०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

देशिक रोजगारीमा जानेको संख्या हालसम्मकै उच्च, दैनिक २३ सय नेपालीले छाडे देश

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, साउन ०३, २०८२

काठमाडौं । हालसम्मकै सबैभन्दा ठूलो संख्यामा नेपाली आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीमा गएका छन् । “२०८१ साउन १ गतेदेखि २०८२ असार मसान्तसम्मको अवधिमा कुल आठ लाख ३९ हजार २७० जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन्,” वैदेशिक रोजगार विभागका प्रवक्ता चन्द्रबहादुर शिवाकोटीले  जानकारी दिए ।

यो संख्या भारतबाहेकका देशमा श्रम स्वीकृति लिएर जाने नेपालीहरूको हो । भारतमा काम गर्न नेपालीलाई श्रम स्वीकृति नचाहिने हुँदा त्यहाँ काम गर्न जानेको संख्या यहाँ जोडिएको छैन ।

यसअघि सबैभन्दा ठूलो संख्यामा नेपाली वैदेशिक रोजगारीमा आर्थिक वर्ष २०७९/८० मा गएका थिए । उक्त वर्ष सात लाख ७१ हजार ३२७ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए ।

आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक रोजगारीमा जान सात लाख ४१ हजार २९७ जनाले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएका थिए । उक्त वर्षभन्दा गत आर्थिक वर्ष २०८१/८२ मा ९७ हजार ९७३ जना बढीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।

बितेको वर्ष श्रम स्वीकृति लिने आठ लाख ३९ हजार २७० जनामध्ये पुरुष सात लाख ४४ हजार ८०८ र महिला ९४ हजार ४६२ जना थिए । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या १३.२१ प्रतिशतले वृद्धि भएको छ ।

श्रम स्वीकृति लिने अधिकांश वैदेशिक रोजगारीमा जाने गर्छन् । विभागको तथ्यांकअनुसार, गत आर्थिक वर्ष २०८१/८२ मा दैनिक औसतमा दुई हजार २९९ जनाभन्दा बढी वैदेशिक रोजगारीमा गएका छन् ।

गत आर्थिक वर्ष अर्थात् २०८१ साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३, असोजमा ५३ हजार ५२५, कात्तिकमा ७० हजार ९९०, मंसिरमा ८४ हजार २२६, पुसमा ६७ हजार २५८ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै, माघमा ७२ हजार ४४१, फागुनमा ६८ हजार ९६३, चैतमा ७३ हजार ४०३, २०८२ वैशाखमा ७८ हजार ५०, जेठमा ७४ हजार ४४६ जना र असारमा ७८ हजार ८७९ जनाले श्रम स्वीकृति लिएका छन् ।

“वैदेशिक रोजगारीका लागि गत आर्थिक वर्ष सबैभन्दा बढी युनाइटेड अरब इमिरेट्स (यूएई), साउदी अरब र कतार गएको देखिन्छ,” विभागका प्रवक्ता शिवाकोटीले भने ।

शिवाकोटीका अनुसार, गत आर्थिक वर्ष वैदेशिक रोजगारीका लागि सबैभन्दा बढी नेपाली गएका प्रमुख १० देशमा यूएई, साउदी अरेबिया, कतार, कुवेत, मलेसिया, रोमानिया, जापान, दक्षिण कोरिया, क्रोएसिया र बहराइन छन् ।

रोजगारी खोज्दै सबैभन्दा बढी नेपाली गएका १० देशमा पाँचवटा खाडी राष्ट्र, दुईवटा उत्तरपूर्वी एसियाली राष्ट्र र दुईवटा युरोपेली राष्ट्र रहेका छन् ।

विभागको तथ्यांकअनुसार, गत आर्थिक वर्ष यूएईमा दुई लाख ७४ हजार ५९१, साउदी अरेबियामा एक लाख ५२ हजार ५९७, कतारमा एक लाख ४० हजार ७९१, कुवेतमा ५९ हजार ६५, मलेसियामा ४९ हजार १८७, रोमानियामा २७ हजार ८७४, जापानमा २३ हजार ७१, दक्षिण कोरियामा १४ हजार २२४, क्रोएसियामा १३ हजार ८३५ र बहराइनमा ११ हजार ६२४ जना नेपाली श्रम स्वीकृति लिएर गएका छन् ।

गत आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीमा जानेमध्ये ९१.३७ प्रतिशत यिनै १० देशमा माग गएको देखिन्छ । पछिल्लो १० वर्षमा विभागले ४६ लाख २१ हजार ४८२ वटा श्रम स्वीकृति जारी गरेको छ । आर्थिक वर्ष २०७२/७३ देखि २०८१/८२ सम्मको अवधिमा उक्त संख्यामा श्रम स्वीकृति जारी गरेको हो ।

विभागको तथ्यांकअनुसार, आर्थिक वर्ष २०७२/७३ मा चार लाख तीन हजार १७४ जना, २०७३/७४ मा तीन लाख ८३ हजार ४९३ जना, २०७४/७५ मा तीन लाख ५४ हजार ८२ जना, २०७५/७६ मा दुई लाख ३६ हजार २०८ जना, २०७६/७७ मा एक लाख ९० हजार ४५३ जना श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका थिए ।

त्यस्तै, २०७७/७८ मा ७२ हजार ८१ जना, २०७८/७९ मा ६ लाख ३० हजार ९७ जना, २०७९/८० मा सात लाख ७१ हजार ३२७ जना, २०८०/८१ मा सात लाख ४१ हजार २९७ जना र २०८१/८२ मा आठ लाख ३९ हजार २७० जना श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका थिए ।

बितेको ३२ वर्षमा विभागले वैदेशिक रोजगारीमा जानेहरूको नाममा ८५ लाख ५१ हजार ४६६ वटा श्रम स्वीकृत जारी गरेको छ । आर्थिक वर्ष २०५०/५१ देखि २०८१/८२ सम्मको अवधिमा उक्त संख्यामा श्रम स्वीकृति विभागले प्रदान गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]