जुलाई १ का दिन एयरपोर्ट आईपुगेका उनलाई कम्पनी उपलब्ध गराएको हवाई टिकटमा ४ जुलाईको दिन स्वदेश फिर्ता पठाईएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]